१. सार्कका बर्तमान महासचीव को हुन् ? → अब्दुल अहसन बी सियाल
२. त्यो कुन सार्क राष्ट्र हो जहाँ सार्क शिखर सम्मेलन नै भएको छैन ? → अफगानिस्तान
३. अफगानिस्तानले सार्कको कुन शिखर सम्मेलनबाट औपचारिक रूपमा सदस्यता प्राप्त गर्यो ? → १४ औं
४) जोडा मिलाउ
क) BIMSTEC १) १०
ख) NAM २) ८
ग) SAARC ३) १२०
घ) ASEAN ४) ७
क ४, ख ३, ग २, घ १,
५) सार्क मन्त्रिपरिषद्को वैठक वर्षको कतिपटक बने गर्दछ ? → २ पटक
६) सार्कको तेहाँ शिखर सम्मेलनद्वारा सार्क क्षयरोग केन्द्रको नाम परिवर्तन गरी कायम गरिएको नयाँ नाम के हो ?
→ सार्कक्षयरोग तथा एच.आई.भी.-एड्स केन्द्र
७) पूर्वको भेनिस भन्नाले कुन सार्क राष्ट्रलाई चिनिन्छ ? → भारत
८) नेपालको तर्पवाट सरकार प्रमुखको रूपमा सार्क सम्मेलनमा भाग लिने पहिलो व्यक्ति को हुन् ?
→ प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई
९) सार्कको स्थापनाकालमा सहयोगका कति क्षेत्रहरू निर्धारण गरिएका थिए ? → ५
११) दशौं सार्क व्यापार मेला कुन देशमा भएको थियो? → नेपाल
१२) माल्दिभ्सको अड्डु एटलमा सम्पन्न सार्कको सत्रौं शिखर सम्मेलनले कति बँदे घोषणापत्र जारी गरेको थियो ? → २० बुंदे
१३) सार्कको १८ औं शिखर सम्मेलन कुन देशमा आयोजना भएको ? → नेपाल
१४) सार्क सामूदायिक तटवर्ती क्षेत्र व्यवस्थापन केन्द्र कुन देशमा रहेको छ ? →माल्दिभ्स
१५) आफ्ना नागरिकलाई सन् २००७ देखि E-Passport दिन शुरु गर्ने प्रथम सार्क देश कुन हो ? → माल्दिभ्स
१६) सार्कशिखर सम्मेलनमा हालसम्म सवै भन्दा बढी वृंदाको घोषणापत्र (८४ बुंदे) कति औं शिखर सम्मेलनले जारी गयो? → दशौं
१७) सार्कवीउ बैकको स्थापना गर्ने निर्णय कति औं शिखर सम्मेलनबाट भएको थियो? → १६ औं
१९) चौथो सार्कस्तरीय दक्षिण एशियाली व्यवसायी सम्मेलन काठमाडौमा कहिले भएको थियो ? → २०६८ मंसीर ३-५
२०) सार्ककै इतिहासमा कुन मुलुकको महासचीवले आफ्नो कार्यकाल पुरा नहुदै राजिनामा दिएका थिए ? → माल्दिभ्स
२१) नेपालले SAPTA को अनुमोदन कहिले गरेको हो? → वि.सं. २०५०.६.१२
२२) नेपालको SAPTA अन्तर्गत भन्सार छुट कति वस्तुहरूमा प्राप्त गरेको छ ? → १४
२३) सार्कसचिवालयको उद्घाटन कहिले भएको हो ? → वि.सं. २०४३.१०.२
२४) SAARC को कति औं शिखर सम्मेलनपछि महासचीवको पदावधि ३ वर्ष वनाइएको हो? → ९ औं पछि
२५) हालसम्म सार्कका महासचीव कति जना भइसकेका छन् ? → ११ जना
