Tuesday, April 7, 2020

6:02 AM
सामाजिक संरक्षण/बचाउ, सामाजिक सुरक्षा तथा सामाजिक जिम्मेवारी

सामाजिक संरक्षण/बचाउ (Social Protection)
. परिचय:
सामाजिक जोखिम (Social Risk) र जटिलता (Vulnerabilities) बाट समाजका मानिसहरूलाई बचाउने, जोगाउने वा संरक्षण गर्ने काम नै सामाजिक संरक्षण वा बचाउ हो ।
संयुक्त राष्ट्रसंघीय Research institute for social development का अनुसार मानिसलाई नकारात्मक प्रभाव पार्ने तत्वहरूबाट जोगाउने र त्यसलाई व्यवस्थापन गर्ने कुरासँग सामाजिक संरक्षण सम्बन्धित छ ।

सबै मानिसहरू समान र उचित अवस्थामा रहदैनन् । समाजमा वेरोजगारी, गरिवी रहन सक्छ, वृद्धबृद्धा, अपांगता भएका मानिस समाजमा हुन्छन् । समाजमा विभिन्न विपद (Disaster) र खाद्य संकट वा अनिकाल (Crisis) पनि उत्पन्न हुनसक्छ यस्तो स्थितिमा संरक्षण वा वचाउ आवश्यक हुन्छ ।
तसर्थ मानिसको खुसी र सुखमा प्रतिकूल असर पर्ने अवस्थाबाट समाजका हरेक व्यक्तिलाई जोगाउनु वा संरक्षण गर्नु नै सामाजिक संरक्षण वा बचाउ (Social protection) हो ।

. सामाजिक संरक्षणका क्षेत्रः
.१ गरीबलाई सामाजिक संरक्षण (Protection to poor): आर्थिक साधनको अभाव भई वस्तु र सेवामा Access नभएका, मानवीय ज्ञान सीपको कमी, शिक्षा र स्वास्थ्यको अवस्थाबाट वञ्चितीकरणमा परेका मानिसहरू गरीव हुन् । उनीहरूलाई खाद्य अनुदान, सशक्तीकरण, रोजगारी, गरिवी भत्ता प्रदान गरेर सामाजिक संरक्षण गर्नुपर्ने हुन्छ ।
.२ वेरोजगारलाई संरक्षण (Protection to unemployed) : ज्ञान, सीप, क्षमता हुँदा हुदै पनि रोजगारीको अवसर नपाउँदा मानिस जीवन निर्वाह गर्न नसक्ने हुन्छ । अत वेरोजगार भत्ताको माध्यमबाट र स्वरोजगारका लागि सहयोग गरी बेरोजगारीलाई संरक्षण गर्नु पर्दछ ।
.३ जेष्ठ नगारिकलाई संरक्षण (Protection to senior citizens): काम गर्न र आय आर्जन गर्नशारीरिक तथा मानसिक रूपले सक्षम नहुने जेष्ठ नागरिक, (वृद्ध/वृद्धा) हरूलाई सामाजिक संरक्षण प्रदान गर्नुपर्दछ । जेष्ठ नागरिक भत्ता (Allowances) र निवृत्तभरण (Pension) को माध्यमबाट यस्तो संरक्षण गरिन्छ ।
.४ अपाड्डता भएका व्यक्तिको संरक्षण (Protection to disables): मानसिक र शारीरिक रूपले श्रम गर्न नसक्ने मानिसहरूका लागि Favorable job तथा भत्ताको माध्यमबाट सामाजिक संरक्षण गर्न आवश्यक हुन्छ ।
.५ असहायहरूको संरक्षण (Protection to helpless): कोही पनि सहारा नभएका र आफ्नो खुट्टामा उभिन नसक्ने असहायहरूलाई बसोबास (Shelter), संरक्षण गृह (safe house) मा राखेर कल्याणकारी संस्था मार्फत हेरचाह गर्नुपर्ने हुन्छ । यस्ता बालबालिकाको लागि शिक्षा र स्वास्थ्यको प्रवन्ध गर्नुपर्ने हुन्छ ।
.६ विपत्तिमा परेकाहरूको संरक्षण (Protection to the person at vulnerable position): प्राकृतिक वा मानवीय प्रकोपमा परेका, जोखिममा रहेका मानिसहरूलाई खाद्यान्न, कपडा र स्थायी व्यवस्था नभएसम्म खाद्यान्न एवं औषधोपचार प्रदान गरी सामाजिक संरक्षण गरिन्छ ।
.७ कामदारहरूको संरक्षण (Protection to labour): कामदार तथा श्रमिकहरूको अनुचित शोषण हुन नदिन कामको सुनिश्चितता तथा जोखिमको अवस्थामा विशेष संरक्षण गर्नुपर्ने हुन्छ । यसको लागि health care, insurance compensation प्रदान गरिन्छ ।
.८ विस्थापितको संरक्षण (Protection to displaced): विस्थापित भएका मानिसहरूलाई अस्थायी बसोबास, खाद्यान्न, शिक्षा स्वास्थ्यको प्रबन्ध र भत्ताको माध्यमबाट संरक्षण गरिन्छ ।

. नेपालमा सामाजिक संरक्षण वा बचाउको अवस्था
- नेपालमा सामाजिक सुरक्षा र सामाजिक बचाउलाई सँगसँगै हेरिएको छ । सामाजिक बचाउका लागि स्पष्ट नीति वा कार्यक्रम नभएपनि अन्य क्षेत्रसँग जोडेर सामाजिक बचाउ सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन भएका छन् ।
- जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था रहेको छ भने स्वास्थ्य, यातायात क्षेत्रमा विशेष सुविधाहरू घोषणा गरिएका छन् ।
- प्राकृतिक प्रकोपको अवस्थामा उद्धार, राहत, अस्थायी बसोबास र पुनस्र्थापना गराउने जस्ता कार्यक्रमहरू पनि रहेका छन् ।
- सामाजिक जटिलता (Social vulnerability) मा परेका महिला, बालबालिकाहरूका लागि संरक्षण गृह (Safe house)को अवधारणा रहेको छ ।
- द्वन्द प्रभावित, विस्थापित मानिसहरूका लागि विगतमा राहत, भत्ता, क्षतिपूर्तिको व्यवस्था गरियो भने हाल पुनस्र्थापना(Rehabilitation) का कार्यक्रम सञ्चालन भएका छन् ।
- दुर्गम र पिछडिएका क्षेत्रका मानिसहरूको सामाजिक संरक्षणका लागि सहुलियतपूर्ण र अनुदानमा आधारित खाद्यान्न वितरण गर्ने कार्य निरन्तर रूपमा भएका छन् ।
- यद्यपि सामाजिक संरक्षण वा बचाउको अवस्था प्रभावकारी छैन । बेरोजगारी बढेको छ, बेरोजगार भत्ताको व्यवस्था छैन ।जेष्ठ नागरिक, अपांगता भएको व्यक्तिको लागि पर्याप्त संरक्षण व्यवस्था हुन सकेको छैन ।

0 comments:

Post a Comment