Thursday, May 28, 2020

5:58 AM
१) सती प्रथाको अन्त्य कसले गरेका हुन् ?   चन्द्र शमशेर
२) सती प्रथाको अन्त्य कहिले भयो ?   वि.सं. १९७७
३) राज्य, भूमिपति र सरकारी कर्मचारीहरुले पारिश्रमिक नै नदिई लिने सेवा वा श्रमलाई के भनिन्छ ?   झारा प्रथा
४) विवाहमा वर पक्षले वधु पक्षबाट मोलमोलाई गरेर चल तथा अचल सम्पत्ति लिने प्रथालाई के भनिन्छ ?   दाइजो प्रथा
५) सुदुर पश्चिमाञ्चलमा मन्दीरमा देवी देउताको सेवा गर्न भनी कन्या केटी चढाउने संस्कारलाई के भनिन्छ ?   देउकी प्रथा
६) देउकी प्रथा मूख्य गरी कहाँ थियो ?    वैतडीको मेलौली मन्दीरमा
७) नेपालमा शेर्पा समुदायमा घरको माइलो छोरालाई गुम्बामा चढाउने प्रथालाई के भनिन्छ ?    ढावा प्रथा
८) नेपालमा शेर्पा समुदायमा घरकी माइली छोरीलाई गुम्बाको हेरचाह रेखदेख गर्न गुम्बामा चढाउने प्रथालाई के भनिन्छ ?  
 झुमा प्रथा
९) नेपालमा कहिले हलिया प्रथा उन्मुलनको घोषणा वि.सं.०६५ गरिएको हो ?   भदौ २१
१०) विपन्न दलितहरु धनीहरुसँग केही रकम उधारो लिई त्यसको ब्याज वा साँवा साहुँको केही जमिन मागी कमाई खाए वापत, सुाहुको खेतमा रहने जोत्ने प्रथालाई के भनिन्छ ?   हलिया प्रथा
११) कमैया प्रथाको अन्त्य कुन प्रधानमन्त्रीको पालामा भएको हो ?   शेर बहादुर देउवा
१२) दुलाहा दुलहीको घरमा बस्ने तथा दलहीको थर गोत्रमा दुलाहाको थर गोत्रमा परिवर्तन हुनेलाई के भनिन्छ ?   डोलाजी प्रथा
१३) नेपालीको पूर्वी जिल्लाहरुमा रोपाइको समयमा बाजागाजा बजाई रमाइलो मनाउने परम्परालाई के भनिन्छ ?   बेठी प्रथा
१४) कर्णाली अञ्चलको डोल्पा जिल्लाको सुर्भि गाउँमा रहेका अविवाहित युवतीहरु प्रत्येक बर्ष पौष १५ गते देखि चैत्र १५ गतेसम्म आफूलाई चाहिने खाद्यान्न र लत्ता कपडा लिएर जंगलमा गई जिवन बिताउने प्रथालाई के भनिन्छ ?   खुल्ला प्रथा
१५) नेपालको सामाजिक संरचना के मा आधारित भई  विभाजन भउको छ ?   वर्णाश्रम व्यवस्थामा
१६) हिन्दु धर्मशास्त्रका अनुसार नेपाली समाजलाई कति आश्रममा विभाजन गरिएको छ ?   
१७) नेपाली समाज कस्तो प्रकृतिको समाज हो ?   बहुलवादी
१८) नेपाललाई ४ जात १८ वर्णमा विभाजित गर्ने को थिए ?   जयस्थिती मल्ल
१९) हिन्दु धर्मको मूल आधार कुन धर्म रहेको छ ?   बैदिक धर्म
२०) नेपालमा दास प्रथाको अन्त्यको घोषणा कहिले भएको  थियो ?   वि.सं. १९८१ वैशाख १
२१) दास प्रथाको अन्त्य कसले गरेका हुन् ?   चन्द्र शमशेर
२२) नेपालमा कानुनी छुवाछुतको अन्त्य कहिले भएको हो ?  वि.सं. २०२०
२३) नेपालमा प्राचिनकाल देखि समाजलाई कुन आधारमा वर्गीकरण गरिएको थियो ?  पैसा र जातीको आधारमा
२४) नेपालको सांस्कृतिक परम्परा के मा आधारित रहेको छ ?   धर्ममा
२५) कमैया प्रथाको अन्त्य कहिले भयो ?   वि.सं. २०५७ साउन १
२६) कमैया बस्न चाहनेले साहुसँग लिएको ऋणलाई . "सौकी" भनिन्थ्यो भने, कमैया प्रथामा बस्न चाहने र राख्ने बिचमा कुन दिन एक बर्षका लागि सहमति हुन्थ्यो ?   माघ १

0 comments:

Post a Comment