Sunday, April 5, 2020

7:29 PM

जनसंख्या (बसोवास, बसाइसराइ, शहरीकरण, बयस्कता, शरणार्थी, बिस्थापित जनसंख्या)
. परिचयः
सामान्यतयाः जनसंख्याको अर्थ जन अर्थात् मानिसको संख्या हो।परम्परागत रूपमा कुनै क्षेत्र वा देशको भूभागमा कति मानिस बस्दछन् भनी गणना गरिन्थ्यो।आधुनिक अवस्थामा जनसंख्या अन्तर्गत बहु आयामिक पक्षहरू पर्दछन्।देश भित्र बसोबास गर्ने मानिसको संख्यालाई विविध दृष्टिकोणले विश्लेषण गरिन्छ ।क्षेत्रगत रूपमा, भाषागतरूपमा, जनजातिगत रूपमा, शैक्षिक वा साक्षरताको अवस्था, रोजगारी, वेरोजगारीको अवस्था, उमेर समूह अनुसारको वर्गीकरण, भाषा, धर्म, विवाहको अवस्था, आय आर्जन लगायतका बहुचर (Multiple variables) को विश्लेषण हुन्छ जनसंख्या भित्र ।
त्यसैले जनसंख्या भनेको मानिसहरूको संख्यात्मक अवस्था र त्यसको विविध विश्लेषण पनि हो । मानिसको अवस्था, अवस्थिति हो जनसंख्या । जनसंख्याले देशको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थालाई चित्रण गर्दछ । साथै भविष्यको नीति निर्माणमा समेत सघाउ पुग्दछ जनसंख्या विश्लेषणकोे माध्यमबाट । नेपालमा वि.सं. १९६८ देखि जनसंख्याको गणना हुन थालेको हो । २०६८ को जनगणनाको मूल नारा कोही नछुटुन कोही नदोहोरिउन' भन्ने रहेको थियो ।
. २०६८ को जनगणनाका आधारमा जनसंख्या विश्लेषण
.१ बसोबासः नेपालका सबै भौगोलिक र प्रशासनिक क्षेत्रहरूमा मानिसको बसोबास रहेको छ । हिमाली क्षेत्रमा न्यून बसोबास रहेको छ । हिमाली क्षेत्रमा बसोबास गर्नेको अनुपात घट्दै गएको छ भने तराई क्षेत्रमा बढ्दै गएको छ । यसैगरी पहाडी क्षेत्रमा समेत जनसंख्याको अनुपात घट्दो अवस्थामा छ ।
- कुल जनसंख्या २,६४,९४, ५०४
- जनसंख्या वृद्धिदर १.३५%
- हिमाली क्षेत्रमा बसोबास गर्ने जनसंख्या १७,८१,७९२ (.७३%)
- पहाडी क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,१३,९४००७ (४३.०१%)
- तराई क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,३३,१८,७०५ (५०.२७%)
यसरी तराई क्षेत्रमा आधा भन्दा बढी मानिस बसोबास गर्ने गरेको देखिन्छ । यातायातको सुविधा, रोजगारीका अवसर, कृषि उत्पादनका कारणले पहाडबाट तराईमा बसाईसराई बढी हुने कारणले पनि तराईको जनसंख्या वृद्धि हुने देखिन्छ । तराई क्षेत्रमा वैवाहिक कारण, धेरै सन्तान पाउने, अन्तर्राष्ट्रिय आप्रवासीको कारणले पनि जनसंख्या वृद्धि भइरहेको देखिन्छ ।
विकास क्षेत्रगत आधारमा बसोबासको अवस्था:
- पूर्वाञ्चल विकास क्षेत्र ५८,११,५५५ (२१.९३%)
- मध्यमाञ्चल विकास क्षेत्र ९६,५६,९८५ (३६.४४%)
- पश्चिमाञ्चल विकास क्षेत्र ४९,२६,७६५ (१८.५९%)
