नेपाल को भूगोल सम्बन्धित
१. हाल नेपालमा कति जिल्लामा नगरपालिका रहेका छन् ?
- ७२ जिल्लामा
२. हाल नेपालमा कति जिल्ला नगरपालिका विहिनह छन् ?
- ५ (मनाङ, मुस्ताङ, रसुवा, हुम्ला र पूर्वी रुकुम)
३. महानगर भएको तर उपमहानगर र नगरपालिका नभएको जिल्ला कुन हो ?
-कास्की
४. दुई वटा उपमहानगरपालिका भएको जिल्ला कति छन् ?
-३ (सुनसरी, बारा, दाङ)
५. हाल नेपालमा कतिजिल्ला गाउापालिका विहीन छन् ?
-२ (काठमाडौं र भारत)
६. सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?
- सर्लाही, २० वटा (११ नगर,९ गाउापालिका)
७. सबैभन्दा थोरै स्थानीय तह भएको जिल्ला कुन हो ?
- पूर्वी रुकुम (३ वटा गाउपालिका) ।
८. सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?
- रौतहट (१६ वटा)
९. सबैभन्दा धेरै गाउापालिका भएको जिल्ला कुन हो ?
- धादिङ (११ वटा)
१०. सबैभन्दा थोरै गाउापालिका भएको जिल्ला कुन हो ?
- चितवन (१ गाउापालिका)
११.क्षेत्रफलका आधारमा ठूलो महानगरपालिका कुन हो ?
-पोखरा लेखनाथ (कास्की)
१२.क्षेत्रफलका आधारमा सानो महानगरपालिका कुन हो ?
- ललितपुर (ललितपुर)
१३.क्षेत्रफलका आधारमा ठूलो उप महानगरपालिका कुन हो ?
-घोराही (दाङ)
१४.क्षेत्रफलका आधारमा सानो उप महानगरपालिका कुन हो ?
- नेपालगञ्ज (बाके)
१५. नेपालमा जम्मा जिल्लाहरु कति छन् ?
- ७७ वटा
१६.क्षेत्रफलका आधारमा ठूलो नगरपालिका कुन हो?
-शितगङ्गा (अर्घाखााची)
१७.क्षेत्रफलका आधारमा सानो नगरपालिका कुन हो ?
- भक्तपुर (भक्तपुर)
१८.क्षेत्रफलका आधारमा ठूलो गाउापालिका कुन हो ?
- नाम्खा (हुम्ला)
१९.क्षेत्रफलका आधारमा सानो गाउपालिका कुन हो?
- परवानीपुर (बारा)
२०.जनसङ्ख्याका आधारमा ठूलो महानगरपालिका कुन हो ?
-काठमाडौ
२१.जनसङ्ख्याका आधारमा सानो महानगरपालिका कुन हो -
- विराटनगर (मोरङ)
२२.जनसङ्ख्याका आधारमा ठूलो उप महानगरपालिका कुन हो ?
-जनकपुर (धनुषा)
२३.जनसङ्ख्याका आधारमा सानो उप महानगरपालिका कुन हो ?
-जीतपुर सिमरा (बारा)
२४. जनसङ्ख्याका आधारमा ठूलो नगरपालिका कुन हो ?
- मेचीनगर (झापा)
२५. जनसङ्ख्याका आधारमा सानो नगरपालिका कुन हो ?
- ठूलीभेरी (डोल्पा)
२६. जनसङ्ख्याका आधारमा ठूलो गाउापालिका कुन हो ?
- राप्तीसोनारी (बाके)
२७. जनसङ्ख्याका आधारमा सानो गाउापालिका कुन हो ?
-नारफु (मनाङ)
२८. बराबर क्षेत्रफल भएका नगरपालिका कुन कुन हुन् ?
- धुलिखेल र बनेपा, काभ्रेपलाञ्चोक जिल्ला(५५ वर्ग किमी)
२९. बराबर क्षेत्रफल भएका गाउपालीका कुन कुन हुन् ?
- "०” वडा
३०. गाउापालिका तथा नगरपालिकाको वडा सङ्ख्या निर्धारण ऐन, २०७३ अनुसार गाउपालिका र नगरपालिकामा कति वडा रहन सक्ने उल्लेख छ ?
- गाउपालिकामा कम्तीमा ५ बढीमा २१ तथा नगरपालिकामा कम्तीमा ९ र बढिमा ३५
३१. सबैभन्दा धेरै वडा भएको महानगरपालिका कुन हो ?
– पोखरा लखनाथ(कास्की),३३ वडा
३२. सबैभन्दा थोरै वडा भएको महानगरपालिका कुन हो ?
- विराटनगर(मोरङ), १९ वडा
३३. सबैभन्दा धेरै वडा भएको उप-महानगरपालिका कुन हो ?
- कलैया -बारा),१९ वडा
३४. सबैभन्दा धेरै वडा भएको नगरपालिका कुन हो ? -लहान
- सिरहा), २४ वडा
३५. सबैभन्दा धेरै वडा भएको गाउापालिका कुन हो ?
- पुथाउत्तरगङ्गा(रुकुम पूर्व) १४ वडा
३६. स्थानीय तह घोषणा हुनुपुर्व सर्वप्रथम काठमाडौं नगरपालिकालाई कहिले महानगरपालिका घोषणा गरिएको थियो ? -वि.सं. २०५२ मङ्सिर २९
३७. स्थानीय तह घोषणा हुनुपूर्व ललितपुर, विराटनगर र पोखरानगरपालिकालाई कहिले उप-महानगरपालिका घोषणा गरिएको हो?
-वि.सं. २०५२ माघ १८
३८. स्थानीय तह घोषणा हुनुपुर्व वीरगञ्ज नगरपालिकालाई कहिले उप-महानगरपालिका घोषणा गरिएको हो ?
-वि.सं. २०५५ कार्तिक २५
३९. स्थानीय तह घोषणा हुनुपूर्व इटहरी, धरान, जनकपुर, हेटोंडा, बुटवल र नेपालगञ्ज नगरपालिकालाई कहिले उप-महानगरपालिका घोषणा गरिएको हो?
- वि.सं. २०७१ मंसिर १६
0 comments:
Post a Comment