Wednesday, April 22, 2020

7:59 AM
कृषिप्रधान देश नेपालका लागि सिँचाइको आवश्यकता र महत्त्वमाथि प्रकाश पार्नुहोस् । - (डा. तोकराज पाण्डे सहसचिव)
कृषि उत्पादनका लागि सिँचाइ कुल जनसंख्याको दुईतिहाइ भन्दा बढी जनता कृषिमा आश्रित भएको नेपाल एक कृषिप्रधान देश हो । कुल गार्हस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान पुयाएको कृषि क्षेत्रको आधुनिकीकरण र विकासविना मुलुकको समृद्धि सम्भव छैन । नेपालमा कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन सिँचाइको विशिष्ट महत्त्व रहेको छ। यद्यपि, खेतीयोग्य जमिनको एकचौथाइ भागमा सिँचाइ सुविधा पुग्न नसकेको तितो यथार्थ हाम्रो सामु छ।
 सिँचाइको आवश्यकता र महत्त्व
 कृषिको उत्पादन र उत्पादकत्व बढाउन,
कृषकलाई सिँचाइ सुविधाको प्रत्याभूति दिलाउन,
बाँझो जमिनलाई खेतीयोग्य बनाउन,
कृषि उपजको उत्पादन वृद्धि गरी कृषकको जीवनस्तर सुधार गर्न,
आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न,
निर्यात व्यापार प्रवर्द्धन गर्न,
आयात प्रतिस्थापन गर्न, .
युवावर्गलाई कृषि क्षेत्रमा आकर्षित
 मुलुकको आर्थिक वृद्धि र विकास गर्न, 
खाद्यान्नमा आत्मनिर्भर बन्न,
भोकमरीको समस्या अन्त्य गर्न,
प्रचुर जलसम्पदाको अधिकतम उपयोग गर्न,
मौषमी खेती प्रणालीको साटो वैज्ञानिक खेती प्रणाली विकास गर्न,
जमिनको बहुआयामिक उपयोग गर्न,
कृषि प्रणालीमा आमूल परिवर्तन ल्याउन,
 समग्र कृषकको जीवनस्तर सुधार गरी गरिबी न्यूनीकरण गर्न,  
अन्त्यमा, कृषि क्षेत्रमा अथाह सम्भावना बोकेको मुलुक भए पनि उपयुक्त सिँचाइको अभावले नेपालमा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुन सकेक छैन । तसर्थ, सरकारले कृषकलाई सिँचाइ सुविधाको प्रत्याभूति दिदै कृषि क्षेत्रको विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो।

0 comments:

Post a Comment