Friday, June 5, 2020

7:33 AM
नेपालको राजनीतिक वा प्रशासनिक विभाजन गर्नुपर्नाका कारणबारे चर्चा गर्नुहोस् । - (डा. तोकराज पाण्डे सहसचि)
'विविधतामा एकता नेपालको विशेषता'
शासन प्रक्रियालाई व्यवस्थित गर्न र राज्यको उपस्थिति देखाउन मुलुकको आन्तरिक सिमानामा गरिएको विभाजनलाई राजनीतिक वा प्रशासनिक विभाजन भनिन्छ। विषय, थुम, अञ्चल, विकासक्षेत्र हुँदै हाल नेपाललाई ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय निकायमा विभाजन गरिएको छ। राजनीतिक वा प्रशासनिक आधारमा विभाजन गर्दा जनसंख्या, भौगोलिक बनावट, स्रोत र साधनको अवस्था लगायतका कुरालाई मुख्य आधार बनाइएको हुन्छ।
Ø नेपाललाई राजनीतिक आधारमा विभाजन गर्नुका कारण
Ø प्रशासनिक व्यवस्थालाई सरल बनाउन,
Ø सरकारी निकायको सन्तुलित उपस्थिति देखाउन,
Ø स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्न,
Ø उपलब्ध स्रोतको समानुपातिक वितरण गर्न ,
Ø विकेन्द्रित साशन पद्दती अवलम्बन गर्न,
Ø सेवा प्रबाहलाई सरल बनाउन ,
Ø नागरिकलाई नजीकको निकयावाटसेवा दिन,
Ø नागरिकका गुनासा र सुझाबको सुनुवाई गर्न,
Ø सबैमा सरकारी लाभको अनुभूति गराउन,
Ø नागरिकको घर-घरमा सरकारको उपस्थिथि रहेको आभास गउन,
Ø प्रशासनिक गतिविधिलाई  स्थानीय स्तरबाट संचालन गर्न,
Ø देशको सन्तुलन एबं समानुपातिक बिकाश गर्न,
Ø विकाश निर्माणमा सरोकारवालाको सहभागिता बढाउन ,
Ø  स्थानीय स्तरको पहिचान अभिवृद्धि गर्न,
Ø स्थानीय स्तरमा नेत्तृत्व विकाश गर्न,
Ø साशनको बैधता कायम गर्न,
Ø विविधता ब्यबस्थापनलाई प्रभावकारी बनाउन,
Ø ऐतिहासिक निरन्तरताका लागि,
Ø समग्र देशलाईआर्थिक बिकाशको गतिमा अगाडी बढाउन,
राष्ट्र र राष्ट्रियताको भावना बलियो बनाउन ।
अतः नेपाललाई विभिन्न समयमा गरिएका राजनीतिक तथा प्रशासनिक विभाजनको मुख्य ध्येय भनेको समग्र मुलुकको पहिचान प्रवर्द्धन र विकास हो। सीमा फेरिए पनि सोच नफेरिएका कारण राजनीतिक विभाजनले अपेक्षित उद्देश्य हासिल नगरेकाले यसमा सुधार गर्नु आजको आवश्यकता हो।

0 comments:

Post a Comment