Sunday, March 22, 2020

5:49 AM

.आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ?
जगप्रकाश मल्ल
.भक्तपुरका अन्तिम राजा को थिए ?
रणजीत मल्ल
.राजर्षि भनेर कुन राजालाई चिनिन्छ ?
सिद्धिनरसिंह मल्ल
.सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ?
महिन्द्र मल्ल
.सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ?
रत्न मल्ल
.इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ?
जयप्रकाश मल्ल
.बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ?
अंशु वर्मा
.भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ?
जगज्योति मल्ल
.आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ?
प्रताप मल्ल
१०.हर गौरी विवाहनाटकका लेखक को हुन् ?
जगज्योती मल्ल
११.अरनिको चीन कहिले गएका थिए ?
वि.सं. १३१७ मा
१२.पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ?
राजा प्रचण्डदेव
१३.बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ?
जयप्रकाश मल्ल
१४.सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ?
कुलमण्डन शाह
१५.पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ?
राज्यप्रकाश मल्ल
१६.लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ?
पसल खोल्दा लाग्ने कर
१७.राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ?
भोगीनी
१८.लाजिम्पाट स्थित विष्णु विक्रान्त मूर्तिको स्थापना कसले गरेका हुन् ?
मानदेव
१९.अमात्य भन्नाले मन्त्रीलाई बुझिन्थ्यो भने काजी भन्नाले मल्लकालमा कसलाई बुझिन्थ्यो ?
भारदार
२०.मल्लकालमा उभयले सैनिक अधिकारीलाई जनाउँथ्यो भने सामन्त भन्नाले कसलाई जनाउँथ्यो ?
प्रशासक
२१.पशुपतिमा महास्नान गर्न लगाउने राजा को हुन् ?
अभय मल्ल
२२.गुप्त सम्वत कसले चलाएका थिए ?
अंशु वर्मा
२३.अंशु वर्मा कुन वंशका राजा थिए ?
ठकुरी
२४.नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए ?
योग नरेन्द्र मल्ल
२५.आफूलाई विद्यापारंगत भनी लेख्ने राजा को हुन् ?
जितामित्र
२६.मल्लकालका अभागी राजा कसलाई भनिन्छ ?
जयप्रकाश मल्ल
२७.मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ?
तलेजु भवानी
२८.घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ?
जय प्रकाश मल्ल
२९.सुमति कुन राजाको उपनाम हो ?
जितामित्र मल्ल
३०.नेपालको इतिहासमा मण्डलेशवर भनेर यक्ष मल्ललाई चिनिन्छ भने नेपालेश्वर भनेर कसलाई चिनिन्छि ?
-श्रीनिवास मल्ल
३१.लमजुङ्गका अन्तिम राजा को हुन् ?
वीरमर्दन शाह
३२.भक्तपुर दरबारलाई पर्खाल लगाई घेर्न लगाउने राजा को हुन् ?
यक्ष मल्ल
३३.लिच्छविकालमा दुलाहा खोजेर ल्याई विवाह गर्ने प्रथालाई के भनिन्थ्यो ?
डोलाजी
३४.भक्तपुरपमा प्रत्येक नयाँ वर्ष वैशाख १ गतेका दिन आदि भैरवको रज निकाली विस्केट जात्रा मनाउने चलन कुन राजाले चलाएका हुन् ?
- जगज्योति मल्ल
३५.छालाको मुद्रा चलाउने राजा को हुन् ?
सिद्धिनरसिंह मल्ल
३६.कर्नाटक वंशका अन्तिम राजा को हु्न ?
हरिसिंहदेव
३७.तिरहुत वा डोय राज्यको स्थापना कसले गरेका थिए ?
नान्यदेवले
३८.बंगालका शासक समसुद्दिन इलियासले नेपालमा कहिले आक्रमण गरेका थिए ?
वि.सं. १४०६ मा
३९.द्रव्य शाहले गोरखामा कहिले शाह राज्यको स्थापना गरे ?
वि.सं. १६१६ भाद्र २५ गते 
४०.प्रजापञ्च भन्नाले मल्लकालमा के लाई जनाउँथियो ?
गाउँ र नगरका शासक
४१.न्याय नपाए गोर्खा जानु भन्ने उखान कुन राजाका पालादेखि चलेको हो ?
राजा राम शाह
४२.मानव न्यायशास्त्रको रचना कसले गर्न लगाएका थिए ?
जयस्थिति मल्ल
४३.पृथ्वी नारायण शाहको जन्म कहिले भएको हो ?
वि.सं. १७७९ पौष २७ गते
४४.पृथ्वी नारायण शाह कहिले गोरखाका राजा भए ?
