Wednesday, July 29, 2020

6:49 AM

. सुरक्षा

सामाजिक सुरक्षा (Social Security) नागरिक अधिकार (Civil Right) को अभिन्न अंग हो । मानव अधिकार विश्वव्यापी घोषणापत्र १९४८ र नागरिकहरूका राजनैतिक, आर्थिक तथा सामाजिक अधिकार सम्बन्धी अनुवन्ध १९६६ मा समेत सुरक्षालाई मानव अधिकारको अंगको रूपमा लिएको देखिन्छ । समाजमा सबै वर्ग, समुदाय, भाषाभाषी, लिङ्ग, धर्मका मानिसहरूले सम्मानपूर्वक बाँच्न पाउने, सामाजिक क्रियाकलापमा सहभागी हुन पाउने तथा सामाजिक वस्तुको उपयोग गर्न पाउने अवस्थाको सृजना नै Social Security हो । यस अलावा आवास, खाद्यान्न, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा रहने पहुँच पनि विस्तृत अर्थमा सामाजिक सुरक्षा हो ।

सामाजिक सुरक्षा (Social Security) को अवधारणा सन् १९३७ मा तत्कालीन अमेरिकी राष्ट्रपति Roosevelt ले अघि सारेका हुन् । त्यस बखत अमेरिकामा यसको बारेमा व्यापक बहसका साथै विरोध पनि भएको थियो । शुरुका दिनमा जेष्ठ नागरिकहरूलाई पेन्सन दिनबाट शुरु गरिएकोमा हाल यसको क्षेत्र व्यापक बनेको छ । अमेरिकाको कुल वजेटमा Social Security ले २०.९ प्रतिशत हिस्सा ओगट्दछ जबकि सुरक्षा खर्च २०.४ प्रतिशत रहेको देखिन्छ ।

. सामाजिक सुरक्षाका अंगहरू (Organs of Social Security)
() खाद्य सुरक्षा (Food Security): खाद्य सुरक्षाले तीन कुरामा जोड दिन्छ । खाद्यान्नको पर्याप्त भण्डारण, आपूर्ति वा वितरण र खाद्यान्नमा नागरिक पहुँच ।

() उचित बसोबास (Appropriate Shelter): उचित र सुरक्षित स्थानमा मानिसले बसोबास गर्न पाउनु पर्छ । यसले समूहमा बसोबास (Settlement in group) लाई समेत इंगित गर्दछ ।

() स्वास्थ्य र शिक्षाको सुनिश्चिता (Guarantee of Health and Education): प्रत्येक व्यक्तिले स्वास्थ्य सेवा पाउनु र शिक्षाको अवसर पाउनु मानव अधिकार नै हो । सामाजिक सुरक्षाभित्र स्वास्थ्य उपचार र शिक्षाको पहुँचलाई सुरक्षित राखिएको हुनुपर्छ ।

() रोजगारी (Employment): काम गर्न पाउनु र त्यसबाट आय आर्जन गर्ने अवस्थाको सृजनालाई सामाजिक सुरक्षा अन्तरगत राख्ने गरिएको छ । खासगरी विकसित राष्ट्रहरूमा युवा रोजगारीलाई Social Security को प्रमुख अंगका रूपमा लिन थालिएको छ ।

() सामाजिक सम्मान (Social Dignity): प्रत्येक व्यक्तिले समाजमा रहँदा सम्मानित भएर बाँच्न पाउने अवस्था सामाजिक सुरक्षा भित्र पर्दछ । सबै प्रकारका विभेदहरूको अन्त्य, एकता र सहिष्णुताबाट यो सम्भव हुन्छ ।

() सामाजिक सुरक्षा (Social Participation) : समाजमा रहने प्रत्येक व्यक्ति सामाजिक क्रियाकलापको एउटा अंग (Part of the social activities) हो । यसबाट उ वञ्चित हुन हुँदैन । सहभागिता र त्यसका लाभको अंश पाउनु नै सामाजिक सुरक्षा हो ।

. सामाजिक सुरक्षाका प्राथमिकताहरू
सामाजिक सुरक्षा कुनै पनि देशको क्षमतामा समेत आधारित रहन्छ । राज्यले सबैलाई सबै प्रकारका सामाजिक सुरक्षाको प्रत्याभूति एकसाथ गर्न सक्दैन । यद्यपी सामाजिक सुरक्षाको प्राथमिकता भने निम्न अनुसार निर्धारण गर्नुपर्ने हुन्छ-
  जोखिममा परेका व्यक्तिहरू
   बालबालिका
   बृद्ध/बृद्धा
  अपाङ्ग
  आर्थिक/सामाजिक रूपमा पछि परेका वर्ग र समुदाय
  महिला
  आम नागरिकहरू

. सामाजिक सुरक्षका माध्यमहरू (Tools of Social Security):

.१ सामाजिक सुरक्षा संकेत (Social Security Code Number): विकसित देशमा प्रत्येक नागरिकलाई Social Security Code Number प्रदान गरिएको हुन्छ । त्यसै Number at Card को माध्यमबाट नागरिकलाई दिइने सुरक्षा, स्वास्थ्य, उपचार, वेरोजगार भत्ता, शिक्षा लगायतका विषय निर्धारण गरिन्छ । सामाजिक सुरक्षा संकेत वा कार्ड Social security दिनु पर्ने नागरिकहरूको छनौट अनुसार राज्यले प्रदान गर्न सकिन्छ । भारतको रासन कार्ड प्रणाली Social Security कै एक माध्यम हो । कार्डको माध्यमबाट यातायातमा छुट, अस्पतालमा छुट, उपभोग्य वस्तुहरूमा छुट प्राप्त गर्न सकिन्छ । अमेरिकामा विवाह सम्बन्ध विच्छेद, नामथर परिवर्तनका लागि समेत यस्तो कार्डको प्रयोग हुन्छ ।

