केहि आवश्यक MCQ प्रश्नोत्तर
१. आनो घनिष्ठ मित्रलाई जनाउन के लेखिन्छ ?
क) श्री १ ख) श्री २ ग) श्री ३ घ) श्री ४
२) निम्न भनाई विचार गर्नुहोस्।
१. सूर्य पछिको पृथ्वीबाट नजिकको तारा प्रोक्जिमा सेन्चुरी हो।
२. सबैभन्दा चम्किलो तारा सिरियस (Sirius) हो।
३. सिरियसलाई डग स्टार पनि भनिन्छ।
क) १ र २ ठीक, ३ बेठीक ख) १ र ३ ठीक, २ बेठीक ग) २ र ३ ठीक, १ बेठीक घ) सबै ठीक
३) बायुमण्डलमा पाइने ग्याँसको सम्बन्धमा बढी बाट घटीको कममा कुन सही छ ?
क) नाइट्रोजन, अक्सिजन, आर्गन, नियोन, कार्बनडाइअक्साइड
ख) नाइट्रोजन, अक्सिजन, आर्गन, कार्बनडाइअक्साइड, नियोन
ग) नाइट्रोजन, अक्सिजन, नियोन, आर्गन, कार्बनडाइअक्साइड
घ)नाइट्रोजन, अक्सिजन, नियोन, कार्बनडाइअक्साइड, आर्गन
४)पृथ्वीको औसत अर्धव्यास कति रहेको छ ?
क) ६३५७ कि मी ख) ६३७१ कि.मी ग) ६३७८ कि.मी घ) ६४७१ कि.मी
५) पृथ्वीको विभिन्न मण्डलको उपनाम सम्बन्धमा जोडा मिलाई उपयुक्त विकल्प छान्नुहोस्
मण्डल उपनाम
अ) केन्द्रमण्डल १) Sial Sphere
आ) मध्यमण्डल २) Nife Sphere
इ) स्थलमण्डल ३) Sima Sphere
क) अ १, आ २, इ ३ ख) अ २, आ १, इ ३ ग) अ १, आ ३, इ २ घ ) अ २, आ ३, इ १
६) तलका भनाई विचार गरी उपयुक्त विकल्प छान्नुहोस्
१. पृथ्वी र सूर्य बीचको दुरीलाई 1 Astrological Unit (AU) मानिन्छ ।
२. 1 Astrological Unit (AU) मा करिब २५ करोड किलोमिटर हुन्छ।
क) १ मात्र ठीक ख ) २ मात्र ठीक ग) दुवै ठीक घ) दुवै बेठीक
७) डाइनोसरको उत्पत्ति कालमा र विनास कालमा भएको हो।
क) जुरासिक, ट्रायसिक ख ) जुरासिक, किटेसियस ग) ट्रायसिक, जासिक घ) वाकिटेसियस, ट्रायसिक
८. पछिल्लो समयमा Super Blue Blood Moon कहिले देखा परेको हो ।
क) सन् २०१८ जनवरी ३१ ख) सन् २०१८ मार्च ३१ ग) सन् २०१८ मे ३१ घ) सन् २०१८ अगस्ट ३१
९. "Olympus Mons" कुन ग्रह सँग सम्बन्धित ज्वालामुखी हो ?
क) शुक्र ख) मंगल ग) बृहस्श्पति घ) शनि
१०. सूर्यको बजन सौर्यपरिवारको अरु सबै पिण्डहरुको कुल योग भन्दा कति गुणा बढी छ ?
क) ५४० गुणा ख) ६४० गुणा ग) ७४० गुणा घ) ८४० गुणा
११. सौर्य बतास (Solar Wind) सम्बन्धमा निम्न भनाईहरु विचार गर्नहोस् ।
१.यो इलेक्ट्रोन, प्रोटोन र अल्फा कणहरु भारित आधी हो।
२. यसको गति २५० देखि ५० किलोमिटर प्रति सेकेण्ड हुन्छ।
क) १ मात्र ठीक ख) २ मात्र ठीक ग) दुवै ठीक घ) दुवै बेठीक
१२. स्टेफन हकिन्सद्वारा लिखित "A brief history of Times " सर्वप्रथम कहिले प्रकाशित भयो ?