२६) सर्वप्रथम VAT लागू गर्ने सार्कराष्ट्र कुन हो? → पाकिस्तान
२७) सार्कको १७ औं शिखर सम्मेलन कहिले सम्पन्न भयो ? → २०११.११.१०
२८) सार्क जापान विशेष कोषको स्थापना कहिले भयो ? → सन् १९९३.०९.२७
३०) सार्क प्राविधिक समितिको अध्यक्षहरूको कार्यकाल कति अवधिको हुन्छ ? → २ वर्ष
३२) सार्क ग्रामीण विकास केन्द्र कहाँ अवस्थित छ ? → श्रीलंका
३३) सार्क राष्ट्र यूरोपेली सङ्घको ढाँचाको एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गर्ने सार्क राष्ट्र कुन हो ? → भारत
३४) SAPTA Charter मा उल्लेख भए अनुसार अल्पविकसित र गैर अल्पविकसित राष्ट्र मध्ये देहायको कुन राष्ट्र गैर अल्पविकसित राष्ट्रमा पर्दैन ? → माल्दिभ्स
३५) सार्कराष्ट्रमा आपतकालिन खाद्यसंकट टार्न सार्क बैंक कहाँ स्थापना गरिएको छ ? → कोलम्बो
३७) नेपालको कुन गाउँ सार्कराष्ट्रहरू कै नमुना गाउँको रूपमा स्थापित भयो? → घले गाँउ
३८) सार्क ऊर्जा केन्द्र कहाँ रहेको छ ? → पाकिस्तान
३९) एडम्स पिक कुन सार्कराष्ट्रमा पर्दछ ? → श्रीलंका
४२) नेपालको कुन बैंकलाई केन्द्रीय बैंक भनिन्छ ? → नेपाल राष्ट्र बैंक
४३) सार्क स्थायी समितिमा को रहन्छन् ? → परराष्ट्र सचीवहरू
४४) सार्कको स्थापना कहिले भएको हो ? → सन् १९८५ डिसेम्बर ८
४५) सार्कको वडापत्रमा कति धारा छन् ? → धारा १०
४६) SAARC मा कतिवटा प्रमूख अंगहरू रहेका छन् ? → ५
४७) सार्कको महासचीवको पदावधि कति वर्ष रहेको हुन्छ ? → ३ वर्ष
४८) सार्क मुलुकहरूमध्ये नेपालसँग दौत्य सम्बन्ध राख्ने पहिलो मुलुक कुन हो? → भारत
४९) पहिलो सार्कशिखर सम्मेलनको अध्यक्षता कसले गरेको थियो ? → हुसेन मोहम्मद एर्शाद
५०) कुन महासचीवको कार्यकालदेखि सार्कका महासचीवको कार्यकाल २ वर्षबाट ३ वर्ष भएको हो ? → नयम यू हसन्
५१) सार्क वर्षको घोषणा कुन सालदेखि हुन थालेको हो ?→ सन् १९८९
५२) सार्कको सबैभन्दा पहिलो क्षेत्रीय संस्था कुन हो ? → सार्क कृषि सूचना केन्द्र
५३) सार्कका प्रविधिक समितिहरू कतिवटा रहेका छन् ? → ७ वटा
५४) SAPTA लाई अनुमोदन गर्ने पहिलो राष्ट्र नेपाल हो भने अन्तिम राष्ट्र कुन हो ? → बंगलादेश
५५) सार्क सम्बन्धी अवधारणा प्रस्तुत गर्ने व्यक्ति को हो? → जियाउर रहमान
५६) नेपालको अन्तर्राष्ट्रिय टेलिफोन कोड नं कति हो? → ९७७
५७) आतंकबाद उन्मूलन सम्बन्धी क्षेत्रीय महासन्धिको अनुमोदन कुन सार्क शिखर सम्मेलनले गर्यो? → तेस्रो
