आर्थिक वृद्धि (Economic Growth)
१. परिचय
आर्थिक वृद्धि भन्नाले अर्थतन्त्रका समग्र परिसूचकहरूको वृद्धि भन्ने बुझिन्छ । अािर्थक क्रियाकलापबाट भएको सकारात्मक परिवर्तन एवं प्रगति नै आर्थिक वृद्धि हो । Economic growth is the increase in the amount of the goods and services produced by an economy. It is conventionally measured as the percent rate of increase in gross domestic product.

अर्थिक वृद्धिको मापन गर्दा राष्ट्रको कुल गार्हस्थ उत्पादन (GDP) कुल राष्ट्रिय आय (GNI) वा प्रतिव्यक्ति आय (Per-capita income) को आधारमा गरिन्छ । एक निश्चित समयलाई आधार मानी निश्चित अवधिमा आर्थिक परिसूचकमा आएको फरकका आधारमा आर्थिक वृद्धि मापन गरिन्छ ।
अमात्र्य सेनले "Economic growth is one aspect of the process of economic development' भनेका छन् ।
२. आर्थिक वृद्धिका क्षेत्रहरू (Scope of economic growth)
निम्न आर्थिक परिसूचकहरूमा भएको परिवर्तनले नै GDP, GNI वा Per Capita को निर्धारण गर्ने भएकोले यिनलाई आर्थिक वृद्धिका स्रोत वा क्षेत्रका रूपमा लिन सकिन्छ :–
निम्न आर्थिक परिसूचकहरूमा भएको परिवर्तनले नै GDP, GNI वा Per Capita को निर्धारण गर्ने भएकोले यिनलाई आर्थिक वृद्धिका स्रोत वा क्षेत्रका रूपमा लिन सकिन्छ :–
२.१ उत्पादनमा वृद्धि : वस्तु तथा सेवा क्षेत्रको उत्पादनमा हुने वृद्धिले समग्र अर्थतन्त्रको वृद्धि गराउँछ । उत्पादन क्षेत्रको वृद्धिलाई चित्रण गर्दा कृषि र गैर कृषि क्षेत्र भनी वर्गिकरण गर्ने प्रचलन पनि रहेको छ । संसारभर औद्योगिक उत्पादनसँगै सेवा क्षेत्रको उल्लेख्य वृद्धि भइरहेको अवस्था छ । नयाँ सेवाहरूको उत्पादन र तिनमा ग्राहकहरूको रुचि बढिरहेको हुन्छ । वस्तुको उत्पादन समेत उपभोक्ताको रुचि अनुसार फरक स्वाद, फरक डिजाइनमा गर्ने गरिन्छ । उत्पादनमा पनि State vs Global Concern बढेका कारण अन्तर्राष्ट्रिय माग र आवश्यकतालाई समेत हेरेर वस्तु र सेवाको उत्पादन गर्ने गरिन्छ । यसबाट आर्थिक गतिविधि बढेको र समग्र अर्थतन्त्रमा वृद्धि भएको देखिन्छ ।
२.२ लगानीमा वृद्धिः लगानी भन्नाले सार्वजनिक वा निजी क्षेत्रबाट वस्तु तथा उत्पादन, सञ्चालन, वितरण जस्ता क्षेत्रमा गरिएको खर्च भन्ने बुझिन्छ । लगानीमा हुने वृद्धिसँगै उत्पादनमा वृद्धि हुने, रोजगारी सिर्जना हुने, मुद्राको गतिशीलता (Mobility of money) बढ्ने हुँदा यसले आर्थिक वृद्धि समेत गराउँछ । विकास क्षेत्रमा गरिने लगानीले उत्पादन, पुनर्उत्पादन, अन्य क्षेत्रका अवसरमा वृद्धि, रोजगारी सिर्जना, उपभोगमा वृद्धि गराउँदछ । लगानीले अर्थतन्त्रका समग्र सूचकमा वृद्धि गर्न मद्धत पु¥याउँछ ।