क) सन् १९८६ ख) सन् १९८७ ग) सन् १९८८ घ) सन् १९८९
१३. हालसम्म पत्ता लगाईएको पाँच वटा पुडका ग्रह मा कुन पर्दैन ?
क) Pluto ख) Makemake ग) Vesta घ) Ceres
१४. निम्न भनाई सम्बन्धमा विचार गर्नुहोस् ।
१. दक्षिणी गोलार्द्धको सबैभन्दा लामो दिन डिसेम्बर २२ हो।
२. २३ सेप्टेम्बर लाई शरद सम्पात (Autumn Equinox) भनिन्छ।
क) १ मात्र ठीक ख) २ मात्र ठीक ग)दुवै ठीक घ) दुवै बेठीक
१५. अन्तरिक्षमा प्रवेश गर्ने तेस्रो, चौथो र पाँचौ राष्ट्र क्रमश : कुन-कुन हुन् ?
क) फान्स, चीन, भारत ख) फान्स, जापान, भारत ग) जापान,फान्स, चीन घ) जापान, फान्स, भारत
१६. कान्तिको पुत्र भनि कसलाई चिनिन्छ ?
क) नेपोलियन बोनापार्ट ख) हिटलर ग) मुसोलिनी घ) बोल्सेभिक
१७. विभिन्न देशका सरकारी अन्तरिक्ष अध्ययन एजेन्सी सम्बन्धमा गलत जोडा कुन हो ? ।
क) जापान- JAXA ख) भारत- ISRO ग) रसिया- Cosmos Russia घ)चीन- CNSA
१८. अन्तरिक्षमा हिँडने प्रथम व्यक्ति को हुन् ?
क) इर्डवार्ड ह्वाइट ख) अलेक्सी लियोनेभ ग)बज अल्ड्रिन घ)युजिन सेरनान
१९. कुन ग्याँसको उपस्थितिको कारणले मिथेन ग्याँस हरियो देखिन्छ ?
क) मिथेन ख) अमोनिया ग) नाइट्रोजन घ) हाइड्रोजन
२०. निम्न भनाई विचार गर्नुहोस् ।
१.प्रथमपटक लुना-२ चन्द्र धरातलमा सन् १९५९ मा पुगेको थियो ।
२.प्रथम पटक अन्तरिक्षमा भोस्तोक-१ सन् १९६१ मा पुगेको थियो ।
क) १ मात्र ठीक ख) २ मात्र ठीक ग) दुवै ठीक घ) दुवै बेठीक
२१. "ओलिम्पस मन्स" (Olympus Mons) सम्बन्धमा निम्न भनाई विचार गर्नहोस ।
१. यो ब्रम्हाण्डकै सबैभन्दा अग्लो पर्वत र ज्वालामुखी हो ।
२. यो मंगल ग्रहमा रहेको छ।
३. यसको उचाई सगरमाथाको उचाई भन्दा ४ गुणा बढी छ ।
क) १ र २ मात्र ठीक ख) १ र ३ मात्र ठीक ग) २ र ३ मात्र ठीक घ)१ मात्र ठीक
२२. नर्वेमा अर्धरात्रीको समयमा सूर्य कहिले देखा पर्दछ ?
क) मार्च २१ ख) डिसेम्बर २२ ग) जून २१ घ) डिसेम्बर २३
२३. पृथ्वीबाट हाम्रो नाङ्गो आँखाले देख्न नसकिने ग्रह हरु कतिवटा छन् ?
क) १ ख) २ ग) ३ घ) ४
२४. चन्द्रमाको सम्बन्धमा निम्न भनाई विचार गर्नुहोस्
१. चन्द्रमाको प्रकाश पृथ्वी सम्म आइपुग्न २ मिनेट ३ सेकेन्ड लाग्छ ।
२. पृथ्वीबाट चन्द्रमा ३,९२,००० कि.मी. टाढा छ।
क) १ मात्र ठीक ख) २ मात्र ठीक ग) दुवै ठीक घ) दुबै बेठीक
२५) सूर्यलाई पृथ्वी लगायत ग्रह, उपग्रहले परिक्रमा गरेको भनि पोल्याण्डका वैज्ञानिक निकोलस कोपर्निकसले कहिले ‘आनो’ भनाई सार्वजनिक गरेका थिए ?