- मध्यपश्चिमाञ्चल विकास क्षेत्र ३५,४६,६८२ (१३.३८%)
- सुदुर पश्चिमाञ्चल विकास क्षेत्र २५,५२,५१७ (.६३%)
यसरी विकास क्षेत्रगत अधारमा सबैभन्दा बढी जनसंख्या मध्यमाञ्चल विकास क्षेत्रमा बसोबास गर्ने देखिन्छ । राजधानी काठमाडौंमा भएको तिव्र जनसंख्या वृद्धिका कारण र यस विकास क्षेत्रमा तराईका जिल्लामा जनसंख्या वृद्धिका कारण पनि मध्यामाञ्चल सबैभन्दा बढी बसोबास हुने क्षेत्रको रूपमा रहेको हो ।
यसैगरी शहरीकरणमा वृद्धि भइरहेको अवस्था छ । गाउँबाट शहरमा बसोबासको लागि बसाईसराई गर्ने प्रवृत्ति देखिन्छ । शहर र गाउँमा बसोबास गर्ने जनसंख्याको अवस्था:
शहरी क्षेत्रमा - ४५,२३८२० (१७.११%)
ग्रामीण क्षेत्रमा - ,१९७०६८४ (८२.८९)
.२ बसाईसराई (Migration):
अर्थः बसाईसराईको समान्य अर्थ हुन्छ एक ठाउँबाट अर्को ठाउँमा सर्ने कार्य अर्थात् परम्परागत रूपमा बसोबास गरिरहेको स्थानबाट अर्को स्थानमा बास सर्ने कार्य । Globalization को सन्दर्भमा बसाईसराई (Migration) लाई सामान्य रूपमा लिइन्छ । बसाई सराई मानिसको प्रवृत्ति हो । संसारभर विगत दश वर्षमा ७० करोड भन्दा बढी मानिस बसाईसराई गरेका छन् ।
बसाईसराईका कारणः
- शिक्षाको अवसर प्राप्त गर्न नयाँ स्थानमा जाने र बसोबास गर्ने ।
- स्वास्थ्य, पूर्वाधार सेवाको खोजीमा नयाँ ठाउँमा बसोबास गर्ने ।
- रोजगारीको अवसर प्राप्त गर्न ।
- लगानी, उद्योग, व्यापार, व्यवसाय गर्न
- सुरक्षाको लागि एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्ने
- सामाजिक सम्बन्ध र सांस्कृतिक समानताका लागि मिल्दो ठाउँमा बसाईसराई गर्ने ।
आन्तरिक र अन्तराष्ट्रिय बसाईसराई
बसाईसराईको प्रवृत्ति हेर्दा देशभित्रकै एक स्थान वा एक भौगोलिक क्षेत्रबाट अर्को भौगोलिक क्षेत्रमा वा स्थानमा बसाईसराई गर्नु आन्तरिक बसाईसराई हो भने, एक देशबाट अर्को देश बसाईसराई गर्ने काम अन्तर्राष्ट्रिय बसाईसराई हो । सन् १९९० को दशक पछि संसारभर अन्तर्राष्ट्रिय बसाईसराई तिव्र भयो । संसारमा अवलम्बन गरिएको खुल्ला एवं उदारवादी अर्थ व्यवस्था र विश्वव्यापीकरणका कारण व्यवसाय, उद्योग, लगानी, रोजगारी र सुरक्षाका लागि अन्तर्राष्ट्रिय र देशभित्रै पनि विकट भौगोलिक स्थानबाट सुविधाजनक ठाउँमा बसोबास सर्ने प्रवृत्ति निरन्तर रूपमा रहने गरेको छ भने गाउँबाट शहरमा बसाईसराई गर्ने प्रवृत्ति पनि रहेको छ ।
नेपालमा बसाईसराईः
आन्तरिक बसाईसराई : नेपालको आन्तरिक बसाईसराईको प्रक्रिया परम्परागत नै रहेको छ । गाउँबाट शहर, हिमाली पहाडी क्षेत्रबाट तराई र Regional centre हरूमा बसाई सर्ने काम निरन्तर देखिन्छ ।
