१) नेपालमा भारतीय सहयोग बाट निर्मित निम्न आयोजना मध्ये तलको कुन होइन ?
क) वीर अस्पताल ख) त्रिभुवन राजपथ ग) प्रसुती गृह घ) बालाजु औद्योगिक क्षेत्र
२) स्थापना मितिको आधारमा तलका संगठनहरुको पहिलो देखि अन्तिम क्रम कुन हो ?
१) अन्तराष्ट्रिय श्रम संगठन २) विश्व बैंक ३) विश्व स्वास्थ संगठन ४) यूनेस्को
क) १२३४ ख)१२४३ ग) १३२४ घ) १४२३
३) तलका मध्ये कुन संयुक्त राष्ट्रसंघीय पूर्व महासचिव बुत्रोस बुत्रोस घाली सँग सम्बन्धित छ ?
१. ट्रोइका प्रस्ताव २. शान्त क्रान्ति ३. एन एजेण्डा फर पिस ४. एन एजेण्डा फर डिभलोपमेण्ट
क) ३ मात्र ख) ४ मात्र ग) १ बाहेक सबै घ) ३ र ४ मात्र
४) प्याकेज डिल अन्तर्गत सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएका सार्क राष्ट्र कुन कुन हुन ?
क) नेपाल र माल्दिभ्स ख) नेपाल र श्रीलंका ग) नेपाल र पाकिस्तान घ) नेपाल र अफगानिस्तान
५) अन्तराष्ट्रिय दिवस सँग नमिल्दो जोडा कुन हो ?
क) विश्व क्षयरोग दिवस- मार्च २४ ख) विश्व सिमसार दिवस- फेब्रुवरी २
ग) अन्तराष्ट्रिय नारी दिवस- मार्च ८ घ) पृथ्वी दिवस- मे २२
६) सार्कको बडापत्रमा कति धारा रहेका छन् ?
क) ९ ख) १० ग) १६ घ) १८
७) निम्न मध्ये कुन सडक आयोजना नेपाललाई चीन सरकारको सहयोगमा निर्मित भएको होइन ?
क) काठमाडौं चक्रपथ ख) नारायणगढ-मुग्लिन सडक
ग) पृथ्वी राजमार्ग घ) तीनकुने भक्तपुर सडक विस्तार
८) आसियानका राष्ट्रहरुमध्ये नेपालको सबैभन्दा पहिले कुन राष्टसँग दौत्य सम्बन्ध कायम भएको थियो ?
क) मलेसिया ख) इन्डोनेसिया ग) म्यानमार घ) फिलिपिन्स
९) आसियानको एक मात्र भूपरिवेष्ठित राष्ट्र कुन हो ?
क) म्यानमार ख) लाओस ग) बनाई घ) कम्बोडिया
१०) यूरोपेली युनियन (इयु) को प्रधान कार्यालय कहाँ रहेको छ ?
क) परिस, फान्स ख) ब्रसेल्स, बेल्जियम ग) वर्न, स्वीटजरल्याण्ड घ) लिस्बन, पोर्चुगलगल
११) बेलायतले इयू त्याग्ने भनि जनमत संग्रह बेक्जिट कुन मितिमा सम्पन्न भयो ?
क) २०१६ जुन २३ ख) २०१६ जुन २४ ग) २०१६ जुलाई २३ घ) २०१६ जुलाई २४
१२) यूरोपेली युनियन (इयु) को सम्पर्क कार्यालय काठमाडौंमा कहिले स्थापना भएको थियो ?
क) १९९२ मे ख) १९९२ जुन ग) १९९३ जनवरी घ) १९९४ जुलाई
१३) बिमस्टेकको प्राथमिकताको क्षेत्र मध्ये नेपाल संयोजक रहेको क्षेत्र कुन हो ?
क) कृषि ख) ऊर्जा ग) पर्यटन घ) गरिबी निवारण
१४) चौथो बिमस्टेक सम्मेलनको समापन २०१८ अगस्ट ३१ मा कति बुँदे काठमाडौँ घोषणापत्र जारी भई सकियो ?
क) १५ ख) १६ ग) १८ घ) २०
१५) विश्व व्यापार संगठन ( डब्लुटिओ ) को स्थापना कुन राउण्ट सँग बढी सम्बन्धित छ ?
क) जेनेभा राउण्ड ख) ऊरुग्वे राउण्ड ग) टोकियो राउण्ड घ) केनेडी राउण्ड
१६) विश्व व्यापार संगठन ( डब्लुटिओ ) को १२ औँ मन्त्रीस्तरीय सम्मेलन सन २०२० मा कुन देशमा हुदैछ ?
