Thursday, February 27, 2020

9:23 PM

अति महत्वपूर्ण समसामयिक जानकारीहरु- ३ 
 . 69 Miss World 2019
² Toni Ann Singh ले जितिन
² उनी जमैकाकी हुन
² १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै
² फस्ट रनरअप फ्रान्सकी सुन्दरी ले जितिन
² मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले टप १२ मा पुगी मिस वर्ल्ड प्रतियोगिताअन्तरगतको मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोजको ताज हात पारिन्


 . विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री
² सान्ना मरिन(३४ वर्षीय)
² फिनल्यान्डकी
² 10 December 2019 मा सपथ ग्रहण गरेसंगै
² सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको
² प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बनेकी

 . ८ औं कर दिवस २०७६ मंसिर १
² नारा ⇨"स्वच्छ कर प्रशासन ;विकास र सुशासन"
² सरकारले विभिन्न १५ विधामा धेरै कर तिर्ने र समयमै कर तिर्नेलाई सम्मान गरेको हो।
धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु:
² सबैभन्दा धेरै कर तिर्ने करदातारवी केसी सुर्य नेपाल
² निर्यातकर्ता आयकर पंकज बजाज, डाबर नेपाल
² उद्योग(मदिरा र चुरोट बाहेक)⇨जगदम्बा, सुलभ अग्रवाल
² कृषि अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल
² लघुवित्तछिमेकी लघुबित्त
² बैंकराष्ट्रिय वाणिज्य बैंक , किरणकुमार श्रेष्ठ
² बीमा नेपाल लाईफ, विवेक झा
² स्वास्थ्य शिक्षामणिपाल मेडिकल कलेज
² सूचना प्रविधिवर्ल्डलिंक, दिलिप अग्रवाल
² व्यापारअग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ
² पर्यटनहायात, सुरेशलाल श्रेष्ठ
² मध्यम करदाताकामना सेवा विकास बैंक, हरिप्रसाद
² आन्तरिक कार्यालय तर्फभिएस मोरिसस
² व्यक्तिगतसिध्दार्थ शमशेर जबरा
² भ्याटघोराही,सिमेन्ट संजय बंसल

नोट:-
² वि. स २०६९ देखि मनाउदै इएको
² वि.स २०५४ मंसिर १ गते देखि मुल्य अभिबृद्धि कर (भ्याट)
लागु गरिएको  अबसरमा मनाउदै ईएको

 . मानव विकास सूचकांक 2018
² नेपाल १ सय ४७औं स्थानमा
² कुल १ सय ८९ मुलुकमध्ये
² नेपालको मानव विकास सूचकांक मूल्य ०.५७९ छ
² प्रथम पाच देश: - नर्वे,स्वीट्जरल्याण्ड,आईसल्याण्ड,जर्मनी, हङकङ
² अन्तिम पाच देश: -नाईजर, साउथ अफ्रीकन रिपव्लिक, चाड, दक्षिणी सुडान, बुरुण्डी
² सन् २०१९ को प्रतिवेदनमा सन् २०१८सम्मको तथ्यांक प्रस्तुत गरिएको हुन्छ।
² मानव विकास सूचकांक मापन गर्दा मुख्यतःऔसत आयु, शिक्षा, प्रतिव्यक्ति कुल राष्ट्रिय आय मुख्य सूचकका रूपमा मानिदै आएको
² यूएनडीपीले सन् १९९० देखि मानव विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ

 . भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवश २०१९
² हरेक वर्ष डिसेम्वर ९ मा मनाईने
² यो वर्षको नारा: - ‘united against corruption.’
² नेपालले सन २०११ बाट मनाउन थालेको
² संयुक्त राष्ट्रसंघको पहलमा सन २००५ देखि विश्वभर मनाउन थालिएको
स्मरण रहोस: -
नेपाल सन २०१८ को भ्रष्टाचार अवधारणा सुचाङ्कमा १२४ औ स्थानमा रहेको छ

 . ‘नाष्ट प्रविधि पुरस्कार२०७६
² नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई
² नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको नाष्ट प्रविधि पुरस्कारप्रदान गरेको छ
² विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याए वापत
² पुरस्कारको राशी १ लाख रुपैयाँ नगद र सम्मान पत्र

 . प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष नियुक्त
² सुरेशमान श्रेष्ठ (पुर्व सचिव)
² वि.. २०७६ मंसिर २ गते शपथ ग्रहण गरेका
² कात्तिक २९ गते श्रेष्ठ प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका
उनलाई प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले सोमबार पद तथा गोपनियताको शपथ गराएका

 . ‘पुतली बाजेलाई मानार्थ नेपाली नागरिकता
² पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन स्मिथले मानार्थ नागरिकता पाउने
² नेपाल सरकारको २०७६ कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि नेपालमा रहँदै आएका स्मिथलाई योगदानको कदर गर्दै सम्मानपूर्वक नागरिकता प्रदान गर्ने निर्णय गरेको
² नागरिकता ऐन, २०६३ मा व्यवस्था भएअनुसार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सरकारले सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने प्रावधान भने उल्लेख छ। स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेशाका लागि नेपाल आएका थिए। उनी ८३ वर्ष पुगिसकेका छन्।
² गोरखाको अमरज्योति मावि (लुइँटेल) मा विज्ञान र गणित शिक्षकको रुपमा उनी कार्यरत थिए। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवंगत भइसकेका वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका शिष्य थिए।
² नेपालबाट पहिलो सम्मानार्थ नागरिकता पाउने व्यक्ति प्रथम सगरमाथा आरोही न्यूजिल्यान्डका नागरिक एडमन्ड हिलारी हुन् । यससँगै सम्मानार्थ नागरिकता पाउनेको संख्या ४ पुग्ने भएको छ।

. मन्त्रिमण्डलको पुनर्गठन
² वि.. २०७६ मंसिर ४ गते
² नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम
² २५ सदस्यीय (२१ मन्त्रि र ३ राज्यमन्त्रि)
² प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको हो ।
² यसअघि विसं २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो ।

१० . Time Person of the Year २०१९
² ग्रेटा थनवर्ग घोषित भईन
² उनी स्वीडेनकी १६ वर्षीया जलवायु परिवर्तन अभियन्ता हुन
² चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको
² स्वडेनी वातावरण अभियन्ताले वर्ष व्यक्ति दौडमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पारेकी हुन्

११ . अन्तराष्ट्रिय मानव अधिकार दिवश २०१९
² हरेक वर्ष डिसेम्वर १० मा मनाईन्छ
² यो वर्षको नारा:- Youth Standing Up for Human Rights
² सन १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार को घोषणापत्र पारित गरेको एतिहासिक दिनको सम्झना स्वरुप
² सन १९५० देखि विश्वभर मनाउन थालिएको

0 comments:

Post a Comment