गाउँबाट शहर
- गाउँबाट शहरमा बसाईसराई भएको देखिन्छ । ०५८ को जनगणना अनुसार ग्रामीण क्षेत्रको जनसंख्या ८६.% र शहरको १३.% रहेको थियो भने ०६८ मा ग्रामीण क्षेत्रमा ८२.८९ र शहरी क्षेत्रमा १७.१ मानिस बसोबास गर्न थाले । यसले देखिन्छ कि ग्रामीण क्षेत्रमा जनसंख्या घट्दै र शहरमा बढ्दै गएको छ ।
- काठमाडौं उपत्यकामा विगत १० वर्षमा ६१% जनसंख्या वृद्धि भएको देखिन्छ । ग्रामीण क्षेत्रबाट बसाईसराई भएकै कारण यो अवस्था रहेको हो ।
- दमक, इटहरी, भरतपुर, वुटवल, पोखरा, तुलसीपुर, धनगढी, महेन्द्रनगर (भीमदत्त नगर) जस्ता मझौला र ठूला शहरमा जनसंख्या वृद्धि तिव्र छ । यसले के देखाउँछ भने ग्रामीण भेगबाट शहरमा बसाईसराई गर्ने क्रम बढेको छ ।
- यसैगरी विर्तामोड, (झापा), उर्लाबारी (मोरङ्ग), बर्दिवास (महोत्तरी), चन्द्रनिगाहपुर (रौतहट), निजगढ (बारा), गौडाकोट (नवलपरासी), कावासोती (नवलपरासी), चन्द्रौटा (कपिलवस्तु), लमही (दाङ) कोहलपुर (बाँके) जस्ता राजमार्गमा पर्ने साना शहरहरूमा समेत ग्रामीण क्षेत्रबाट बसाईसराई तिव्र बनेको देखिन्छ ।
हिमाल/पहाडबाट तराई
- हिमाल र पहाडी क्षेत्रबाट तराईमा बसोबास सार्ने प्रवृत्ति नेपालमा परम्परागत नै रहेको छ । खास गरी २०२० (वि.सं.) पछि हिमाली पहाडी क्षेत्रबाट तराईमा बसाई सर्ने प्रवृत्तिको विकास भयो ।
- २०५८ को जनगणनामा हिमाली क्षेत्रको जनसंख्या अनुपात ७.% रहेकोमा २०६८ मा आइपुग्दा ६.% रहेको छ । जनसंख्या वृद्धि १ लाख ८ हजार जति मात्र छ । पहाडी क्षेत्रमा २०५८ मा ४४% मानिस बसोबास गरेकोमा ०६८ मा ४३.% रहेको देखिन्छ । पहाडमा जम्मा १२ लाख मात्र जनसंख्या वृद्धि भएको छ । तराई क्षेत्रमा ०५८ मा ४८.% जनसंख्या रहेकोमा २०६८ मा ५०.% जनसंख्या रहेको र करिव २१ लाख जनसंख्या वृद्धि भएको छ । यसबाट हिमाली र पहाडी क्षेत्रबाट केही जनसंख्या तराई क्षेत्रमा सरेको बुझ्न सकिन्छ । हिमाली र पहाडी क्षेत्रबाट बसाईसराई गर्ने मानिसहरू अधिकांश पूर्व पश्चिम राजमार्ग आसपास बसेको देख्न सकिन्छ ।
- कतिपय पहाडी जिल्लाको जनसंख्या ऋणात्मक देखिन्छ । ताप्लेजुङ (.५५), पाँचथर (.५२), धनकुटा (.१९), तेर्हथुम (.०८), सखुवासभा (.०३), भोजपुर (.०७), सोलुखुम्बु (.), ओखलढुङ्गा (.५७), खोटाङ (.१५), रामेछाप (.४७), दोलखा (.९१), सिन्धुपाल्चोक (.६१), काभ्रे (.१०), नुवाकोट (.), रसुवा (.३२), धादिङ (.०८), गोरखा (.६१), लम्जुङ (.), स्याङ्जा (.९३), मनाङ (.८३), मुस्ताङ (.०८), म्याग्दी (.०७), पर्वत (.७४), बाग्लुङ (.०१), गुल्मी (.५७), पाल्पा (.२८), अर्घाखाची (.५३), गरी २७ जिल्लाको वार्षिक जनसंख्या वृद्धि नै ऋणात्मक रहेको छ । जनसंख्याको केही हिस्सा काठमाडौं, पोखरा जस्ता पहाडी क्षेत्रका शहर र तराईमा बसाई सराई गरेको हुन सक्ने देखिन्छ ।
