Monday, March 16, 2020

7:47 PM

. ICC महिला  T20  विश्व कप २०२०
आयोजक - अस्ट्रेलिया
आयोजना  मिति - २१ Feb देखि ८ March २०२०
सहभागी राष्ट्रहरु  - ८
विजेता - अस्ट्रेलिया , [भारत ८५ रन ले पराजित]
उपविजेता - भारत
सर्बाधिक रन - बेथ मोनी [ Beth Mooney, Aus ] २५९ रन
सर्बाधिक विकेट - मेगन स्चुत्ता [ Megan Schutta, Aus, ] १३ विकेट

. नयाँ प्रदेश प्रमुखहरुको नियुक्ती
वि. स २०७६ कात्तिक १८ गते

.दिल्लीमा जनस्वास्थ्य संकटकाल घोषणा
सन २०१९ नोभेम्वर २ मा
अत्यधिक वायु प्रदूषणका कारण
संकटकालका कारण ५ नोभेम्बरसम्मका लागि सबै स्कुल बन्द हुने
विश्व स्वास्थ्य संस्थाले तोकेको मापदण्डभन्दा दिल्लीमा २० गुणा बढी वायु प्रदूषण भएको
दिल्लीका मुख्य मन्त्री अरविन्द्र केजरीवालले छिमेकी राज्य हरियाणा र पन्जावका का किसानले जलाएको परालका कारण दिल्लीमा वायु प्रदूषण बढी भएको बताउँदै आएका छन् साथै दीपावलीमा पटका पड्किए । दीपावलीको भोलिपल्ट बिहान सहर धुवाँमय बनेको थियो ।
एयर क्वालिटी इन्डेक्स ०५० को बीचमा रहेको खण्डमा राम्रो मानिन्छ । ५११००को बीचलाई सन्तोषजनक मानिन्छ । १०१ देखि २०० को बीचलाई औसत मानिन्छ भने २०१ देखि ३०० सम्मको अवस्थालाई खराब मानिन्छ र ३०१ देखि ४०० सम्मको बीचको अवस्थालाई निकै खराब र ४०१ देखि ५०० सम्मको अवस्थालाई गम्भीर मानिएको छ ।
दिल्लीका केही स्थानमा ५०० भन्दा बढि एयर क्वालिटी इन्डेक्स देखिएको छ ।

.जलविद्युत क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी
माथिल्लो त्रिशुली-मा
२ सय १६ मेगावाट उत्पादन क्षमताको
४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर
कोरियाली कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूइडिसी)ले विश्व बैंकसहित ९ अन्तर्राष्ट्रिय वित्तीय संस्था लगानी साझेदारसंग वि. २०७६ कार्तिक १५ मा उक्त लगानीका लागि सम्झौता गरेको छ
६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको उक्त आयोजनामा ४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर ऋण र बाँकी लगानी एनडब्लूइडिसीको स्वपूँजी रहने
सन् २०२४ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको

.  नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुग्यो
नेपालमा १२३ भाषा बोलिने गरेकोमा ६ वटा नयाँ भाषाको पहिचान भएको छ
भाषा आयोगले २०७६ कात्तिक १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ
पहिचान भएका नयाँ भाषामा ;-
.राना थारु कञ्चनपुर
.नार फु मनाङ
.चुम (स्यार) ⇨गोरखा
.नुब्री (लार्के) ⇨गोरखा
.पोइके डोल्पा
.सेराके (सेके) ⇨मुस्ताङमा बोलिने
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए

.ज्ञानेन्द्र राष्ट्रिय क्रिकेट टोलीको कप्तान
ज्ञानेन्द्र मल्ल
वि. . २०७६ कात्तिक १३ गते
उनी सन् २००९ देखि राष्ट्रिय टोलीका उप-कप्तान रहि आएका थिए।

.हिमाल आरोहणमा नेपाली युवाको नौलो किर्तिमानी
नेपाली आरोही निर्मल पुर्जाले बनाए
सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर
ब्रिटिस सेनामा काम गरिसकेका ३६ वर्षीय निर्मल पुर्जाले २०७६ कात्तिक १२ गते चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर आफ्नो कार्य पूरा गरेका हुन्
उनले चढेका हिमाल र सफल आरोहणको मिति:
अन्नपूर्ण, नेपाल, एप्रिल २३
धौलागिरी, नेपाल, मे १२
कञ्जनजङ्गा, नेपाल, मे १५
सगरमाथा, नेपाल, मे २०
लोत्से, नेपाल, मे २२
मकालु, नेपाल, मे २४
नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
जी १, पाकिस्तान, जुलाई १५
जी २, पाकिस्तान, जुलाई १८
के २, पाकिस्तान, जुलाई २४
ब्रोड पिक, पाकिस्तान, जुलाई २६
चो यू, नेपाल, सेप्टेम्बर २३
मनास्लु, नेपाल, सेप्टेम्बर २७
शीशापाङ्मा, चीन, अक्टोबर २९
यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा (८ वर्ष लगाएर सन् १९८७ मा) थियो ।

. Doing business index 2020
नेपाल ९४ औ स्थानमा
जम्मा १९० देश मध्ये
नेपाल पहिलो पटक १०० राष्ट्र भित्र परेको
नेपाल २०१९ मा ११० औ स्थानमा थियो
डुईङ विजनेसका १० सुचक मध्ये नेपालको ५ मा सुधार, २ मा स्थिर र ३ वटा सुचकमा गिरावट आएको
दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ
शीर्ष स्थानमा ५ राष्ट्र क्रमश; -
पहिलो न्युजिल्याण्ड
दोस्रो सिंगापुर
तेस्रो हङकङ्
चौथो डेनमार्क
पाचौ दक्षिण कोरिया रहेका
ब्यापार व्यवसाय गर्ने वातावरणलाई लिएर विश्व बैंकले हरेक वर्ष डुइङ बिजनेश रिपोर्ट सार्वजनिक गर्दै आएको छ !