क) काजकिस्तान ख) टर्की ग) स्वीजरल्याण्ड घ) सिंगापुर
१७) रेडक्रसको मूलमन्त्र कुन हो ?
क) We Serve ख) Be Prepared ग) Do a good turn daily घ) Help the helpless
१८) नेपालको शान्तिस्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन कहिले फिर्ता भएको थियो ?
क) २०६५ ख) २०६६ ग) २०६७ घ) २०६८
१९) अन्तराष्ट्रिय संघ र संघको स्थापना मिति बीच जोडा मिलाई उपयुक्त विकल्प छान्नहोस।
अन्तराष्ट्रिय संगठन स्थापना मिति
अ. सार्क १. १९६७
आ. बिमस्टेक २. १९८५
इ. आसियान ३. १९९७
क) अ २, आ ३, इ १ ख ) अ २, आ १, इ ३ ग) अ १, आ ३, इ २ घ) अ ३, आ २, इ १
२०) असंलगन आन्दोलनको पहिलो शिखर सम्मेलन कहाँ र कहिले भएको थियो ?
क) १९६१, वाङडुंग ख) १९६१, बेलग्रेड ग) १९६२, कायरो घ) १९६२, वाङडुंग
२१) नेपाललाई सबैभन्दा बढी वैदेशिक सहयोग गर्ने राष्ट्र कुन हो ?
क) भारत ख) चीन ग) जापान घ) बेलायत
२२) नेपालको कुटनैतिक सम्बन्ध स्थापना भएको पहिलो दक्षिण अमेरिकी राष्ट्र कुन हो ?
क) ब्राजिल ख)अर्जेन्टिना ग) पेरु घ) चिली
२३) United Nations Environment Program (UNEP) को स्थापना कुन मितिमा भएको थियो ?
क ) १९७१ ख) १९७२ ग) १९७३ घ) १९७४
२४) तलका मध्ये कुन सार्क र बिमस्टेक दुवै संगठनको सदस्य राष्ट्र नभएको देश कुन हो ?
क) नेपाल ख) ) बंगलादेश ग) भारत घ) माल्दिभ्स
२५) विश्व भन्सार दिवस कुन मितिमा पर्दछ ?
क) जनवरी २५ ख) जनवरी २६ ग) फेब्रुअरी २ घ) मार्च ३
२६) संयुक्त राष्ट्रसंघीय श्रम संगठन (आइएलओ) को प्रधान कार्यालय कहाँ रहेको छ ?
क) वर्न, स्वीजरल्याण्ड ख) जेनेभा, स्वीजरल्याण्ड ग) रोम, इटाली घ)नैरोबी, केन्या
२७) अतिकम विकसित मूलुक (एलडिसी) को पहिलो शिखर सम्मेलन सन् १९८१ मा कहाँ भएको थियो ?
क)पेरिस ख)ब्रुसेल्स ग)इस्तानबुल घ) भियना
२८) एलडिसी मा सूचीकृत भई सन् २०१७ मा हटेको पछिल्लो पाँचौं) राष्ट्र कुन हो ?
क) माल्दिभ्स ख) समोजा ग) इक्विटोरियल गिनी घ) भानुअटु
२९) ब्रिक्सको ११ औं शिखर सम्मेलन कहाँ र कहिले भयो ?
क) ब्राजिल, २०१९ ख)दक्षिण अफ्रिका, २०१९ ग) रसिया, २०१९ घ) भारत, २०१९
३०) आसियानको ३४औं र ३५ औं शिखर सम्मेलन सन् २०१९ मा कुन देशमा भएको थियो ?
क) फिलिपिन्स ख) मलेसिया ग) थाईल्याण्ड घ) सिंगापुर
३१) नेपालले बिमस्टेकको सदस्यता कहिले लिएको थियो ?
क) १९९७ ख) १९९९ ग) २००३ घ) २००४
३२) नेपालले दौत्य सम्बन्ध स्थापना गरेका राष्ट्रको उपयुक्त क्रम कुन हो ?
क) बेलायत, अमेरिका, भारत, फान्स ख) बेलायत, भारत, अमेरिका, फ्रान्स
ग) बेलायत, फ्रान्स, भारत, अमेरिका घ) बेलायत, भारत, फ्रान्स, अमेरिका
३३) यूरोपेली केन्द्रीय बैंकको केन्द्रीय कार्यालय कुन देशमा रहेको छ ?
क) बेल्जियम ख) जर्मनी ग) स्वीजरल्याण्ड घ) इटाली
३४) सार्कको बडापत्रको कति धारामा सार्कका उद्देश्य उल्लेख गरिएको छ ?