- झापा (.६६), मोरङ (.३५), सुनसरी (.९९), सप्तरी (.१४), सिराहा (.०७), धनुषा (.१७), महोत्तरी (.२६), सर्लाही (.९१), ललितपुर (.२६), भक्तपुर (.०१), काठमाडौं (.७५), रौतहट (.), बारा (.०७), पर्सा (.९०), चितवन (.०६), कास्की (.), सुर्खेत (.९५), बाँके (.४२), बर्दिया (.०९), कैलाली (.२९), कञ्चनपुर (.७७), प्रतिशतको वार्षिक जनसंख्या वृद्धि रहेको देखिन्छ । यसबाट उपत्यकाहरू (काठमाडौं, पोखरा, सुर्खेत र तराईका जिल्लाहरूमा बसाईसराई बढी भएको अनुमान गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय वा वैदेशिक बसाईसराई
नेपालबाट विदेशमा बसोबास सर्ने प्रवृत्ति पनि पुरानो नै हो । २/३ पुस्ता अघिका मानिसहरू भारतको आसाम, देहरादून क्षेत्रमा बसाई सर्न रुचाउँथे । काम र रोजगारीको खोजीमा आज पनि भारतका विभिन्न सहर र स्थानहरूमा जाने र कतिपय मानिस उतै बसोबास गर्ने गरेका छन् । भारतको विहार, उत्तरप्रदेश क्षेत्रका मानिस व्यवसाय उद्यममा आउने र खासगरी तराई क्षेत्रमा बसोबास गर्ने गरेका छन् । यसको यथार्थ तथ्यांक अझसम्म तयार भएको छैन ।
यसैगरी विदेशी सेना वा सुरक्षा निकायमा भर्ना भई काम गर्न विगतदेखि नै नेपालीहरू हङकङ्ग, सिंगापुर, भारत, बुन्राई, बेलायत गएका र कतिपय उतै बसोबास गर्ने गरेका छन् । परिवारलाई पनि आवासीय भिषा प्राप्तहुने कारणले वेलायत र हङकङ्गमा धेरै नेपाली (पूर्व सैनिक परिवार) बसोबास गर्दछन् ।
२०६८ को जनगणना अनुसार विदेशमा बस्ने नेपालीको संख्या १९,२१,४९४ रहेको देखिन्छ । अस्थायी रूपले वा काम गर्ने सिलसिलामा र अनौपचारिक माध्यमबाट विदेश गएका नेपालीको संख्या यो भन्दा ठूलो हुनसक्छ ।
.३ शहरीकरण (Urbanization):
नेपालको कुल जनसंख्या मध्ये १७.११% अर्थात् ४५,२३,८२० जना मानिस शहरमा बस्ने कुरा राष्ट्रिय जनगणना २०६८ ले देखाएको छ ।यद्यपि यो संख्या शहरमा स्थायी रूपले बसोबास गर्ने हो । अस्थायी रूपले बसोबास गरेको संख्या यो भन्दा बढी रहेको हुनसक्छ । शहरी जनसंख्या वर्षेनी बढिरहेको हुन्छ यसका निम्न कारण छन्-
- शहरीकरणमा वृद्धि हुँदैछ, शहरको क्षेत्र वृद्धि भएकोले पनि शहरको जनसंख्या बढ्दछ ।
- शहरी क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर बढी हुने भएकोले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाईसराई हुन्छ ।
- जनसंख्याको Chain relation रहन्छ । जनसंख्या वृद्धि हुँदै जाँदा थप जनसंख्याको लागि सेवा, सुविधा उपलब्ध गराउन थप मानिसले रोजगारी पाउछन्, थप सेवा क्षेत्र खुल्छन र जनसंख्या वृद्धि हुँदै जान्छ ।