क) सन् १४४३ ख) सन् १४५३ ग) सन् १४६३ घ) सन् १४७३
२६. यम (Pluto) लाई कहिले ग्रहको सूचीबाट हटाइएको हो ?
क) सन २००६ अप्रिल ख) सन् २००६ जुन ग) सन् २००६ अगस्ट घ) सन् २००६ सेप्टेम्बर
२७. सुनौलो ग्रह भनि कुन ग्रहलाई चिनिन्छ ?
क) शुक्र ख) मंगल ग) बृहस्पति घ) शनि
२८. सर्यमा हुने ग्याँसको पिण्डको आधारमा बढीबाट घटीको क्रममा कुन सही छ ?
क) हाइड्रोजन, कार्बन, हिलियम, अक्सिजन ख) हाइड्रोजन,कार्बन, अक्सिजन, हिलियम
ग) हाइड्रोजन, हिलियम, अक्सिजन, कार्बन घ) हाइड्रोजन, हिलियम, कार्बन, अक्सिजन
२९. निम्न मध्य कुन स्टेफन हकिन्सद्वारा लिखित पुस्तक होइन् ?
क) The Universe in a Nutshell ख) Brief Answers to the big questions
ग) The theory of Everything घ) Understanding the Universe
३०. निम्न भनाई विचार गरी उपयुक्त विकल्प छान्नुहोस्
१) चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आइपुग्दा ब्लु मुन देखिन्छ।
२) चन्द्र सम्बत ३५४ दिनको हुन्छ।
१) मात्र ठीक ख) २ मात्र ठीक ग) दुवै ठीक घ) दुबै बेठीक
३१. तलका भनाई र कारण बिचार गर्नुहोस् र सही विकल्प छनौट गर्नुहोस्
भनाई (A) : पृथ्वीको भित्री सतह (Inner Core) मा धातुहरु तरल अवस्थामा रहन्छन् ।
कारण (R) : पृथ्वीले सूर्यको तापलाई सोस्दछ।
क) भनाई (A) र कारण (R) दुवे सही छन् र कारण (R) भनाई (A) को सही व्याख्या हो ।
ख) भनाई (A) र कारण (R) दुवे सही छन् तर कारण (R) भनाई (A) को सही व्याख्या होइन् ।
ग) भनाई (A) ठीक छ तर कारण (R) ठीक छैन। घ) भनाई (A) र कारण (R) दुवै ठीक छैन ।
३२. रोग र उपचार प्रविधी बारेमा जोडा मिलाउनुहोस्
रोग उपचार प्रविधी
अ) कुष्ठरोग १) ए आर टी
आ) एड्स २) मल्टी ड्रग्स थेरापी
इ) भाडापखाला ३) इम्यूनो थेरापी
ई) क्यान्सर ४) ओ आर टी
क) अ १, आ २ ,इ ३ , ई ४ ख) अ १, आ २ ,इ ४ , ई ३ ग) अ २, आ १ , इ ३ , ई ४ घ) अ २, आ १ ,इ ४ , ई ३
३३. सौर्य मण्डलका सम्बन्धमा तलका भनाईहरु विचार गर्नुहोस ।
१. सौर्य मण्डलको खोज कोपर्निकसले गरेका हुन् । २) ग्रहको गतिको नियम केपलरले पत्ता लगाएका हुन् ।
३) सूर्यमा बढी मात्रामा हाइड्रोजन अनि हिलियम ग्याँस पाइन्छ।
माथिका कुन-कुन भनाई ठीक छन्
क) १ मात्र ख) १ र २ मात्र ग) २ मात्र घ) सबै ठीक
३४. निम्न भनाईहरु मध्ये कुन भनाई गलत छ ?