५८) SAARC फुटबल महासंघको स्थापना कहिले भएको हो ? → २६ डिसेम्बर १९९५
५९) सार्क खाद्यान्न सूरक्षा भण्डार सम्झौता कहिले देखि लागू भयो ? → सन् १९८८ अगष्ट १२
६०) SAPTA को पूर्णरूप के हो ? → SAARC Preferential Trading Arrangement
६१) सार्क खर्चमा भारतले कति प्रतिशत दायित्व बहन गर्छ ? → ३०.३२%
६२) सार्क खर्चमा १०.७२ दायित्व वहन गर्ने राष्ट्र कुन-कुन हुन् ? → नेपाल, श्रीलंका र बंगलादेश
६३) सार्क सहयोग क्षेत्रमा विकासमा महिला विषयक क्षेत्र कुन राष्ट्रले संयोजन गर्छ ? → नेपाल
६४) SAFTA रूप के हो? → South Asian Free Trade Area
६५) सार्कको प्रतिक चिन्ह बनाउने कलाकार को हुन् ? → शैलेन्द्र मर्हजन
६६) सार्क स्थापना गर्दा सुरुमा कति राष्ट्रहरू थिए ? → ७
६७) हाल सार्कमा सदस्य राष्ट्रहरू कति पुगेका छन् ? → ८ राष्ट्र
६८) सार्कका उद्धेश्यहरू ८ वटा छन् भने सिद्धान्तहरू कति छन् ? → ३ वटा
६९) सार्कमा सामान्यतया राज्य तथा सरकार प्रमूखहरूको वैठक वर्षको कतिपटक बस्ने प्रावधान छ ? → १ पटक
७०) सार्कको मन्त्रिपरिषदमा को रहने व्यवस्था छ ? → सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरू
७१) सार्क स्थायी समितिको बैठक वर्षको कतिपटक वस्छ ? → आवश्यकता अनुसार
७२) सार्क सचिवालयको समुद्घाटन कहिले र कोद्वारा गरिएको थियो ? → १६ जनवरी १९८७, श्री ५ विरेन्द्र
७३) सार्क महासचीवको नियुक्ति कसरी गरिन्छ ? → सदस्य राष्ट्रहरूको वर्णानुक्रमको आधारमा
७४) निर्णयका लागि सर्वसहमति आवश्यक नपर्ने सार्कको अंग कुन हो ? → सचिवालय
७५) हालसम्म नेपालमा कतिवटा सार्क शिखर सम्मेलनहरू सम्पन्न भएका छन् ? → ३ वटा)
७६) एक दिन मात्र सञ्चालनमा भएको शिखर सम्मेलन कुन हो ? → छैटौं
७७) कुन सम्मेलनमा सहुलियतपूर्ण व्यापार सम्बन्धी सार्क सम्झौतामा हस्ताक्षर गरिएको थियो ? → सातौं
७८) SAPTA लाई एसियाली स्वतन्त्र व्यापार क्षेत्र (SAFTA) मा परिणत गर्ने निर्णय कुन सम्मेलनले गरेको हो ? → दशौं
७९) सार्क मानव संसाधन केन्द्र कहाँ रहेको छ ? → पाकिस्तान
८०) अफगानिस्तानलाई सार्क संगठनको नयाँ सदस्य तथा चीन र जापानलाई पर्यवक्षेक मुलुकको मान्यता दिने ऐतिहासिक निर्णय कुन सम्मेलनमा भयो ? → तेह्रौं
८१) सार्कको १६ औं शिखर सम्मेलन कहाँ भएको थियो ? → भूटानको थिम्पु
८२) सार्कले सन् २०१० देखि २०२० सम्मको दशकलाई कुन दशकको रूपमा मनाउने घोषणा गरेको छ ?