- नेपालको शहरी क्षेत्रमा १०,४७,२९७ परिवार बसोबास गर्दछन् । औसत परिवार संख्या ४.२३ रहेको देखिन्छ ।
- शहरी क्षेत्रमा जनसंख्या वृद्धिदर ३.३८% रहेको छ जबकी ग्रामीण क्षेत्रको जनसंख्या बृद्धिदर ०.९८% मात्र रहेको देखिन्छ ।
शहरी गरिवीः
शहरी क्षेत्र साधन स्रोत सम्पन्न, सुविधाहरू रहेका, रोजगारीको अवसर प्राप्त हुने भनिएपनि यस क्षेत्रमा समेत गरिवी रहेको देखिन्छ ।
- काठमाडौं उपत्यका गरीव रहेको शहर हो जहाँ ११.४७% मानिस गरिवीको रेखामुनि रहेका छन् । सुकुम्बासी, द्वन्द प्रभावित, साहरा विहिन मानिसहरू काम, अवसर, सुरक्षा खोज्दै काठमाडौं पुग्ने भएकोले पनि यो संख्या रहेको हुनसक्छ । काठमाडौँ बाहेकका अन्य पहाडी शहरहरूमा गरिवीको रेखामुनि रहेको जनसंख्या ८.७२% मात्र छ । तर तराई क्षेत्रका शहरहरूमा गरिवी बढी रहेको देखिन्छ जहाँ गरिवीको रेखामुनि रहेको जनसंख्या २२.०४% रहेको छ ।
शहरी जनसंख्याका चुनौतीहरू
- शहरी सडक, विद्युत, खानेपानी जस्ता अत्यावश्यक पूर्वाधारहरू न्यून रहनु ।
- सवारी साधनको अधिक वृद्धि, ट्राफिक व्यवस्थापन उपयुक्त नहुनु ।
- अव्यवस्थित बसोबास, ढलहरूको राम्रो प्रवन्ध नहुनु, फोहोर मैला व्यवस्थापन भरपर्दो नहुँदा वातावरणीय समस्या सिर्जना हुनु ।
- मिसावटयुक्त र अस्वस्थ खानाका कारण विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखा पर्नु ।
ठूला र साना शहरः
- जनसंख्याको दृष्टिकोणले सबैभन्दा ठूलो शहर काठमाडौं हो । काठमाडौं महानगरपालिकाको जनसंख्या १०,०६,६५६ रहेको छ । यसपछि पोखरा, ललितपुर र विराटनगर ठूला शहर हुन । वीरगंज, धनगढी, धरान, भरतपुर, बुटवल र भीमदत्त नगरपालिकाको जनसंख्या १ लाख भन्दा बढी रहेको छ ।
- जनसंख्याको दृष्टिले धुलिखेल सबैभन्दा सानो नगरपालिका हो । यहाँको जनसंख्या १६,४०६ मात्र रहेको छ । दशरथचन्द, भद्रपुर र इलाम साना शहरको रूपमा रहेका छन् ।
- पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जनसंख्या वृद्धि बढी भइरहेको छ । साना नगरहरू बन्दै गएको देखिन्छ । दमक, इटहरी, चन्द्रनिगाहपुर, निजगढ, हेटौडा, भरतपुर, वुटवल, लमही जस्ता साना ठूला शहरको विकास यही राजमार्गको कारणले भएको छ । दमक, इटहरी, मध्यपुर थिमी, वीरेन्द्रनगर, भरतपुर, तुलसीपुर उच्च जनसंख्या वृद्धि भएका शहरहरू हुन ।
.४ वयस्कता
सामान्यतया १५ वर्षदेखि ३९ वर्ष उमेर समूहका मानिसहरू वयस्क हुन । शारीरिक रूपले सक्षम समूह हो यो । काम गर्ने जोश, जाँगर र सीप हुन्छ, शिक्षा प्राप्त गर्ने र प्रजनन क्षमता रहेको उमेरलाई वयस्कताको रूपमा बुझिन्छ । मानसिक, शारीरिक सक्षमताको दृष्टिले यो उमेर समूह महत्वपूर्ण मानिन्छ ।