क) संयुक्त राष्ट्रसंघका महासभाका अध्यक्षता गर्ने महिलाको संख्या ४ रहेको छ।
ख) संयुक्त राष्ट्रसंघका हालका उपमहासचिव अमिना जे मोहम्मद हुन्।
ग) संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर १९४४ अक्टोबर २४ मा भएको हो।
घ) संयुक्त राष्ट्रसंघका हालका सदस्य राष्ट्र १९३ र पर्यवेक्षकको संख्या २ रहेको छ।
३५. निम्न मध्ये कुन ग्रहको वायुमण्डल हाइडोजन, हिलियम र मियेन ग्रहले मिलेर बनेको छ ?
क) पृथ्वी ख) शुक्र ग) अरुण घ) बरुण
३६. कुनै ठाउँको स्थानीय समय 6:00 am हुँदा ग्रीनवीच मध्यान्ह समय (GMT) 2:00 am छ भने त्यस ठाउँको देशान्तर (Longitude) कति हुन्छ ?
क) 60° East ख) 60°West ग) 60° North घ) 60° South
३७. निम्नलिखित देशहरुको बारेमा विचार गर्नुहोस्
क) बंगलादेश ख) नेपाल ग) भुटान घ) भारत
माथि उल्लिखित राष्ट्रहरुमध्ये कुन-कुन राष्ट्रहरु सार्क, बिमस्टेक र इसिमोड तीनवटै संगठनका साझा सदस्य
राष्ट्र हुन?
क) १, २ र ३ मात्र ख) २,३ र ४ मात्र ग) २ र ४ मात्र घ) सबै
३८. निम्न नदी र तिनको औसत जलप्रवाह बीचमा जोडा मिलाउनुहोस्
नदी औसत जलप्रवाह
अ. कोशी १) १७१३ क्युबिक सेकेण्ड
आ. गण्डकी २) १५६४ क्युबिक सेकेण्ड
इ. कर्णाली ३) १३१६ क्युबिक सेकेण्ड
क)अ १, आ २, इ ३ ख) अ २, आ ३, इ १ ग) अ २, आ १, इ ३ घ) अ ३, आ १, इ २
३९. तलका मध्ये कुन भनाई गलत छ ?
क) सेकेण्ड न्यूफाउण्डल्याण्ड भनेर जापानलाई चिनिन्छ।
ख) सर्वाधिक वनले ढाकेको क्षेत्रफल भएको देश क्यानडा हो।
ग) जोर्डन र इजरायलको बीचमा मतसागर अवस्थित छ।
घ) विश्वको सबैभन्दा व्यस्त व्यापारिक नदी राइन नदी हो।
४०. कुन जोड़ा गलत छ ?
क) वासिङ मेसिन - एलिसा ओटिस ख) अणु बम - ओपनहाइमर
ग) सिमेन्ट- एस्पिडिन घ) क्यामेरा - जोसेफ नियसी
४१. प्राचीन ओलम्पिक खेलको शुरुवात कहिले भयो ?
क) 776 BC ख) 778 BC ग)790 BC घ) 800 BC
४२. टिग्रीस र युफ्रेटस नदीहरु कुन सभ्यतासँग सम्बन्धित छन् ?
क) मिश्रको सभ्यता ख) रोमन सभ्यता ग) मेसोपोटामियाको सभ्यता घ) हरप्पा सभ्यता
४३) हिटलर जर्मनीको चान्सलर कहिले भए ?
क) 1932 AD ख) 1933 AD ग) 1934 AD घ)1935 AD
४४. विश्वको पहिलो जुम्ल्याहा टेष्टट्युब बेबीहरु को को हुन् ?
क) लुईस ब्राउन र भेस्ली मल्टिन्डर ख) स्टेफन र अमान्डा ग) हर्ष र इन्दिरा घ) एलिजावेथ र कार्ल
४५. पार्ल हार्बर' कुन महासागरमा पर्छ ?
क) हिन्द ख) आन्ध्र ग) दक्षिणी महासागर घ) प्रशान्त
४६. पुर्नजागरणको बिहानी तारा भनेर कसलाई चिनिन्छ ?
क) मन्टेस्क्यू ख) दाँते ग) शेक्सपियर घ) जेफ्रि चासर
४७. सन् १६८८ को रक्तपातविहीत क्रान्ति कुन देशमा भएको थियो ?