→ सार्क अन्तर क्षेत्रीय सम्पर्क दशक
८३) सार्कको खर्च व्यहोर्ने प्रमूख २ राष्ट्र कुन-कुन हुन् ? → भारत र पाकिस्तान
८४) सार्क सदस्य राष्ट्रहरू मध्ये कुन राष्ट्रको विमान सेवा आन्तरिक उडानमा मात्र सीमित रहेको छ ? → माल्दिभ्स
८५) नदीनै नभएको सार्क राष्ट्र कुन हो? → माल्दिभ्स
८६) भूटानी महिलाहरूले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ? → किरा
८७) सार्क आर्थिक संघको स्थापना कहिले भएको हो ? → सन् १९९५ डिसेम्बर २६
८८) मन्दिरहरूको शहर भनेर काठमाडौंलाई चिनिन्छ भने "चट्याङको देश" भनेर कुन देशलाई चिनिन्छ ? → भूटान
८९) सार्क अभिलेख केन्द्र कहाँ रहेको छ ? → भारतमा
९०) सार्क एसियाली खेलकुद महासंघको स्थापना कहिले भएको थियो ? → सन् १९८१ नोभेम्बर २६
९१) सार्क उद्योग वाणिज्य महासंघको स्थापना कहिले भएको हो ? → सन् १९९४ जनवरी
९२) सार्कलाई धनी राष्ट्रहरूले के भनेर व्यंग्य गर्दछन् ? → गरिवहरूको घर
९३) सार्क शिखर सम्मेलनमा भाग लिने पहिलो महिला को हुन् ? → बेनजिर भुट्टो
९४) भूटानको मुद्रालाई के भनिन्छ ? → नेगुल्ट्रम
९५) हाल सन् २०१२ सम्म कति वटा सार्क शिखर सम्मेलन सम्पन्न भइसकेका छन् ? → १७ वटा
९६) सार्कमा कति वटा भू-परिवेष्ठित राष्ट्रहरू छन् ? → ३ (अफगानिस्तान, नेपाल, भूटान)
९७) काठमाण्डौबाट सबभन्दा नजिक पर्ने सार्कराष्ट्रको राजधानी कुन हो ? → थिम्पु
९८) नेपाल र अफगानिस्तानबीच कहिले दौत्य सम्बन्ध कायम भएको हो ? → सन् १९६१ जुलाई १
९९) रूपवाहिनी कुन देशको टेलिभिजन हो ? → श्रीलंका
१००) सार्कको कुन सम्मेलनबाट सार्क वर्षको घोषणा गर्ने प्रचलन सुरु गरिएको हो ? → चौथो
१०१) सार्क जापान स्पेशल फण्ड (क) को स्थापना कहिले भएको थियो ? → सन् १९९३
१०२) भूटानको क्षेत्रफल कति रहेको छ ? → ३८,३९४ वर्ग कि.मि.
१०३) बंगलादेशको क्षेत्रफल कति वर्ग कि.मि. छ ? → १,४७,५७० वर्ग कि.मि.
१०४) भारतको क्षेत्रफल कति वर्ग कि.मि. छ ? → ३२,८७,२६३ वर्ग कि.मि
१०५) भारतको आर्थिक वर्ष कुन महिनाबाट सुरु हुन्छ ? → १ अप्रिल
१०६) सार्कका तेस्रो महासचीवको नाम के हो ? → इब्राहिम हसेन जाकी
१०७) सार्कको चौथो महासचीव कुन देशका थिए ? → नेपाल
१०८) सार्कका नवौ महासचीवको नाम के हो ? → डा. शिलकान्त शर्मा
११०) सार्क राष्ट्रहरू मध्ये क्षेत्रफलका आधारमा सबैभन्दा सानो राष्ट्रकुन हो ? → माल्दिभ्स
१११) भारतलाई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? → २९ प्रान्त ७ युनियन टेरिटोरी
११२) पाकिस्तानलाई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? → ४ प्रदेश
११३) अफगानिस्तानलाई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? → ३४ प्रान्त
११४) बंगलादेशलाई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? → ७ प्रदेश ६४ जिल्ला
१५) भूटानलाई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको छ ? → १८ प्रशाीय जिल्ला
११६) सार्क राष्ट्रका संविधानहरूमध्ये सबैभन्दा ठूलो संविधान कुन राष्ट्रको हो ? → भारत
११७) सार्क क्षेत्रको सवैभन्दा ठूलो मरुभुमि कुन हो ? → थार
११८) Flower of the Indies त भन्नाले कुन देशलाई बुझिन्छ ? → माल्दिभ्स
११९) सार्क राष्ट्रमा प्लाष्टिक प्रयोग गर्न प्रतिवन्ध लगाउन सुरु गर्ने देश कुन हो ? → बङ्गलादेश
0 comments:
Post a Comment