१. परिचय
अर्थतन्त्रका सबै क्षेत्रको सवलतासँगै नागरिकहरूले आर्थिक लाभ लिन सक्ने र आफ्नो जीवनस्तर उकास्ने अवस्था नै आर्थिक विकास (Economic development) हो । आर्थिक विकास Happiness of the public life सँग सम्बन्धित छ । आर्थिक रूपले समृद्धि (Economically richness) को अवस्था हो आर्थिक विकास । आर्थिक स्रोत तथा साधनहरू माथि सबै नागरिकको पहुँच, आर्थिक गतिविधिमा सहभागिता र उपलब्धिहरूको समानतामूलक एवं समतामूलक वितरण पनि आर्थिक विकास अन्तर्गत पर्दछ । त्यसैगरी आर्थिक क्षेत्रहरू सक्षम बन्ने, व्यवसायीक बन्ने र लगानी, उत्पादन, व्यापार, उपभोग जस्ता क्षेत्र प्रोत्साहित हुने अवस्था पनि आर्थिक विकास हो ।Sullivan and S.m. sheffria का अनुसार economic development includes the process and policies by which a nation improves the economic, political and social well being of its people भनेका छन् । यसबाट आर्थिक विकास आर्थिक गतिशीलता र समृद्धिसँग मात्र नभई राजनीतिक तथा सामाजिक सुधारसँग पनि सम्बन्धित भएको देखिन्छ ।
अमात्र्य सेनले Economic development is the quantitative and qualitiative change in economy भनेका छन् । त्यसैगरी उनले आर्थिक विकासले मानव पूँजी, पूर्वाधार विकास, पर्यवरणीय दिगोपन, सामाजिक समावेशीकरण, स्वास्थ्य, शिक्षा र सुरक्षालाई जस्ता बहुआयामिक क्षेत्रलाई समेट्छ भनेका छन् ।
आर्थिक विकासलाई निम्न अनुसार बुझ्न सकिन्छ :–
* अर्थतन्त्रका लाभहरू सबैले प्राप्त गर्न सक्ने अवस्थाको सिर्जना ।
* उत्पादन र तिनका साधनमा सर्वसाधारणको समेत पहूँच विस्तार गरिनु ।
* सेवा वा विकासका क्षेत्रमा सबैको समान पहूँच र अवसरको अवस्था ।
* विना विभेद उचित रोजगारी र पर्याप्त पारिश्रमिक प्राप्त हुने अवस्था ।
* उपभोक्ताको अधिकतम हित हुने गरी वस्तु र सेवाको उपलब्धता ।
* भौतिक पूर्वाधारहरू: सडक, सिंचाई, खानेपानी, विुद्यत क्षेत्रको परिमाणात्मक र गणात्मक वृद्धि र यस्ता पूर्वाधारमा सबैको पहूँच हुने र सुविधा पाउने अवस्था ।
* कृषि, वन, प्राकृतिक स्रोतको विकास एवं उचित उपभोग । प्राकृतिक सम्पदाको दिगो उपयोग ।
* व्यवसायीकता प्रबद्र्धन, रोजगारीका अवसर, सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति ।
* भोक र गरिबीबाट मुक्ति, शिक्षा स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तन र मानव विकासको अवस्था ।
२. आर्थिक वृद्धिलाई आर्थिक विकासमा रूपान्तरण गर्ने उपाय