२.३ रोजगारीमा वृद्धिः रोजगारीका अवसरमा हुने वृद्धिले उत्पादन र उपभोगको वृद्धि गराउँछ । उत्पादन वृद्धि, ज्याला र तलब भुक्तानीले उपभोगमा वृद्धि, प्रतिव्यक्ति आयमा वृद्धि हुन सक्छ । यी सबै आर्थिक क्रियाकलापले आर्थिक वृद्धिलाई इंगित गर्दछ । अझ देश बाहिर हुने रोजगारीका अवसरले राष्ट्रिय आयमा वृद्धि ल्याउँछ । प्रतिव्यक्ति आय बढ्छ, विदेशी मुद्रा प्राप्त हुन्छ र Economy को Volume नै बढाईदिन्छ ।
२.४ व्यापारमा वृद्धिः उत्पादित वस्तु वा सेवाको व्यापार आवश्यक हुन्छ । व्यापारले पुनः उत्पादनलाई प्रोत्साहित गर्दछ । आजको Globalization को युगमा व्यापार Cross border भएको छ।अन्तर्राष्ट्रिय स्तरमा वस्तु तथा सेवाको व्यापार अभिवृद्धि गर्न सकिने भएको छ।यसले राष्ट्रिय अर्थतन्त्रको आकार बढाउँछ । भुक्तानी असन्तुलनलाई न्यून गर्दछ र आयमा बढोत्तरी हुँदै जान्छ ।
२.५ आयमा वृद्धिः उत्पादन, लगानी, व्यापार र रोजगारीमा हुने सकारात्मक परिवर्तनले आयमा वृद्धि गराउँछ । कुल राष्ट्रिय आयमा हुने वृद्धिसँगै प्रतिव्यक्ति आय बढ्छ । आयको वृद्धिले पुनः लगानीको सम्भावना बढ्दछ । यसबाट अर्थतन्त्रका समग्र चरहरू active भई दिगो आर्थिक वृद्धि हुन्छ ।
२.६ मूल्यमा वृद्धिः अर्थतन्त्रमा मूल्यमा हुने वाञ्छित वृद्धिलाई सकारात्मक रूपमा लिइन्छ । तर मूल्य अन्य परिसूचकसँग सामाञ्जस्यता राख्ने हुनु पर्दछ । लगानी, उत्पादन र आयको वृद्धिका अनुपातमा बढी मूल्य वृद्धि भएमा क्रयशक्तिमा ह्रास भई Inflation को अवस्था सिर्जना हुन्छ । मूल्य वृद्धि नभएमा वा न्यून भएमा मन्दि (Depression) को अवस्था आउँछजुन अर्थतन्त्रका लागि उपयुक्त हुँदैन । त्यसैले सन्तुलित मूल्य वृद्धि पनि आर्थिक वृद्धिकै अंगको रूपमा रहन्छ ।
२.७ वचतमा वृद्धि : राज्यले निश्चित सीमासम्म वचत गर्नु आवश्यक हुन्छ । आम्दानी भन्दा खर्च कम हुने अवस्थामा वचत हुन्छ । यसैगरी वैदेशिक व्यापारमा आयत भन्दा निर्यात बढी भएको अवस्थामा वचत हुन सक्छ । वचतलाई पनि विकास र सेवा क्षेत्रमा परिचालन गरिन्छ । वचतको वृद्धि भएमा मात्र सामाजिक एवं मानवीय विकासमा थप पूँजी परिचालन गर्न सकिन्छ । अधिक वचत पनि उपयुक्त होइन, यो अनुत्पादन हुन्छ तर ठीक आकारको वचतले अर्थतन्त्रलाई सकारात्मक बनाउँदछ ।
२.८ उपभोगमा वृद्धि : उत्पादित वस्तु तथा सेवाको उपभोग आवश्यक छ । उपभोगमा हुने वृद्धिले थप उत्पादन प्रोत्साहित हुन्छ र लगानी बढ्दछ । संसारभर उपभोग पनि Continental बन्दैछ । उपभोक्ताका रुचि र चाहना अनुसार उत्पादन र व्यापार गर्न सकेमा उपभोग बढ्ने र आर्थिक वृद्धि हुने अवस्था आउँछ ।
३. आर्थिक वृद्धि किन ?
