Tuesday, May 19, 2020

6:16 AM

१. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गरेको थियो?
 सन् १९५५ डिसेम्बर १४(वि.सं. २०१२ मंसिर २९)
२. सबैभन्दा पछि गठन गरिएको संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्को क्षेत्रीय आयोग कुन हो?
  पश्चिम एसियाका लागी आर्थिक तथा सामाजिक आयोग
३. संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि महासभाबाट कहिले पारित भएको हो
  सन १९९० सेप्टेम्बर २
४. संयुक्त राष्ट्रसंघको झन्डा महासभाबाट कहिले स्वीकृत भएको थियो ?
  सन १९४७ अक्टोवर २० मा
 ५. संयुक्त राष्ट्रसंघको महासचिव ड्याग ह्यामरसोल्डको दुर्घटनाको जाँचबुझ गर्न महासभाद्वारा गठित आयोगको अध्यक्ष कुन देश थियो ?
 नेपाल
६. एसियाली विकास बैङ्क (एडीबी)को स्थापना कहिले भएको हो?
 सन् १९६६ नोभेम्बर २६ मा
७. सार्कको स्थायी सचिवालय नेपालमा राख्ने निर्णय कुन चाहिं शिखर सम्मेलनले गरेको हो?
 दोस्रो शिखर सम्मेलन
८. सार्क क्षयरोग केन्द्र नेपालमा राख्ने निर्णय कुन शिखर सम्मेलनले गरेको थियो ?
 पाँचौं सार्क शिखर सम्मेलन
९. साप्टा अन्तर्गत ट्रेड लिबरेसन प्रोगाम लागू कहिलेदेखि लागु भएको हो?  
 सन २००६ जलाई १
 १०. विश्वको जनसङ्ख्याको कति प्रतिशत जनता सार्क क्षेत्रमा बसोबास गर्दछन् ?
 २३.५ प्रतिशत
११. सार्क प्राविधिक समितिको अध्यक्षको पदावधि कति वर्षको हुन्छ ?
 २ वर्ष
१२. नेपालले कहिले विश्व निःशस्त्रीकरण अभियान अन्तर्गत संयुक्त राष्ट्र संघीय सम्मेलनको उपाध्यक्ष भई कार्य गरेको हो ?
 सन् १९८८
१३. संयुक्त राष्ट्र संघका केही विशिष्टिकृत संस्थाहरू र तिनको प्रधान कार्यालय
संस्थाको नाम                                                    प्रधान कार्यालय
.    खाद्य तथा कृषि                                               रोम, इटाली
.    विश्व स्वास्थ्य संगठन                                        जेनेभा,स्वीजरल्याण्ड
.   अन्तर्राष्ट्रिय पुनर्निमाण तथा  विकास वैङ्क             वासिङ्गटन   डी.सी.
.  अन्तर्राष्ट्रिय वित्त  निगम                                      वासिङ्गटन   डी.सी.
.  बहुराष्ट्रिय  लगानी प्रत्याभूति संस्था                       वासिङ्गटन डी.सी.
.  अन्तर्राष्ट्रिय मौद्रिक कोष                                     वासिङ्गटन डी.सी.
.  अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन                     मन्ट्रियल,  क्यानडा
.  अन्तर्राष्ट्रिय  दूरसञ्चार संघ                                   जेनेभा,  स्वीजरल्याण्ड
.  संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन                   म्याड्रिड, स्पेन

0 comments:

Post a Comment