आर्थिक वृद्धि अर्थतन्त्रको आधार हो । वृद्धि विना विकास सम्भव हुँदैन किनकि विकासका लागि आवश्यक स्रोतको व्यवस्था, लगानी मैत्री वातावरणको सिर्जना, व्यवसायीक उत्साह र विश्वास वृद्धिले नै निम्त्याउँछ । विकास रहित वृद्धि पनि औचित्यहीन हुन्छ । आर्थिक वृद्धिको प्रयोग र परिचालन आर्थिक विकासमा हुन नसकेमा विपन्न वर्गसम्म लाभ पुग्न नसक्ने, आर्थिक मन्दि सिर्जना हुने, स्रोत साधन सीमित वर्ग वा व्यक्तिको पहुँचमा मात्र रहन धनी र गरिब बीचको खाडल बढ्ने, नागरिकहरूले सुख प्राप्त गर्न नसक्ने तथा सुविधा एवं सेवाबाट वञ्चित हुनपर्ने अवस्था आउँछ ।

आर्थिक वृद्धि र विकासबीच सन्तुलन कायम गर्न अर्थात् आर्थिक वृद्धिलाई विकासमा रूपान्तरण गर्न निम्न उपाय अवलम्बन गर्नुपर्दछः
(क) भौतिक पूर्वाधारको विकासमा लगानी : दीर्घकालीन महत्व राख्ने, सबै जनतामा सुविधा पुग्ने तथा उत्पादनशील क्षेत्रलाई टेवा पुग्ने भौतिक पूर्वाधारहरूको विकासमा लगानी गर्नुपर्छ । सडक, सिंचाई, खानेपानी, विद्युत जस्ता क्षेत्रमा गरिएको लगानीले आर्थिक सामाजिक तथा मानवीय क्षेत्रको विकासमा पनि सहयोग गर्दछ । जनतालाई बढी लाभ, सेवा र सुविधा पुग्दछ । बजारको विकास, उत्पादनको लागि बजार प्रबद्र्धन तथा रोजगारी सिर्जना हुन्छ । साधनको वितरण जनस्तरसम्म पुग्छ र समग्र आर्थिक विकासमा सघाउ पु¥याउँदछ ।

(ख) तुलनात्मक लाभका क्षेत्रमा लगानी : देशको तुलनात्मक लाभ (Comparative advantage) का क्षेत्रहरूको पहिचान गरी त्यस्ता क्षेत्रको विकासमा राज्य तथा निजी क्षेत्रबाट लगानी गर्नुपर्दछ । नेपालको सन्दर्भमा ७४% मानिस संलग्न रहेको कृषि क्षेत्रको विविधीकरण र व्यवसायीकरणका लागि सहयोग आवश्यक छ । पर्यटन प्रबद्र्धन र जलस्रोतको विकास हाम्रा तुलनात्मक लाभका क्षेत्र हुन । यस्ता क्षेत्रमा गरिएको खर्चले दीर्घकाल सम्म दिगोरूपमा र बढी भन्दा बढी नागरिकलाई समेटदछ । यसबाट समग्र आर्थिक विकासमा मद्धत मिल्दछ ।
(ग) सामाजिक क्षेत्रको गुणात्मकता अभिवृद्धि : शिक्षा, स्वास्थ्य, वातावरण, खेलकूदका क्षेत्रमा आर्थिक स्रोतको परिचालन आवश्यक छ । यसले मानव पूँजीको उत्पादन (Formation of human capital) गराउँदछ । सामाजिक व्यवसायीकता र स्वरोजगारी बढाउँछ । Himan Competency ले पुन लगानी, पुन उत्पादनमा सघाउँदछ र दिगो आर्थिक विकास हुन्छ ।
(घ) सामाजिक न्याय तथा सुरक्षा : पिछडिएको क्षेत्र, वर्ग, समुदाय, जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरू, गरिब किसान, मजदूरहरूलाई सामाजिक न्याय तथा सुरक्षा प्रदान गर्नुपर्दछ । किसानलाई सहुलियत दरमा मल बीउ, जेष्ठ नागरिकलाई भत्ता, स्वास्थ्य उपचार, पिछडिएको क्षेत्र वर्ग समुदायलाई रोजगारमूलक लक्षित कार्यक्रम जस्ता माध्यमबाट आर्थिक लाभहरू प्रदान गर्न सकिन्छ । यसले आर्थिक असमानता घटाउँछ र आर्थिक विकासमा मद्धत पुग्दछ ।