वि.सं. १७९९ मा
४५.पृथ्वी नारायण शाहले नुवाकोटमाथि कतिपटक आक्रमण गरे ?
२ पटक (वि.सं. १८०० र १८०१)
४६.नुवाकोटको माथि गोरखाले कहिले विजय प्राप्त गर्यो ?
वि.सं. १८०१मा
४७.किर्तिपुरमा पृथ्वीनारायाण शाहले कहिले कहिले आक्रमण गरे ?
वि.सं. १८१४, १८२१ र १८२२ मा
४८.गोरखाले कहिले मकवानपुरमाथि विजय हासिल गर्यो ?
वि.सं. १८१९ भाद्र ९ गते
४९.मकवानपुरका अन्तिम राजा को थिए ?
दिग्बन्धन सेन
५०.गोरखाले कहिले किर्तिपुरमाथि विजय हासिल गर्यो ?
- वि.सं. १८२२ चैत्र ३ गते
५१.काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?
जय प्रकाश मल्ल
५२.गोरखाले काठमाण्डौ माथि कहिले विजय प्राप्त गर्यो ?
- १८२५ भाद्र शुक्ल चतुर्दशी
५३.गोरखाले काठमाण्डौमा विजय प्राप्त गर्दा काठमाण्डौमा केको जात्रा परेको थियो ?
इन्द्रजात्रा
५४.ललितपुरमाथि गोरखाले कहिले विजय प्राप्त गर्यो ?
सन् १७६८ अक्टुवर ६ मा
५५.ललितपुरका अन्तिम मल्ल राजा को हुन् ?
तेजनरसिंह मल्ल
५६.गोर्खाले भक्तपुरमा कहिले विजय प्राप्त गर्यो ?
वि.सं.१८२६ कार्तिक शुक्ल द्वादशीमा
५७.भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
रणजीत मल्ल
५८.पृथ्वीनारायण शाहको मृत्यु कहिले भयो ?
वि.सं. १८३१ मकर संक्रान्तिको दिनमा
५९.कसको शासनकाललाई नेपालको एकीकरणको स्वर्णयुग भनिन्छ ?
बहादुर शाहको नायवी कालालाई
६०.रणबहादुर शाहको हत्या कसले गरेका थिए ?
उनकै भाई शेरबहादुर शाह
६१.नेपालको पहिलो प्रधानमन्त्री तथा कमाण्डर इन चिफ को हुन् ?
भीमसेन थापा
६२.धरहरा तथा वागमतीको पुल कसले बनाउन लगाएका हुन् ?
भीमसेन थापा
६३.नेपाल अंग्रज युद्ध कहिले भएको थियो ?
वि.सं.१८७११८७२
६४.नयाँ मुलुक भनेर कुन कुन भुभागलाई चिनिन्छ ?
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
६५.ऐतिहासिक कोतपर्व कहिले भएको थियो ?
वि.सं. १९०३ आश्विन ३ गते
६६.ऐतिहासिक भण्डारखाल पर्व कहिले भएको थियो ?
वि.सं. १९०३ कात्तिक १२ गते
६७.नेपालमा सर्वप्रथम जलविद्यतु उत्पादन कहिले गरिएको हो ?
वि.सं. १९६८ सालमा
६८.नेपालमा अङ्ग्रेजी शिक्षाको प्रारम्भ कुन राणा प्रधानमन्त्रीको पालामा प्रारम्भ भयो ?
जङ्गबहादुर राणा
६९.लिच्छविकालमा पंच खतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
पांचाली
७०.नेपालमा छुवाछुतको कानूनी रुपमा अन्त्य कहिले भयो ?
वि.सं. २०२०
७१.पद्मा गिरि पहाडको वर्तमान नाम के हो ?
स्वयम्भू
७२.काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पवृक्षको नाम के हो ?
सुरतरु
७३.भण्डारखाल पर्व कसका विरुद्ध रचिएको काण्ड हो ?
जङ्गबहादुर राणा
७४.लिच्छविकालमा राजाको इजलासलाई के भनिन्थ्यो ?
अन्तरासन
७५.सिम्रौनगढ राज्यका प्रथम राजा को थिए ?
नान्यदेव
७६.किराँतीहरुले कसलाई हटाई काठमाडौं उपत्यकामा शासन प्रारम्भ गरेका छन् ?
महिषपाल वंश
७७.कीर्तिपुरस्थित बाघभैरवको मन्दिर कसको पालामा बनेको हो ?
शिवदेव तृतीय
७८.काठमाडौंको जलविनायक मन्दिर कसको पालामा बनेको हो ?
राजा विष्णु मल्ल
७९.भीमसेन थापाले प्रचलनमा ल्याएको ब्याजदर अनुसार नगदी र जिन्सीमा कति, कति थियो ?
