Sunday, March 1, 2020

4:48 PM

समसामयिक सामान्यज्ञान - २

एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक को स्थापनाका लागि औपचारिक समझदारी पत्रमा कहिले हस्ताक्षर भएको छ ?
सन् २०१४ अक्टोबर २४
सरकारले वैदेशिक सहायता नीति, २०५९ लाई प्रतिस्थापन गर्दै विकास सहायता नीति २०७१ कहिले सार्वजनिक गर्यो ?
२०७१ जेठ १३ गते
सन् २०१४ जून १२ देखि जुर्ला १३ सम्म ब्राजिलमा सम्पन्न भएको २० औं विश्वकप फुटबल प्रतियोगितामासर्वाधिक गोल गरी गोल्डन बुट बिजेता बन्ने खेलाडी को हुन् ?
जेम्स रोड्रिगेज ( कोलम्बिया )
विश्वकप फुटबल प्रतियोगितामा कुलिङ ब्रेकको व्यवस्था कहिलेदेखि भएको हो ?
२०१४, बिसौं विश्वकपबाट
जनस्वास्थ्यका लागि इबोलाले अन्तराष्ट्रियस्तरमा आपतकालिन अवस्था सिर्जना भएको घोषणा विश्व स्वास्थ संगठनले कहिले गर्यो ?
सन् २०१४ अगस्ट ८
विश्वमा इबोला रोग सर्वप्रथम कहिले पत्ता लागेको हो ?
१९६५
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालको दुई दिने भ्रमण कहिले गरेका थिए ?
वि.सं २०६५ कार्तिक १५ देखि १६ सम्म
भारतको वाणिज्य राजधानीका रुपमा चिनिने मुम्बईमा इस्लामिक उग्रवादी संगठन डेक्कन मुजाहिदिनले त्रासदीपूर्ण आतंकवादी हमला कहिले गरेको थियो ?
सन् २००८ नोभेम्बर २६
वैज्ञानिकहरुले ब्रम्हाण्डको उत्पतिसम्बन्धी रहस्य पत्ता लगाउन सन् २००८ सेप्टेम्बरमा गरेको परिक्षणलाई के भनिन्छ ?
– Large Hadron Collider
शाहवंशीय राजाहरु बस्दै आएको नारायणहिटी दरबारमा पहिलोपल्ट गणतान्त्रिक नेपालको राष्ट्रिय झण्डा कहिले फहराईयो ?
वि.सं २०६५ असार १
नेपाल उद्योग परिसंघको आयोजना तथा नेपाल सरकारको समेत सहयोगमा पहिलोपटक नेपाल पूर्वाधार सम्मेलन कहिले सम्पन्न भयो ?
वि.सं २०७१ कार्तिक २५ २६
वनजंगलको संरक्षण तथा जलवायु परिवर्तनबाट उत्पन्न हुने क्षति न्यूनिकरण गर्ने सम्बन्धमा एकीकृत धारणा बनाउन दक्षिण एसियाली मुलुकसहित एसिया प्रशान्त क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुको तिनदिने अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
वि.सं २०७१ असोज २५ २७,काठमाडौं
नेपालमा कर दिवस कहिले मनाइन्छ ?
मंसिर १ ,यस बर्षको नारा करदाता मैत्री कर प्रशासन समृद्दि र सुशासन हाम्रो अभियान
उत्कृष्ट व्यवसायिक कृषकलाई प्रोत्साहन एवं सम्मान गर्ने उद्देश्यले आ.व २०७२\७३ देखि प्रदान गर्नेगरी सरकारद्दारा स्थापित पुरस्कार कुन हो ?
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
परिवर्तित परिस्थितिले सिर्जना गरेको स्वास्थ्यसम्बन्धी चुनौतीको पहिचान गरी तिनीहरुको सम्र्बद्दनका लागि सरकारले नयाँ स्वास्थ्य नीति, २०७१ कहिले सार्वजनिक गर्यो ?
वि.सं २०७१ साउन २३
सुर्तीजन्य पर्दाथको उत्पादन गर्दै आएका उद्दोगहरुले अब सुर्तीको प्याकेटको कति प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक चिन्ह राख्नुपर्ने भएको छ ?
९० प्रतिशत
सबैभन्दा कम उमेरमा नोबल पुरस्कार प्राप्त गर्ने बालअधिकारकर्मी को हुन् ?
मलाला युसुफजाई
नेपाल सरकारले वि.सं २०७१ वैशाख २५ मा थप कति नयाँ नगरपालिका घोषणा गरेको छ ?
७२
बलिउडका चर्चित निर्देशक रवि चोपडाको निधन कहिले भयो ?
२०१४ नोभेम्बर १२
नगरपालिका हुनका लागि तराई तथा पहाडमा कम्तीमा २० हजार जनसंख्या हुनुपर्दछ भने हिमालमा कति हुनुपर्ने प्रावधान रहेको छ ?
१० हजार
सरकारले वि.सं २०७१ वैशाख २५ मा योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरेको छ ?
प्रा.डा. गोविन्दराज पोखरेल
सन् २०१४ अक्टोबर ३० मा मलेसियामा सम्पन्न आईसीसी बल्र्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियनसीपको उपाधि जित्ने राष्ट्र कुन हो ?
नेपाल
केन्द्रिय तथ्यांक विभागले छैटौ राष्ट्रिय कृषि गणनाको नतिजा कहिले सार्वजनिक गर्यो ?
वि.सं २०७० पुस ९ गते

0 comments:

Post a Comment