(ङ) सामाजिक उद्यमशीलताका लागि Microcredit: स्थानीय स्तरमा साना व्यवसायी, साना किसान, घरेलु उद्यमीहरूलाई सहुलियत कर्जा प्रदान गर्नु पर्दछ । यसबाट उत्पादनशीलता बढ्दछ । तल्लो वर्गको आय आर्जन बढ्न सक्छ र धनी गरिब बीचको खाडल साँगुरो बन्दै जान्छ जुन आर्थिक विकासको आधार पनि हो ।
३. आर्थिक विकासका सूचकहरू (Indicators of Economic Development)
३.१ मानव विकास सूचक (HDI) : मानव विकासका सूचकबाट कुनै पनि देशको आर्थिक विकासको अवस्था कस्तो छ भनेर मापन गर्न सकिन्छ । मानव विकासको स्तर उच्च सूचकांकमा छ भने आर्थिक विकासको स्तर पनि राम्रो र जनस्तरसम्म विकासका लाभ पुगेको आँकलन गर्न सकिन्छ । यसले आर्थिक विकासको Impact सकरात्मक छ भन्ने देखाउँछ ।

३.२ Gini Co-efficient : धनी र गरिब बीचको खाडल मापन गर्न Gini Co-efficient प्रयोग गरिन्छ । Gini Co-efficient बढी भए आर्थिक विकासको अवस्था राम्रो नभएको, आर्थिक लाभ धनी वर्गले बढी प्राप्त गरेको देखिन्छ भने कम भएमा विकासको अवस्था राम्रो भएको मान्न सकिन्छ । Human Development
Report, 2014 अनुसार नेपालमा Ginni Co-efficient 32.8 रहेको छ जुन संसार भरको अवस्था Moderate level को देखिन्छ ।
३.३ Poverty Index: गरिबीको रेखामुनि रहेको जनसंख्या बढी भएमा आर्थिक विकास न्यून भएको, स्रोत साधन र आर्थिक लाभमा पिछडिएको वर्गको पहूँच तथा भूमिका नरहेको देखिन्छ भने गरिबीको रेखामुनि रहेको जनसंख्या कम भएमा आर्थिक विकास हुँदै गएको भनेर बुझ्न सकिन्छ ।
३.४ Balance of Trade: कुनै पनि देशको आयात निर्यातमा सन्तुलन छ या निर्यातको मात्रा बढी छ भने त्यस देशको आर्थिक विकास भइरहेको बुझ्न सकिन्छ । निर्यात न्यून र आयात अत्याधिक छ भने औद्योगिक विकास, व्यापार विकास तथा लगानीको अवस्था कमजोर छ भन्ने बुझिन्छ ।
४. नेपालमा आर्थिक विकासका चुनौतीहरू
४.१ अझै Transition मा : नेपाल आर्थिक विकासका दृष्टिले विश्वमा पछिल्लो Rank मा पर्दछ । नेपालको मानव विकासको स्थिति समेत न्युन स्तरमा रहेको HDR, २०१४ ले देखाएको छ । त्यसैगरी नेपाल लगानीको वातावरण कमजोर भएको मुलुकको सूचीमा पर्दछ । अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको अवस्था छ । गरिबीको रेखामुनि रहेको जनसंख्या २३.८ प्रतिशत रहेको देखिन्छ । विगत २० वर्षदेखि नेपालको अर्थतन्त्र Transitional phase मा नै रहेको छ । यसको रूपान्तरण (Transformation) हुन सकेन, Developed economy मा पुग्ने हाम्रो सपना धेरै टाढा रहन पुग्यो र आज पनि दीर्घकालीन लक्ष्य चाहिँ अति कम विकसित मुलुकबाट विकासशील मुलुक (Least develop country to developing country) मा पुग्नु नै रहन गयो ।