क) फ्रान्स ख) बेलायत ग) इटाली घ) पोर्चुगल
४८. प्रजातन्त्रको थालनी कुन सभ्यताबाट भएको मानिन्छ ?
क) ग्रीक ख) रोमन ग) मेसोपोटामिया घ) हरप्पा
४९. इतिहासका पिता भनेर कसलाई चिनिन्छ ?
क) होमर ख) हेरोडोटस ग) थ्युसिडाइस घ) आर्किमिडीज
५०. कार्ल्स मार्क्सको जन्म कुन देशमा भयको थियो?
क) अष्ट्रीया ख) जर्मनी ग) रुस घ) अल्बानिया
५१.साझा पुरस्कार प्राप्त गर्ने प्रथम नेपाली महिला साहित्यकार को हुन ?
क) मोती लक्ष्मी उपासिका ख) बानिरा गिरी ग) मन्जुश्री थापा घ) विष्णुकुमारी वाईवा
५२. Land Ownership in Nepal पुस्तकका रचनाकार को हुन् ?
क) लैनसिंह बाङ्देल ख) डोर बहादुर बिष्ट ग) डिल्लीरमण रेग्मी घ) महेशचन्द्र रेग्मी
५३. बुद्धको धर्मसँग सम्बन्धित रङको अर्थ सम्बन्धमा जोडा मिलाई उपयुक्त कोड छान्नुहोस् ।
शरीरका भाग रङ
अ) बुद्धको शरीर १) नीलो
आ) बुद्धको अस्थिधातु २) पहेंलो
इ) बुद्धको रगत ३) रातो
ई) बुद्धको अन्तस्करण ४) कलेजी
क) अ १, आ २, इ ३, ई ४ ख) अ १, आ २, इ ४, ई ३ ग) अ १, आ ३, इ २, ई ४ घ) अ २, आ १, इ ३, ई ४
५४. तलका जोडा मिलानमा नमिल्दो जोडा कुन हो ?
(जिल्ला) (पर्यटकीय स्थल)
१. भोजपुर - हतुवागढी
२. सिन्धुपाल्चोक - दुगुनागढी
३. नवलपरासी - चिसापानी गढी
४. डडेलधुरा - अमरगढी
क) १ र ३ मात्र ख) २ र ४ ग) ३ घ) १, २ र ३
५५. वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा रहेका जातीको बढी बाट घटीको कममा कुन सही छ ?
क) क्षेत्रि, ब्राम्हण, मगर, थारु, तामाङ, नेवार
ख) क्षेत्रि, ब्राम्हण, थारु, मगर, तामाङ्ग, नेवार
ग) क्षेत्रि, ब्राम्हण, मगर, थारु, नेवार, तामाङ्ग
घ) क्षेत्रि, ब्राम्हण, थारु, मगर, नेवार, तामाङ्ग
५६. नेपालको कुन ठाउँमा जैन धर्मावलम्बीको जैन मन्दिर रहेको छ ?
क) कमलपोखरी ख) पुल्चोक ग) न्यु प्लाजा घ) दरबारमार्ग
५७. विश्वमा सबैभन्दा बढी किश्चियन धर्मावलम्बी भएको देश कुन हो ?
क) ब्राजिल ख) अमेरिका ग) मेक्सिको घ) रसिया
५८.पञ्चगुणमा दिएका मध्ये कुन गुण पर्दैन ?
क) शब्द ख) स्पर्श ग) स्वाद घ) रस
५९. दुईपटक अन्तरिक्ष यात्रा गर्ने व्यक्ति को हुन् ?
क) चार्ल्स सिमोनी ख) रिचार्ड ग्यारिओई ग) मार्क सटलवर्थ घ) अनुसेह अन्सारी
६०. तलका भनाईहरु विचार गर्नुहोस् ।
१. लिच्छविकालमा ४ वर्ण १८ जातमा समाज विभाजित थियो ।
२. जयस्थिति मल्लले ४ वर्ण ३६ जातीमा विभाजन गरेका थिए
माथिका भनाईहरु मध्ये कुन ठीक/बेठीक छन्
क) १ मात्र ठीक ख) २ मात्र ठीक ग) दुवै ठीक घ) दुवै बेठीक
६१. आदिवासी जनजाती र तिनीहरुको वर्गीकरण सम्बन्धमा नमिल्दो जोडा कुन हो ?