क) धारा १ ख) धारा २ ग) धारा ३ घ) धारा ४
३५) नेपाल सँग दौत्य सम्बन्ध स्थापना भएको सार्कको अन्तिम राष्ट्र कुन हो ?
क) अफगानिस्तान ख) भुटान ग) माल्दिभ्स घ) बंगलादेश
३६) संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय कुन देशमा रहेको छ ?
क) जर्मनी ख) बेलायत ग)अमेरिका घ) जापान
३७) सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्ति को हुन ?
क) राजीव गान्धी ख) राजा विरेन्द्र ग) जियाउर रहमान घ) मौमुन अब्दुल गैयुम
३८) संयुक्त राष्ट्रसंघको सदस्यताबाट टाढएको राष्ट्र कुन हो ?
क) भेनेजुयला ख) इजरायल ग) ताइवन घ) नर्वे
३९) नेपालले संयुक्त राष्ट्रसंघको महासभामा पहिलोपटक कहिले भाग लिएका थियो ?
क) १९५५ ख) १९५६ ग) १९५७ घ) १९५९
४०) संयुक्त राष्ट्रसंघको पहिलो विशिष्टीकृत सस्था कुन हो ?
क) विश्व स्वास्थ्य संगठन ख) विश्व खाद्य संगठन ग) अन्तर्राष्ट्रिय श्रम संगठन घ)अन्तर्राष्ट्रिय दरसन्चार संघ
४१) इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ?
क) लियोन, फ्रान्स ख) पेरिस, फान्स ग) बर्न, स्वीटजरल्याण्ड घ) जेनेभा, स्वीजरल्याण्ड
४२) तलका मध्ये रेडक्रसले नोबेल पुरस्कार जितेको मिति सँग मिल्दो मिति कुन हो ?
क) १९१७, १९४३, १९६७ ख) १९१७, १९४३, १९६३ ग) १९१७, १९४४, १९६३ घ) १९१७. १९४४, १९६७
४३) विश्व आर्थिक मञ्चको सन् २०१९ को वार्षिक बैठक स्वीटजरल्याण्डको डाबोसमा कुन मितिमा भएको थियो ?
क) जनवरी २२ - २५ ख) जनवरी २३ - २६ ग) जनवरी २४ - २७ घ) जनवरी २५ - २०
४४) एन्टोनियो गुटरेसको सम्बन्धमा कुन भनाई गलत छ ?
क) पोर्चुगलका पूर्वप्रधानमन्त्री हुन् । ख) UNHCR का पूर्वअध्यक्ष हुन्।
ग) संयुक्त राष्ट्रसंघका नवौं महासचिव हुन्
घ) युरोपबाट संयुक्त राष्ट्रसंघीय महासंघका महासचीव हुने तेश्रो व्यक्ति हुन् ।
४५) विमान दुर्घटनामा मृत्यु भएका संयुक्त राष्ट्रसंघका महासचिव को हुन् ?
क) ड्याग यामर सोल्ड ख) ह्याभियर पेरेज दि कोयार ग) कुर्त वाइल्ड हाइम घ) बुत्रोस बुत्रोस घाली
४६) अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले कहिले नोबेल पुरस्कार प्राप्त गरेको थियो ?
क) १९६३ ख) १९६७ ग) १९६९ घ) १९८७
४७) नेपालले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रथम पटक कहिले अस्थायी सदस्य भई काम गरेको थियो ?
क) १९६८-१९६९ ख) १९६९-१९७० ग) १९८८-१९८९ घ) १९८९-१९९०
४८) नेपालले कहिलेदेखि संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा पर्यवेक्षकको रुपमा भाग लिएको हो ?
क) १९५७ ख) १९५८ ग) १९६७ घ) १९७४
४९) संयुक्त राष्ट्रसंघीय न्यायालय (आइसिजे) मा कति न्यायाधीश हन्छन र कति वर्षका लागि चनिन्छन ?
क) ९ जना, ५ वर्ष ख) ९ जना, ६ वर्ष ग) १५ जना, ६ वर्ष घ) १५ जना, २ वर्ष
५०) संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको भिटो सम्बन्धमा कुन भनाई गलत छ ?
क) ५ स्थायी सदस्यलाई भिटो अधिकार प्राप्त छ। ख) सर्वप्रथम बेलायतले १९५६ मा भिटो प्रयोग गरेको थियो ।
ग) सबैभन्दा बढीपटक भिटो रुसले प्रयोग गरेको छ। घ) सबैभन्दा कमपटक भिटो फ्रान्सले प्रयोग गरेको छ।
0 comments:
Post a Comment