४.२ Confusion on concept: नेपालले १९९० को दशकदेखि नै खुल्ला र उदारवादी अर्थ व्यवस्थालाई अवलम्बन गरेको हो । राज्यले सहजकर्ता र सहयोगीको भूमिका निर्वाह गर्ने भनियो । स्थानीय स्तरको विकासमा स्थानीय निकायको भूमिका हुने गरी Devolution लाई कानूनी रूपमा अंगिकार पनि गरियो । तर State को Control हुने गरी Central Planning पनि सञ्चालन गरिएकै छ । सहकारीलाई अर्थतन्त्रको Pillar भन्न पनि छाडिएको छैन । देशको आर्थिक विकासमा ठूलो मात्रामा वैदेशिक सहयोगको अपेक्षा पनि गरियो र निजी लगानीलाई पनि प्रोत्साहित गरिएको छ । आर्थिक विकासमा कसले Leading role निर्वाह गर्ने, सरकारको भूमिका के ? निजी क्षेत्रले कस्तो काम गर्ने, वैदेशिक सहायता कस्ता क्षत्रे मा प्रयोग गर्ने, लगानीका प्राथमिकता के हुने ? कुन क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्ने भनी स्पष्ट दृष्टिकोण तयार हुन सकेन र Confusion कै अवस्थामा अहिले पनि विकास योजना सञ्चालन भइरहेका छन् । यो नै आर्थिक विकासको लागि ठूलो चुनौती हो ।
४.३ Environment नै Favorable छैन : आर्थिक विकासका लागि देशमा मजबुत सुरक्षा व्यवस्था अवाश्यक हुन्छ । लगानीको उचित वातावरण सुरक्षाले नै निर्धारण पनि गर्दछ । तर देशभित्र औद्योगिक, व्यवसायीक क्षेत्र लगायत विकास निर्माणका क्षेत्रमा असुरक्षा रहदै आएको । डर, धाक, धम्की, चन्दा, आतंक, ट्रेड युनियनका दादागिरीले समग्र आर्थिक क्षेत्र तहस नहस बनेको अवस्था देखिन्छ । यसबाट विकासमा लगानी हुन सक्दैन । यो नेपालको आर्थिक विकासका लागि अर्को चुनौती हो ।
४.४ कृषि सधैँ उपेक्षित : नेपालको अर्थतन्त्रमा कृषिको महत्वपूर्ण योगदान छ । तर सबैभन्दा उपेक्षित क्षेत्र कृषि नै बनेको देखिन्छ । कृषि क्षेत्रको विकासमा लगानी कम छ । वैज्ञानिक र आधुनिक कृषि प्रणालीको अभाव तथा कृषिको व्यवसायीकरण र विविधीकरण नहुँदा कृषि क्षेत्रमा संलग्न ठूलो हिस्सा गरिबीको मारमा परेको देखिन्छ । यो पनि आर्थिक विकासको चुनौती हो ।
४.५ आर्थिक विकासको मूल लक्षित वर्ग को ? आर्थिक विकासले मूलभूत रूपमा आर्थिक तथा सामाजिक रूपले पछि परेका वर्गलाई लक्षित गर्नुपर्छ (Focus to marginalized)। यसो गर्दा आर्थिक परिसूचकहरूका आधारमा सबै उपेक्षित, असमर्थ र कमजोर वर्गलाई लक्षित गरेरक विकासका कार्यक्रम ल्याउनु पर्ने हो तर दुर्भाग्यवस यसो हुन सकेन । सिमान्त गरिब वर्ग आर्थिक विकासको लक्ष्य बन्न सकेनन् । जातीय, सामुदायिक, लैङ्गिक क्ष्ककगभ लाई पनि कतिपय अवस्थामा समेटनु पर्ने हुन्छ । तर आर्थिक विकासको लाभ चाहिँ वर्गीय आधारमा पिछडिएको वर्ग (जुनसुकै जाति भाषा, समुदाय र लिङ्गको भएपनि) पाउने गरी विकास योजना र कार्यक्रमको लक्ष्य बनाइनु पर्दछ । नेपालमा यो सवाल आर्थिक विकासको लागि अर्को चुनौती बनेको देखिन्छ ।
0 comments:
Post a Comment