नगदमा १०५, जिन्सीमा २५५
८०.नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको थियो ?
वि.सं. १९९४
८१.नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को हुन् ?
हिमालय शमशेर राणा
८२.नेपालमा पहिलोपटक स्थापित विदेशी बैंक कुन हो ?
नेपाल अरब बैंक लि.
८३.नेपाली कांग्रेसको वैरगानिया सम्मेलन कहिले भएको हो ?
सन् १९५० सेप्टेम्बर
८४.वि.सं. २०१० सालमा मातृकाप्रसाद कोइरालाले खोलेको पार्टीको नाम के थियो ?
राष्ट्रिय प्रजा पार्टी
८५.जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ?
टंकप्रसाद आचाय
८६.२०४६ सालको जनआन्दोलन योजनाबद्ध रुपम कहिलेबाट सुरु भयो ?
२०४६ फागुन ७ गते
८७.२०४८ सालको आम निर्वाचन कहिले भयो ?
२०४८ बैशाख २९
८८.माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ?
२०५२ फागुन १ गते
८९.राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा कहिले लिए ?
वि.सं. २०५९ माघ १९
९०.दरबार हत्याकाण्ड कहिले भयो ?
वि.सं. २०५८ ज्येष्ठ १९
९१.माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता कहिले भयो ?
०६३ मंसिर ५ गते
९२.चौबीसे राज्य भनेर कुन क्षेत्रलाई चिनिन्छ ?
गण्डक क्षेत्र
९३.नेपालमा दलमाथिको प्रतिबन्ध फुकुवाको घोषणा कहिले भयो ?
२०४६ चैत्र २६
९४.नेपालअंग्रेजबीचको युद्ध कहिले सुरु भएको थियो ?
१ नोभेम्बर, सन् १८१४
९५.नेपालमा सर्वप्रथम कर्मचारीको हड्ताल कहिले प्रारम्भ भएको हो ?
जेठ १९ वि.सं. २००९
९६.वीरपुस्तकालयका प्रथम लाइब्रेरियन को हुन् ?
पं केदारनाथ
९७.सिंहदरबारबाट नेपालमा रेडियो प्रसारण कार्य कहिलेदेखि सुरु भएको थियो ?
वि.सं. २००७ चैत २०
९८.राजा महेन्द्रउपर महोत्तरीमा बमद्वारा आक्रमण कहिले गरिएको थियो ?
२०१८ माघ ९
९९.नेपालमा जनमतसंग्रहको घोषणा कहिले गरिएको थियो ?
२०३६ जेठ १०
१००.जनआन्दोलन २०४६ सालपछिको पहिलो निर्वाचित मन्त्रिमण्डलको गठन कहिले भयो ?
२०४८ जेठ १५
१०१.बहुदलीय व्यवस्थाको पुनस्र्थापना कहिले भयो ?
२०४६ चैत
१०२.जंगी र निजामती कर्मचारीहरुलाई रकम सापटी दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ?
तेजारथ अड्डा
१०३.बौलाहा राजा भनेर कसलाई चिनिन्छ ?
लक्ष्मीनर सिंह मल्ल
१०४.लिच्छविकालमा जागिर तथा तलब दिने सरकारी अड्डालाई के भनिन्थ्यो ?
वृत्ति अधिकरण
१०५.लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
महासामन्त
१०६.आफूलाई टक, मुद्रा आदिमा सङ्गीत पारङ्गत भनी लेख्ने राजा को हुन् ?
जितामित्र मल्ल
१०७.पृथ्वीनारायण शाहको पहिलो विवाह कहाँ भएको थियो ?
मकवानपुर
१०८.देव शमशेरले चलाएको १२ बजे तोप पड्काउने चलन कहिलेदेखि बन्द भयो ?
२०४५ बैशाख १
१०९.मलाई सिनो खाने कुकुर नसम्झ, म बाघको डमरु हुँयो भनाई कसको हो ?
अमरसिंह थापा
११०.भीमसेन थापाको जन्म भएको स्थान कहाँ हो ?
गोर्खाको बोर्लाङ
१११.भक्ति थापा कुन युद्धसँग सम्बन्धित् छन् ।
देउथल
११२.बहादुर शाहकी पत्नीको नाम के हो ?
विद्यालक्ष्मी
११३.तनहुँ राज्यका संस्थापक राजा को हुन् ?
भृगु सेन
११४.कोशी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने महावीर शमशेर हुन् भने गण्डक सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को थिए ?
सुवर्ण शमशेर
११५.वि.सं. १९९० सालको भूकम्पमा परी कति व्यक्तिको मृत्यु भयो ?