अर्थतन्त्रलाई गति प्रदान गर्ने माध्यम हो आर्थिक वृद्धि । आर्थिक विकासको आधार पनि हो । आर्थिक वृद्धि विना समग्र विकासका प्रक्रियाहरू अगाडि बढ्न गाह्रो हुन्छ । आर्थिक स्थायित्व भएका र विकसित राष्ट्रहरूमा न्यून आर्थिक वृद्धि भएपनि विकासमा वाधा पर्दैन । तर अल्पविकसित वा विकासोन्मुख राष्ट्रहरूका विकास आवश्यकतालाई सम्बोधन गर्न उच्च दरको आर्थिक वृद्धि आवश्यक हुन्छ । मूलतः आर्थिक वृद्धिको आवश्यकता निम्न प्रकारले पर्दछ :–
* विकासका लागि थप पूँजी, साधन र स्रोत परिचालन गर्न ।
* लगानीकर्ता, उत्पादक, व्यवसायीलाई प्रोत्साहित गर्न । आर्थिक वृद्धिले उपभोग, रोजगारी, आम्दानी बढ्ने र नाफा समेत बढ्ने हुँदा व्यावसायिक प्रोत्साहन (Corporate incetive) बढेर जान्छ ।
* सरकारले सामाजिक एवं आर्थिक क्षेत्रमा गर्ने खर्चको मात्रा बढाउन ।
* अर्थतन्त्रमा आम्दानी र राजे गारी कम हुँदा उत्पन्न हुने मन्दी सिर्जना हनु नदिन ।
* अर्थतन्त्रको वृद्धि गरी अन्य राष्ट्र र क्षेत्रसँग प्रतिस्पर्धा गर्न ।
* बजारको क्रियाशीलता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न । सेवाको उत्पादन गर्ने गरिन्छ । यसबाट आर्थिक गतिविधि बढेको र समग्र अर्थतन्त्रमा वृद्धि भएको देखिन्छ ।
* देशको आर्थिक क्रियाकलाप प्रति नागरिक विश्वास प्राप्त गर्न ।
* वैयक्तिक आर्थिक क्षमता अभिवृद्धि गर्न ।
* देशको राजस्वमा परिवृद्धि गर्न ।

४. आर्थिक वृद्धिका लागि आवश्यक कुराहरू
* देशको आर्थिक नीतिको स्थिरता र राजनीतिक स्थिरता । यसबाट शासन प्रणाली प्रतिको विश्वसनीयता बढ्छ र साथ साथै आर्थिक क्रियाकलापमा पनि वृद्धि हुन्छ ।
* देशको शान्ति सुरक्षाको अवस्था सबल हुनुपर्दछ । औद्योगिक व्यवसायीक सुरक्षा द्वन्द्वका साथै चन्दा आतंक रोकिनु पर्दछ ।
* लागनी मैत्री वातावरण आवश्यक हुन्छ । लगानी सुरक्षाको प्रत्याभूति आवश्यक हुन्छ ।
* खुल्ला र उदारवादी व्यवस्था आवश्यक हुन्छ । यस्तो प्रणालीमा Enable environment सिर्जना हुन्छ । यसले बजारमा माग सिर्जना गर्ने, उत्पादन बढाउने र वस्तु तथा सेवालाई अझ प्रतिस्पर्धात्मक वनाई आर्थिक वृद्धि समेत गराउँछ ।
* स्वस्थ प्रतिस्पर्धा, व्यवसायीक संस्कृति, व्यवसायको संस्थागत विकासले पनि आर्थिक वृद्धिमा मद्धत पुग्दछ ।

0 comments:
Post a Comment