क) बोटे - सुविधा बञ्चित ख) माझी - अति सीमान्तकृत ग) दराई- सीमान्तकृत घ)कसुन्डा- लोपोन्मुख
६२. नेपालमा सबैभन्दा बढी जनसंख्या भएको जनजाती कुन हो।
क) नेवार ख) मगर ग) तामाङ घ) गुरुङ्ग
६३. नेपाली भाषा भारतको संविधानको कति अनुसूचीमा सूचीकृत छ?
क) तेस्रो ख) आठौं ग) एघारौं घ) उन्नाइसौं
६४. विश्वका कति देशमा फेन्च भाषा आधिकारिक भाषा (Official Language) को रुपमा रहेको छ ?
क) ८ देशमा ख) १८ देशमा ग) २९ देशमा घ) ५३ देशमा
६५. नेपालका साहित्यकार र तीनका प्रथम प्रकाशित कृति बीचमा नमिल्दो जोडा कुन हो ?
क) भानुभक्त - बालकाण्ड ख) सिद्धिचरण श्रेष्ठ - उर्वशी
ग) बालकृष्ण सम- मुटुको व्यथा घ)रमेश विकल - बिरानो देशमा
६६. भाषाशास्त्री बालकृष्ण पोखरेलको सम्बन्धमा तलका कुन भनाई गलत छ ?
क) उनको जन्म वि.सं. १९९० मा मकवानपुरको चिसागढीमा भएको हो।
ख) उनी नेपाली झर्रोवादी आन्दोलनका अगुवा हुन्।
ग) उनले 'नेपाली भाषा र साहित्य' कृतिका लागि वि.सं. २०३१ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए। ।
घ) उनको मृत्यु २०७५ फागुन ११ गते भएको हो।
६७. स्थापत्य कला भनेर कुन कलालाई चिनिन्छ ?
क) वास्तु कला ख) धातु मूर्ति कला ग) चित्र कला घ) मूर्ति कला
६८. तत्कालीन पाल्पा गौडाका पश्चिम कमाण्डर इन चिफ खड्ग शमशेरद्वारा रानी तेजकुमारीको सम्झनामा पाल्पा
जिल्लामा निर्माण गरिएको नेपालको ताजमहल भनि चिनिने रानीमहल कहिले निर्माण सम्पन्न भएको थियो ?
क) वि.सं. १९४९ ख) वि.सं. १९५० ग) वि.सं. १९५२ घ) वि.सं. १९५४ -
६९. कृष्ण पक्षको तिथिमा नपर्ने चाड दिएका मध्ये कुन हो ?
क) गाईजात्रा ख) घोडेजात्रा ग)इन्द्रजात्रा घ) महाशिवरात्री
७०. नेपालको इतिहासमा लमजुङ जिल्लाबाट हलो क्रान्तिको सुरुवात कहिले भएको थियो ?
क) वि.सं. २००५ साउन ११ ख) वि.सं. २००५ भदौ ११ ग) वि.सं. २००६ साउन ११ घ) वि.सं. २००६ भदौ ११
७१. संयुक्त राष्ट्रसंघको झण्डाको पृष्ठभूमि कुन रङको रहेको छ ?
क) निलो ख) हल्का हरियो ग) सेतो घ) हल्का रातो
७२. आदिवासी जनजाति र तिनीहरुको वर्गीकृत संख्याको आधारमा जोडा मिलाई उपयुक्त कडे छान्नुहोस
आदिवासी जनजाति संख्या
अ) लोपोन्मुख १) १०
आ) सीमान्तकृत २) १२
इ) अति सीमान्तकृत ३) १५
ई) सुविधाबञ्चित ४) २०
कोड
क) अ १, आ ३, इ ४, ई २, ख) अ १, आ ३, इ २, ई ४ ग) अ १, आ ४, इ ३, ई २ घ) अ १, आ ४, इ २, ई ३
७३. भगवान शिवका आठस्वरुप मध्ये तलको कुन पर्दैन ?