नेपालमा वयस्क जनसंख्याको अवस्थाः
१५१९ वर्ष समूह: २९,३१,,८०
२०२४ वर्ष समूह : २३,५८,,७१
२५२९ वर्ष समूह : २०,७९,,५४
३०३४ वर्ष समूह : १७,३५,,०५
३५३९ वर्ष समूह: १६,०४,,१९
१५३९ वर्ष समूह कुल: ,०७,०९,०२९
कुल जनसंख्याको % :  (४०.४१)
कुल जनसंख्याको ४०% वयस्क जनसंख्या रहेको छ । उत्पादनशील क्षमता र ऊर्जाको दृष्टिले यो उपयुक्त हो । देश विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने र अरुमा कम आश्रित हुने भएकोले यस उमेर समूहको जनसंख्या बढी हुनुलाई राम्रो पनि मानिन्छ ।
कुल वयस्कमध्ये २१,९०,१०० अर्थात् २०.४५% वयस्कहरू शहरमा र ७९.५५% गाउँमा बसोबास गर्दछन् । शहरमा बस्ने कुल जनसंख्याको अनुपातभन्दा वयस्कको अनुपात बढी छ । त्यसैले युवा समूह अध्ययन, काम र अवसरको खोजीमा गाउँबाट शहर पस्ने प्रवृत्ति रहेको पनि देख्न सकिन्छ । विदेशमा रोजगारी गर्न जाने अधिकांश मानिस यसै उमेर समूहका रहेका छन् ।
वयस्कहरूका मामलाहरू
- रोजगारीका अवसर
- उचित शिक्षाको अवसर
- नवीन प्रविधिबारे ज्ञानसीप
- प्रजनन् स्वास्थ्यको अवसर
- भरपर्दो वैवाहिक सम्बन्ध
- उद्यमशीलता र व्यवसायिकता प्रवद्र्धन
.५ शरणार्थी (Refugees)
शरणार्थी (Refugees) मामला राजनीतिक हो । कुनै पनि देशमा रहेको राजनीतिक द्वन्द सशस्त्र युद्ध वा गृह युद्धका कारण बसोबास गर्न कठिनाई परेको कारणले मानिसहरू आफ्नो देश वा अर्को देशमा शरण लिन पुग्छन् ।
यसैगरी देशहरूबीच आपसी युद्धको कारणले सुरक्षा खतरामा पर्ने वा आर्थिक सामाजिक जोखिमका कारणले देश छाडी परदेशमा शरण लिने मानिसहरू शरणार्थी (Refugees) हुन् ।
Oxford dictionary का अनुसार 'A refugee is a person who is outside his or her country of origin or habitual residence because they have suffered persecution on account of race, religion nationality, political opinion or because they are a member of a persecuted social group or because they are fleeing a war or natural disaster' भनिएको छ ।
१९५१ मा Un Convention relating to the status of refugees ले शरणार्थीको परिभाषा गर्र्दै कुनै धर्म, वर्ण, जाति वा सामाजिक समूहको सदस्य भएको वा फरक राजनीतिक विचारधारा भएका कारण आफ्नो देशमा बस्न नसकि अन्य देशमा वा शरणार्थी शिवीरमा बस्ने मानिस शरणर्थी हुने भनि घोषणा गरेको छ । शरणार्थी मामला हेर्न र शरणार्थी सम्बन्धी समस्या सामाधान गर्नको लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत UNHCR (United Nation High Commissioner for Refugee) को स्थापना सन् १९५० मा भएको हो । यसले शरणार्थीहरूलाई आर्थिक सहयोग गर्नुका साथै शरणार्थी Camp management र उनीहरूको दीर्घकालीन व्यवस्थापन (स्वदेश फिर्ति वा पुनर्वास) सम्बन्धी कार्य गर्दछ ।
