१) फिफा विश्वकप, २०२२ को मिति सार्वजनिक
⇨ २२ औं संस्करणको फिफा विश्वकप सन् २०२२ मा कतारमा हुदैछ
⇨ सन् २०२२ नोभेम्बर २१ मा उद्घाटन हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुने ।
⇨ उद्घाटन खेल अल बायत रंगशालामा हुनेछ भने फाइनल खेल लुसेल रंगशालामा हुने ।
⇨ यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएकोमा कतारमा उक्त समयमा अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक विश्वकप नोभेम्बर र डिसेम्बरमा हुने भएको ।
⇨ एशियामा आयोजना हुने विश्वकप फुटबलको दोश्रो संस्करण हुनेछ
⇨ पहिलो पटक सन् २००२ मा दक्षिण कोरिया र जापानमा भएको ।
⇨ २१ औं संस्करणको विश्वकप सन् २०१८ जुन १४ देखी जुलाई १५ सम्म रसियामा भएको थियो ।
⇨ २३ औं संस्करणको विश्वकप सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ।
२) इसिमोडको (ICIMOD) महानिर्देशकमा भुटानका ग्याम्त्सो चयन
⇨ सन् २०२० जुलाई १६ मा
⇨ भुटानका पेमा ग्याम्त्सो महानिर्देशमा चयन भएका ।
⇨ इसिमोडको बोर्ड अफ गभर्नरले चयन गरेको ।
⇨ उनी भुटानको राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा भुटान पिस एण्ड प्रोस्पेरिटी पार्टीका अध्यक्ष हुन् ।
⇨ यस अघिका महानिर्देशक डा.डेभिड जेम्स मोल्डेन रहेका थिए ।
⇨ इसिमोड (ICIMOD) - The International Centre for Integrated Mountain Development
⇨ स्थापना सन् १९८३ डिसेम्बर ५ मा भएको ।
⇨ प्रधान कार्यालय नेपालको ललितपुरमा रहेको ।
⇨ अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान गरी ८ वटा देशहरु सदस्य छन् ।
३ डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार, २०७६ :
⇨ अमेरिकी नागरिक डा.एन्टोनिया न्यूबर (टोनी) लाई प्रदान ।
⇨ ३ दशकयता नेपालमा पुस्तकालय स्थापना र पठन संस्कृति हुर्काउनमा मद्दत गर्दै आएकी, ग्रामिण शिक्षा तथा विकास (रिड) की संस्थापक हुन् । Samir Lamsal - समिर लम्साल
४) डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार, २०७६ :
⇨ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान ।
⇨ नेपालमा अनुसन्धान, आविष्कार र सूचना प्रविधिको माध्यमद्धारा सबल-समृद्ध नेपाल बनाउन गरेको योगदानलाई कदर गर्दै प्रदान गरिएको ।
⇨ पुरस्कार राशी रु.१ लाख ।
५) “चिसो वर्ष" ले पायो एक करोड पुरस्कार :
⇨ निर्देशक मीन भामले बनाउने फिल्म "चिसो वर्ष” को स्क्रिप्टले ७५ हजार युरो (रु.१ करोड ३ लाख) को पुरस्कार जितेको ।
⇨ इस्तानबुलमा आयोजित टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याबले “अन्तर्राष्ट्रिय सह-निर्माण” का लागि उक्त पुरस्कार प्रदान ।
0 comments:
Post a Comment