Saturday, April 18, 2020

7:05 PM
आजको सूचना प्रविधिको युगमा कम्प्युटर, इन्टरनेट तथा सामाजिक सञ्जालहरूको उपयोग महत्त्वपूर्ण हुन्छ । यसै सन्दर्भमा सार्वजनिक सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोगका अवसर तथा चुनौतीहरू उल्लेख गर्नुहोस्। - (डा. तोकराज पाण्डे सहसचिव)
समृद्धिका लागि सञ्चार
 सरकार र यसका विभिन्न संरचना एवं निकायमार्फत जनतासमक्ष प्रवाहित हुने अधिकार, सेवा, सुविधाहरूमा कम्प्युटरलगायत नयाँ प्रविधिको प्रयोगलाई सेवा प्रवाहमा आधुनिक प्रविधि प्रयोग भनेर बुझिन्छ । नेपालको संविधानले समेत आधुनिक सेवा प्रवाहमा जोड दिएको यो विषयलाई प्रभावकारी बनाउन विद्युतीय कारोबार ऐन २०६३ को दफा  ७९ अनुसार सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि २०७५ जारी भएको छ । यद्यपि, प्रविधियुक्त शिक्षा, नागरिक चेतना र पूर्वाधारको कमीले सेवा प्रवाहमा नवीन प्रविधिको प्रयोगले गति लिन सकेको छैन। 
सार्वजनिक सेवा प्रवाहमा आधुनिक प्रविधि प्रयोगका अवसर
सेवा प्रवाहको लागत न्यूनीकरण गर्दछ,
समयमै सूचना प्रवाह हुन्छ,
सहकार्य, सहभागिता, सशक्तीकरण र समयमा प्रभावकारिता ल्याउँछ, 
गुनासो सुनुवाई प्रभावकारी हुन्छ, 
सेवाग्राही र सेवाप्रदायकबीच अन्तरसंवाद बढ्छ, 
ज्ञान तथा अनुभवको आदान-प्रदान हुन्छ, 
पृष्ठपोषण लिन सजिलो हुन्छ, 
जवाफदेहिता अभिवृद्धि हुन्छ,
भष्टाचार र अनियमितता न्यूनीकरण हुन्छ, 
नागरिक खबरदारी बढ्छ, 
जनसहभागिता र सहकार्य बढ्छ, 
सेवाको बजारीकरण गर्न सरल हुन्छ,
सूचना संस्कृतिको विकास हुन्छ,
सेवाग्राहीको आवश्यकता पहिचान हुन्छ,
भनसुन र हेलो इफेक्ट कम हुन्छ,
सेवा प्रवाह अन्तर्राष्ट्रिय स्तरको हुन्छ,
सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण बढ्छ।
सेवा प्रवाहमा आधुनिक प्रविधि प्रयोगका चनौती 
आधुनिक प्रविधिमा पहुँचको कमी हुनु.
सरल प्रकृतिको भाषा तथा माध्यम छनोटमा कठिनाइ हुनु,
गलत सूचना तथा समाचार सम्प्रेषणलाई रोक्न कठिन हुनु
साइबर सुरक्षाको विश्वसनीयता अभिवृद्धि गर्नु,
मनोवैज्ञानिक त्रास र द्वन्द्व निवारण गर्नु,
महत्त्वपूर्ण सरकारी विवरण बहुराष्ट्रिय कम्पनीको हातमा पुग्नबाट बचाउनु,
सस्तो  प्रचारमुखी सामग्रीले प्रमुखता पाउन नदिनु,
 अध्ययन, अनुसन्धान र अन्वेषण विकास गर्दै लैजानु,
पहुँचवालाको प्रभाव न्यूनीकरण गर्नु,
नागरिकको वास्तविक समस्याको सुनुवाई हुने वातावरण बनाउनु,
 विद्युत  उच्च गतिको इन्टरनेटलाई व्यवस्थित बनाउनु,
मुलुकको सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने यहाँ भएका आइटी कम्पनीको अन्तर्राष्ट्रिय स्तरमा
बजारीकरण गर्नु,
उच्च सीपयुक्त जनशक्ति र अर्धदक्ष जनशक्ति पर्याप्त मात्रामा विकास गराउनु
सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिई केही वर्षका लागि निश्चित प्रतिशत करछुटको व्यवस्था गर्नु,
आइटी कम्पनीका लागि स्थानीय बजार पर्याप्त बनाई श्रम कानुन सहज गराउनु
लगानी गर्दा सुरुमै चर्को लाभकर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नु ।
अन्त्यमा 
आजको सूचना प्रविधिमा आधारित आधुनिक युगमा नयाँ प्रविधिको उपयोगमार्फत सरकारी सेवालाई गुणस्तरीय, जनमैत्री र प्रभावकारी बनाउनैपर्दछ। यसवाट सेवा प्रवाहको समय र लागत घट्ने एवं गुणस्तर अभिवृद्धि हुन्छ। जनशक्तिलाई प्रशिक्षित गर्दै नागरिक चेतनाको विस्तार र आधुनिक प्रविधिको उपयोग बढाउन सके सेवा प्रवाहमा देखिएका अनियमितता घट्ने र समयमै सेवा वितरण हुने कुरामा कसैको दुईमत हुन सक्दैन।

0 comments:

Post a Comment