क)इन्द्र ख) भीम ग) ईशान घ) अज
७४.स्वेताम्बर र दिगम्बर सम्प्रदाय कुन धर्ममा रहेको छ ।
क) वैष्णव ख) शिख ग) जैन घ) यहुदी
७५.मुस्लिम धर्म समुदाय सम्बन्धमा तलमा भनाई विचार गरी उपयुक्त विकल्प छान्नुहोस् ।
१. मुस्लिम समुदायको सबैभन्दा ठूलो सम्प्रदाय सिया सम्प्रदाय हो। ।
२. विश्वमा सबैभन्दा बढी मुस्लिम बसोवास गर्ने देश साउदी अरेबिया हो।
३. मुस्लिम विश्वको दोस्रो ठूलो धर्म सम्प्रदाय हो।
क) १ र २ मात्र ठीक ख) १ र ३ मात्र ठीक ग) २ र ३ मात्र ठीक घ) सबै ठीक
७६.भाषा बोल्ने जनसंख्याको आधारमा बढीबाट घटीको क्रममा कुन सही छ
क) नेपाली, मैथिली, भोजपुरी, थारु, तामाङ, नेवार ख) नेपाली, मैथिली, भोजपुरी, थारु, नेवार, तामाङ
ग) नेपाली, मैथिली, थारु, भोजपरी, तामाङ, नेवार घ) नेपाली, मैथिली, थारु, भोजपुरी, नेवार, तामाङ
७७.हिन्दु धर्ममा देवताहरुको वैद्य भनेर कसलाई चिनिन्छ ?
क) धन्वन्तरी ख) कृपाचार्य ग) अश्विनीकुमार घ) द्रोणाचार्य
७८. महर्षि वेदव्यास सम्बन्धमा तलका कुन भनाई गलत छ ?
क) उनी परासर ऋषि र सत्यवतीका पुत्र हुन् ख) उनलाई कृष्ण द्वैपायन पनि भनिन्छ ।
ग) उनको पत्नि को नाम पिङ्गला थियो। घ) उनले १८ उपपुराण मध्ये १७ उपपुराणको रचना गरेका थिए।
७९.ट्रहोटे पर्व कुन जातीले मनाउँदछन् ?
क) गुरुङ्ग ख) थकाली ग) याक्खा घ) धिमाल
८०. लोटस टेम्पल कुन धर्मको पूजास्थल हो ?
क) शिन्तो ख) जैन ग) बहाई घ)फारशीधर्म
८१. नेपालमा कुन राजाको शासनकालमा मुसलमानहरु प्रवेश गरेको मानिन्छ ?
क) जयस्थिति मल्ल ख) जयप्रकाश मल्ल ग) रत्न मल्ल घ) पृथ्वी नारायण शाह
८२. देवाली पूजा कुन जातीको मुख्य चाड हो ?
क) व्यासी ख) हायु ग) सतार घ) सुरेल
८३.निम्न मध्ये कुन हरितगृह ग्याँस होइन् ?
क) मिथेन ख) नाइट्रस अक्साइड ग) सल्फर हेक्जाफ्लोराइड घ) कार्बन मोनोक्साइड
८४.निम्न भनाईहरु विचार गर्नुहोस्
१. जैविक विविधता शब्दको प्रयोग ई.ओ. विल्सनले गरेका हुन्।
२. विश्वको सबैभन्दा ठूलो सिमसार पद्धति प्यानटनल मा रहेको छ।
३. अम्ल वर्षाको कारणले स्टोन क्यान्सर हुन्छ ।
माथिका कुन भनाई/भनाईहरु सही छन्
क) १ र २ मात्र ख) १ र ३ मात्र ग) २ र ३ मात्र घ) सबै
८५. अमेरिकाको भर्जिनियास्थित वालोप्स प्रक्षेपण केन्द्रबाट नेपाली स्याट १ नामक नेपाली भ-उपग्रह कहिले प्रक्षा
गरिएको थियो ?
क) २०७६ वैशाख १ ख) २०७६ वैशाख ३ ग) २०७६ वैशाख घ) २०७६ वैशाख ५
८६. हरितगृह प्रभावको अवधारणा फान्सका कस्ले कहिले पत्ता लगाएका हुन् ?
