अति महत्वपूर्ण समसामयिक जानकारीहरु- २
१ .बसोबासका लागि उपयोग हुनसक्ने नयाँ ग्रह पत्ता लाग्यो
v पृथ्वीकै आकारको "टीओआई ७००" नाम दिइएको
v नासाले पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा मानव बसोबासका लागि उपयुक्त हुने खालको ग्रह फेला पारेका छन्
v नासाको ग्रह खोजी अभियान अन्तर्गत भएको अनुसन्धानमा सो ग्रह पत्ता लागेको
v सो ग्रह डोराडो कन्ष्टिलेशनमा पर्ने र उक्त ग्रह सानो तथा सुन्दर हुनुका साथै सूर्यको आकारभन्दा ४४ प्रतिशत मात्र रहेका जनाइएको
v नासाले स्पिटजर स्पेस टेलिस्कोपको सहयोगले सो ग्रह रहेको सुनिश्चित गरिएको
२. इरानमा युक्रेनको विमान दुर्घटना
v सन २०२० जनवरी ८ मा
v Boeing 737-800 विमान दुर्घटनाग्रस्त भएको
v इरानको तेहरानबाट उक्त विमान यूक्रेनको राजधानी किभको लागि प्रस्थान गरेको थियो
v १७६ जना यात्रु र चालक दलका सदस्य सवार रहेका
v दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ
३. २२ औ भुकम्प सुरक्षा दिवश २०७६
v हरेक वर्ष माघ २ मा मनाईने
v यो वर्षको नारा" भूकम्पबाट सुरक्षित पुर्वाधार ;दीगो सुख र समृद्धि को आधार"
४. प्रदेश ३ को नाम र राजधानी तोकियो
v वि. स २०७६ पुस २७ गते
v नाम ⇨बागमती
v पक्षमा १०८ मत, विपक्ष मा मत खसेन
v राजधानी ⇨हेटौडा
v पक्षमा १ सय ५ र विपक्षमा जम्मा ३ मत खसेको
५. मिष्टर नेपाल २०१९
v सन्तोष उपाध्यायले जितेका
v फाइनल प्रतिस्पर्धामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै
v दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप भएका छन्
६. पुष्पा बस्नेत बनिन् दशककै प्रेरणादायी व्यक्तित्व
v गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा
v नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन्
v जेल परेका आमाबाबुको सन्तानको पालनपोषण र शिक्षादीक्षा दिँदै आएको पुष्पाले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन्
v गोलकास्टले पुष्पालाई आश्चर्यजनक मानवको संज्ञा दिएको छ
v यो सूचीको दोस्रो नम्बरमा ग्रेटा थनवर्ग, दशौं नम्बरमा तरना बर्के र मिटू अभियान, ११ औं नम्बरमा स्टिभ जब्स र बीसौं नम्बरमा मलाला युसुफजाइ छन् ।
७. क्युवामा ४३ वर्ष पछि प्रधानमन्त्री नियुक्त
v म्यानिअल मर्रेरो क्रुज नियुक्त भएका
v सन २०१९ डिसेम्वर २१ मा
v क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलले नियुक्त गरेका
v १६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि प्रधानमन्त्री हुनेछन्
v क्युवामा ४३ वर्षपछि प्रधानमन्त्रीको पद पुनस्र्थापना गरिएको हो
v सन् १९७६मा पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद हटाएदेखि अहिलेसम्म कोही प्रधानमन्त्री नियुक्त भएका थिएनन्
८. अव "सगरमाथा" तारा र "लालीगुराँस" ग्रहको नाम
v सन 2019 डिसेम्वर 17 बाट
v इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १००औं वार्षिकोत्सवका अवसरमा सौर्यमण्डल बाहिर रहेका तारा र ग्रह नामकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन्
सगरमाथा(एचडी 100777)
⇨सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ
⇨यो तारा सूर्यजस्तै छ
⇨सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो
⇨यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ
⇨सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ
⇨यो तारा सूर्यजस्तै छ
⇨सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो
⇨यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ
लालीगुराँस(एचडी 100777'B')
⇨लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ
⇨ यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ
⇨यो ग्रहमा जीवको सम्भावना छैन
⇨लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ
⇨ यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ
⇨यो ग्रहमा जीवको सम्भावना छैन
९. कुलमान घिसिङ र सन्दुक रुइत पुरस्कृत
v नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा रोग विशेषज्ञ चिकित्सक डाक्टर सन्दुक रुइतलाई
v हेमबहादुर मल्ल सम्मान पुरस्कारबाट सम्मानित गरिने
v पुरस्कार राशी: २ लाख
v नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले
v घिसिङलाई २०७३ सालको र रुइतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको हो।
१०. ‘पहिचान सम्मान–२०२०’
v लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलालाई
v पुरस्कारको राशी चार लाख दुई हजार दुई सय रूपैयाँ रहेको
v चैत्र २२ गते प्रदान गरिने
v पहिचान पुरस्कार कोषले मंगलबार विज्ञप्ति जारी गरी संग्रौलालाई पुरस्कार दिइने जानकारी दिएको
v सन् २०१५ मा स्थापित कोषले पहिचान स्थापनामा योगदान पुर्याएका व्यक्तित्वहरुलाई हरेक पाँच वर्षमा एकपटक ‘पहिचान सम्मान’ प्रदान गर्ने जनाएको
0 comments:
Post a Comment