.जापानी सम्राट्को राज्यारोहण
जापानका सम्राट् नारूहितोले
सन 2019 अक्टोवर 22 मा औपचारिक राज्यारोहण गरेका
पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारूहितो गत मे १ मा जापानको सम्राट् बनेका थिए

१०.विश्वको सबैभन्दा पुरानो प्राकृतिक मोती
यूनाइटेड अरब इमिरेट्स (यूएई)को राजधानी अबु धाबीनजिकै (अक्टोवर 22 मा) एउटा टापुमा फेला परेको
आठ हजार वर्ष पुरानो उक्त मोती फेला परेको थियो।
उक्त मोती इसापूर्व ५८०० देखि ५६०० बीचको हुन सक्ने बताएका छन्।
"अबु धाबी पर्ल" नाम दिइएको उक्त मोती अक्टोबर ३० देखि सुरु हुने लूभ्र अबु धाबी प्रदर्शनीमा राखिनेछ

११.राजा महा वाचिरालङ्कनले खोसे 'पत्नी'का सबै राजकीय उपाधि
22 अक्टोबर 2019 मा
उनले विश्वासघात गरेको आरोप लगाउँदै राजाले यो निर्णय लिएका हुन्
सिनीनात वङ्वाचिराफाक 'महत्वाकाङ्क्षी' बनेकी र उनले 'आफूलाई महारानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको' उल्लेख छ।
मेजर जेनरल सिनीनात तालिमप्राप्त विमानचालक, नर्स र अङ्गरक्षक हुन्।

१२.दुई महिला वैज्ञानिकद्वारा अन्तरिक्षमा सँगै हिँडेर नयाँ कीर्तिमान
सन 2019 अक्टोवर 18 मा
नासाका अन्तरिक्षयात्री क्रिस्टिना कोक र जेसिका मिअरले सँगसँगै अन्तरिक्षयानबाहिर निस्किएर 'स्पेसवाक'को नयाँ कीर्तिमान बनाएका छन्
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार कोक यसअघि चारचोटि अन्तरिक्षयानबाहिर निस्किसकेकी थिइन् तर मिअरका लागि यो पहिलो त्यस्तो अनुभव थियो।
मिअर अन्तरिक्षमा हिँड्ने पन्ध्रौँ महिला हुन्।
रुसकी स्भित्लाना सभित्स्काया अन्तरिक्षमा हिँड्ने प्रथम महिला हुन्।(जुलाई २५, १९८४ )

१३.नौबीसेनागढुंगा सुरुङमार्गको शिलान्या
वि. . २०७६ कात्तिक ४ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका
.७ किलोमिटर लामो हुने (प्रवेश मार्गसहित ५.५६ किमी)
यो आयोजना राष्ट्रिय गौरवको योजनामा समेटिएको
जम्मा लागत २२ अर्व मध्ये जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋण र वाकी नेपालकै लगानीमा
निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको
निर्माणको लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको

१४.राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा सार्वजनिक
वि..२०७६ कात्तिक ३ मा
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको
नारा:-"मेरो गणना मेरो सहभागिता"
जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने छ.!

१५.‘राष्ट्रिय आविष्कार केन्द्रस्थापना
वि.. २०७६ कात्तिक १ गते उद्घाटन गरिएको
महावीर पुनको नेतृत्वमा
काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको
झण्डै ८ करोडकाे लगानीमा केन्द्र स्थापना गरिएको हो
युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुन केन्द्रका अध्यक्ष हुनुहुन्छ

१६. इस्लामिक स्टेटका प्रमुख मारिए
अबु बकर अल-बग्दादी
सन २०१९ अक्टोवर २६ मा मारिए
डोनाल्ड ट्रम्पले अक्टोवर २७ मा घोषणा गरेका छन्
अमेरिकी फौजद्वारा सिरियामा मारिएका
बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरूले सुरूङभित्र लखेट्दै गएपछि उनले सुसाइड (बमजडित) भेस्ट पड्काएका थिए। सोही क्रममा उनका तीन सन्तानको समेत निधन भएको ट्रम्पले बताए
धेरै वर्ष लुकेर बसेका बग्दादीलाई यसै चिन्न सकिन्थेन। बग्दादीको सही पहिचान गर्न अमेरिकी सेनाले उनको डिएनए घटनास्थलमै लिएर गएका थिए। बग्दादी मारिएपछि त्यहीँ उनको डिएनए परीक्षण गरिएको थियो
बग्दादीलाई खोज्न र मार्न प्रयोग भएको अमेरिकी सैन्य कुकुरको नाम कोनान हो
पश्चिमी सिरियाको बरिशा क्षेत्र बग्दादी लुकेको गाउँ हो
को थिए अल-बग्दादी?
विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति(most wanted)
सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।
आईएस को हुन्?
सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएरको आतंकवादी संगठन हो
आइसिसले लामो समयसम्म आतंकवादी गतिविधि चलाउँदै आएको थियो।
पछिल्लो समय आइसिसले ६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो जसमा २५९ जनाको मृत्यु भएको थियो

१७. NRNA को नयाँ अध्यक्ष चयन
कुमार पन्त निर्वाचित भएका छन्
वि.स २०७६ कात्तिक १ मा
गैरआवासीय नेपाली संघको नयाँ कार्यकालका लागि असोज ३० मा निर्वाचन भएको
आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका

0 comments:

Post a Comment