क) जे.सि.फरम्यान, १९२६ ख) बेरिन जीन फेरियर, १९२६
ग) जे.सि.फरम्यान, १९३० घ) बेरिन जीन फेरियर, १९३०
८७. जैन धर्मको धार्मिक ग्रन्थ कुन हो र पूजास्थललाई के भनिन्छ?
क) आदिग्रन्थ, गुरुद्वारा ख) कैवाला, रावी ग) गुरुग्रन्थ साहिबा, चिफ रावी घ) वचनामृत, अग्निमन्दिर
८८. नेपालमा सर्वप्रथम स्मार्ट लाइटको प्रयोग गर्ने महानगरपालिका कुन हो ?
क) काठमाडौँ ख) ललितपूर ग) विराटनगर घ) पोखरा
८९.औद्योगिक राष्ट्रहरुको समूह G-20 को १४ औं शिखर सम्मेलन सन् २०१९ जुन २८-२९ मा कुन देशमा सम्पन्न भयो ?
क) जर्मनी ख) बेलायत ग) जापान घ) चीन
९०.निम्न भनाईहरु विचार गर्नुहोस्
१. ब्राम्ही लिपिलाई अशोक लिपि पनि भन्ने गरिन्छ।
२. संसारको चौथो ठूलो भाषा समूह फ्रेन्च हो।
माथिका भनाईहरु मध्ये कुन सही छ/छन्
क) १ मात्र सही ख) २ मात्र सही ग) दुवै सही घ) दुवै गलत
९१.पुर्नजागरणको जन्मभूमि भनि कुन ठाउँलाई चिनिन्छ ?
क) रोम ख) भेनिस ग) फ्लौरेन्स घ) लण्डन
९२."The law of Twelve Tables" कुन सभ्यतासँग सम्बन्धित छ ?
क)ग्रीक ख) रोमन ग) मेसोपोटामिया घ) इजिप्ट
९३. सुमेरियन सभ्यताको विकास कहाँ भएको हो ?
क) चीन ख) इराक ग) पाकिस्तान घ) इरान
९४. दुई कोरियाबीचमा युद्ध कहिले भएको थियो ?
क) सन् १९५०-१९५३ ख) सन् १९५३-१९५६ ग) सन् १९५६-१९६० घ) सन् १९६०-१९६६
९५.शिन्तोवाद कुन देशको धर्म हो ?
क) चीन ख) जापान ग) टर्की घ) रुस
९६. अमेरिकामा गृहयुद्ध चल्दा अमेरिकामा राष्ट्रपति को थियो ?
क) अब्राहम लिंकन ख) एन्ड्रयु ज्याक्सन ग) जर्ज वासिङ्टन घ) जेम्स म्याडिसन
९७.रानी एलिजावेथ द्वितीय कुन वंशकी हुन् ?
क) नरम्याण्डी ख) स्टुआर्ट ग) ट्युडोर घ) योर्कअ
९८.फ्रान्सको कुन टापूमा नेपोलियनको जन्म भएको थियो ?
क) सेन्ट हेलेना ख) कोर्सिका ग) एल्बा घ) ओपेरोन
९९.वाटर लु को युद्ध कहिले भएको थियो ?
क) 1800 AD ख) 1806 AD ग) 1807 AD घ) 1815 AD
'१००. मानिस राजनीतिक प्राणी हो ।" यो भनाई कसको हो ?
क)अरस्तु ख)प्लेटो ग) कार्ल मार्क्स घ) लेनिन
१०१. एशियाकै लामो झोलुङ्गे पुल कहाँ पर्छ र कति लामो ?
क) बागलुङ र पर्वत , ५६७ मिटर लामो ख) म्याग्दी र पर्वत , ५६७ मिटर लामो
क) बागलुङ र पर्वत , ५६७ मिटर लामो ख) म्याग्दी र पर्वत , ५६७ मिटर लामो
ग) बागलुङ र म्याग्दी , ५६७ मिटर लामो घ) बागलुङ र पर्वत , ५७६ मिटर लामो
0 comments:
Post a Comment