नेपालमा शरणार्थी
नेपालमा दुई देशका शरणार्थी रहेका छन्ः
() भुटानी शरणार्थीः सन् १९९० मा भुटानमा भएको आन्दोलनका कारण नेपाली भाषी भुटानी माथि भुटान सरकारले गरेको दमन र राजनीतिक प्रतिशोधका कारण भुटान छाड्न वाध्य भुटानी पूर्वी नेपालको झापा र मोरङमा आई शरणार्थीको रूपमा रहेका । त्यस समयमा भुटानी शरणार्थीको संख्या करिव १ लाख रहेको थियो ।
भुटानी शरणार्थीलाई स्वदेश फर्काउने प्रयास असफल भएपछि UNHCR को पहलमा तेश्रो राष्ट्र पुनर्वासको नीति लिइयो । सन् २०१० देखि २०१२ को अवधिमा करिव ७० हजार भुटानी शरणार्थीलाई अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका राष्ट्रमा पुनर्वास (Third Country Resettlement) गरिएको छ । हाल शरणार्थी क्याम्पमा ४३,४५७ शरणार्थी रहेका छन् । जसमध्ये पुरुष २२,२५२ छन् भने महिलाको संख्या २१,२०५ रहेको छ ।
() तिव्वती शरणार्थीः सन् १९६० को दशकदेखि नै स्वतन्त्र तिव्वतको माग गरिरहेका धार्मिक नेता दलाई लामाका समर्थकहरू शरणार्थीको रूपमा नेपाल प्रवेश गर्न थाले । हाल नेपालको बाटो प्रयोग गरी तिव्वतीहरू भारततर्फ शरण लिन जाने गरेका छन् । हाल नेपालमा रहेका तिव्वती शरणार्थीको संख्या १२,५४७ रहेको राष्ट्रिय जनगणना, २०६८ बाट देखिएको छ ।
विदेशमा शरण माग्ने नेपाली
नेपालीहरू समेत नेपालमा राजनीतिक कारण र असुरक्षाको अवस्था देखाई विदेशमा शरण लिन जाने र शरणार्थीको रूपमा बस्न आवेदन (Asylum seeker) गर्ने गरेको देखिन्छ । सन् २००९ को तथ्यांकका आधारमा विभिन्न देशमा २,९१३ नेपालीले शरणका लागि आवेदन दिएका छन् ।

Refugee vs Migration
कुनै देशमा युद्ध, गृहयुद्ध वा राजनीतिक समस्याका कारण आफ्नो देशमा बस्ने अवस्था नभएकोले देश छाडी अन्य देशमा शरण लिन सान्दर्भिक हुन्छ । तर Globalization को समकालीन समयमा आफ्नो देशमा विविध समस्या देखाई, असुरक्षित भएको भनि विकसित देशहरूमा शरण लिन खोज्ने प्रवृत्ति पनि बढेको छ । दक्षिण एसिया, चीन, पूर्वी युरोप, अफ्रिका, मध्य अमेरिकाबाट सरल जीवन र कामको खोजीमा मानिसहरू पश्चिम युरोप र अमेरिकामा शरणार्थीको हैसियतले रहने प्रवृत्ति पनि बढेको छ ।अमेरिकामा मात्र Asylum seeker को रूपमा ५० लाख मानिसले आवेदन गरेको देखिन्छ ।

0 comments:

Post a Comment