१६,८७५ जना
११६.सदर चिडियाखानाको स्थापना कहिले भएको हो ?
वि.सं. १९९८
११७.नेपालको सबैभन्दा पुरानो नहर कुन हो ?
चन्द्र नहर
११८.पशुपतिनाथको अगाडिको बसाहा कसले बनाएको हो ?
जगत्जंग
११९.देउथल युद्धसँग सम्बन्धित व्यक्ति को हो ?
भक्ति थापा
१२०.नेपालको राजगद्दीमा बस्ने प्रथम नारी को हुन् ?
नायकदेवी
१२१.पृथ्वीनारायण शाहकी आम कुन राज्यकी राजकुमारी थिइन् ?
पाल्पाकी
१२२.कुन राजाको पालामा नेपाल र अंग्रेजबीच सुगौली सन्धि भएको थियो ?
गिर्वाणयुद्ध
१२३.माथवरसिंह थापालाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाइएपछि राजाबाट प्रदान गरिएकोपदवी केथियो ?
 कलाबहादुर
१२४.जंगबहादुर राणाका मातापिता को को हुन् ?
बालनरसिंह कुँवर र रक्षाकुमारी
१२५.नेपालमा चर्खा प्रचार गरी स्वदैशी भावना जगाउन प्रयास व्यक्ति को थिए ?
तुलसी मेहर श्रेष्ठ
१२६.नेपालको पहिलो आम निर्वाचन कहिले सम्पन्न भयो ?
वि.सं. २०१५
१२७.लिच्छवीकालमा परमान भन्नाले के बुझिन्थ्यो ?
सैनिक
१२८.लिच्छविकालका अन्तिम राजा को हुन् ?
जय कामदेव (प्रथम जयदेव हुन्)
१२९.जङ्गबहादुर राणाको पालामा स्थापित भ्रष्टाचारसम्बन्धी हेर्ने अड्डालाई के भनिन्थ्यो ?
धर्मकचहरी
१३०.लिच्छवि कालमा पञ्चखतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
पाञ्चाली
१३१.सुगौली सन्धि कहिले भएको थियो ?
३ मार्च १८१६
१३२.नेपालले कहिलेदेखि ओलम्पिकमा भाग लियो ?
सन् १९६४ टोकियो ओलम्पिक देखि
१३३.नेपालमा सबभन्दा पहिले स्थापना भएको पार्टी (दल) कुन हो ?
नेपाल प्रजापरिषद्
१३४.नुवाकोटसँगको युद्दमा पराजयपछी पृथ्विनारायण शाहले काशी गएर तिर्थस्नान गरि गोत्र परिवर्तन गरेका थिए ।
१३५.सर्वप्रथम वीरविक्रम पदवी धारण गर्ने राजा गीवार्णयुद्द वीरविक्रम शाह हुन ।
१३६.म राष्ट्र नोकर हुँभन्ने पद्म शमशेरको भनाई हो ।
१३७.नेपालमा छापाखानाको स्थापना विसं १९०८ मा भएको हो ।
१३८.विसं २००६ साउन ११ गते हलो क्रान्ति लमजुङ जिल्लाबाट सुरुवात भएको हो ।
१३९.नेपालमा सर्वप्रथम जनगणना लिने संस्था सेन्सस गोश्वरा हो ।
१४०.प्रथम विश्वयुद्दमा नेपाली सेनाको नेतृत्व बबरशमशेरले गरेका थिए ।
१४१.उपत्यका विभाजन हुनुभन्दा अघिका राजा यक्ष मल्लको राजधानी कान्तिपुरमा थियो ।
१४२.१७ भाई छोरा हुने धीरशमशेरका भाई जङ्गबहादुर हुन ।
१४३.सरकारले डाँफे, लालीगुराँस,सिम्रीकलाई वि स २०१९ असार २० मा राष्ट्रीय चिन्ह घोषणा गर्यो ।
१४४.अरनिको चीन जाँदा नेपालका राजा जयभिमदेव थिए ।
१४५.प्राचिनकालमा काठमाडौं जलमय हुँदा तक्षक नागको बासस्थान भएको मानिन्छ ।
१४६.नेपालमा राष्ट्रीय अभिलेखालयको स्थापना विसं १९५६ मा भएको हो ।
१४७.केन्द्रीय कारागार वीरशमशेरको पालामा स्थापना भएको हो ।
१४८.राम शाहले नापतौलका लागि मानो एकाई निर्धारण गरेका थिए ।
१४९.लाखे जात्रा प्रताप मल्लले चलाएका हुन ।
१५०.नागार्जुन दरबार निर्माण हुँदा नेपालमा जुद्द शमशेर प्रधानमन्त्री थिए ।

0 comments:

Post a Comment