.२ सामाजिक बीमा (Social Insurance) : सामाजिक सुरक्षा प्रतिको राज्यको व्ययभार कम गर्न सरकारको समेत संलग्नतामा नागरिकहरूको बीमा गरिन्छ । जसले शारीरिक सुरक्षा, सम्पत्तिको सुरक्षा र रोजगारको सुरक्षा प्रदान गर्छ । उदाहरणको लागि शरीरको कुनै अंगको बीमाले त्यस अंगको क्षति उपर उपचारको जिम्मेवारी सम्बन्धित विमक संस्थाको हुन्छ । रोजगारी गुमेमा बेरोजगार भत्ता प्रदान हुन्छ । युवा अवस्थामा गरेको बीमाले बृद्धास्थामा मासिक भत्ता उपलब्ध हुन्छ ।

.३ सामाजिक सुरक्षा कर (Social Security Tax) : सामाजिक सुरक्षाका लागि सरकारले SST लगाउँछ । जसले भविष्यको सरकारी जिम्मेवारीलाई सहयोग गर्छ । यस्तो रकम Social Security Fund मा जम्मा गरी खर्च गरिन्छ ।

सामाजिक सुरक्षा किन ?
  सामाजिक सुरक्षा मानव अधिकारको अभिन्न अंग हो । मानवीय विकासका पक्षहरूको समेत यसले वकालत गर्दछ । मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लिखित विषयलाई मूर्तरूप दिन पनि Social Security को प्रवद्र्धन आवश्यक छ । यसले राज्यको मानव अधिकार प्रतिको दायित्व पुरा गर्छ ।
   समुदायमा मानिस मानिसबीचको सुसम्बन्ध (Social Harmony) कायम गर्ने माध्यम हो Social Security जसले अन्याय, विकृति र विभेद विरुद्ध समानता, एकता र भातृत्वको अनुभूति गराउँछ । पारिवारिक सम्बन्धहरूलाई समेत यसले मजबूत बनाउँछ ।
   सामाजिक सुरक्षाका माध्यमबाट व्यक्तिको पहिचान स्थापित हुन्छ । साथै सकारात्मक विभेदको माध्यमबाट सिमान्तकृत वर्गको विशेष हितका लागि राज्यलाई काम गर्न सहज हुन्छ ।
   सुनिश्चित भविष्यको प्रत्याभूति गरी अनिश्चिततालाई घटाउँछ । व्यक्तिको भविष्यको जिम्मेवारी राष्ट्र, संस्था वा समुदायले लिन्छ । सन्ततिको लागि वा वृद्धावस्थाको लागि भनेर धन थुपार्नु पर्दैन, यसबाट भ्रष्टाचार र अनियमितता घटाउन मद्दत मिल्दछ ।

सामाजिक सुरक्षाका जोखिम :
   आन्तरिक वा वाह्य संघर्ष या द्वन्दका अवस्थामा अन्य पक्ष जस्तै सामाजिक सुरक्षा सम्बन्धी योजना र कार्यक्रम समेत ओझेलमा पर्न सक्छन् ।
   प्राकृतिक प्रकोप वा आम विनासको स्थितिमा सामाजिक सुरक्षा कायम गर्नु जटिलताका रूपमा देखापर्छ किनकि Social Securityका अन्य प्राथमिकताहरू अगाडि आउँछन् ।

नेपालमा सामाजिक सुरक्षाः
   नेपालको अन्तरिम संविधान २०६३ ले सामाजिक सुरक्षालाई पहिलो पटक मौलिक हक अन्तर्गत समावेश गरेको छ ।
   संविधानको धारा १८ मा महिला, श्रमिक, बृद्ध, अपाङ्ग तथा अशक्त तथा असाहाय नागरिकलाई कानुनमा व्यवस्था भए बमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ । अन्तरिम योजनामा सामाजिक सुरक्षाका विषयलाई देहाय अनुसार उल्लेख गरिएको छ :–
- विपन्न, दलित, आदिवासी जनजाति, मधेशी, पिछडिएको वर्ग, अपाङ्ग, मुक्त कमैया तथा श्रमजीविहरूको खाद्य सुरक्षा र सामाजिक सशक्तीकरणका लागि लक्षित नीतिहरू कार्यान्वयन गरिने ।
- शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई अधिकारमा आधारित विकास कार्यक्रमका रूपमा अघि बढाइने ।
- द्वन्द प्रभावित व्यक्ति, परिवार तथा समुदायको पुनःस्थापना र पुनः एकीकरणका साथै राहतको प्रवन्ध गर्ने ।
- बालबालिकाका लागि स्वास्थ्य, पोषण र शिक्षाको प्रवन्ध
- युवा वर्गका लागि रोजगारको सुनिश्चितता, वृद्धवृद्धाका लागि वृद्धाश्रम/जेष्ठ नागरिक (Senior citizen) हरूको क्षमता दक्षता राष्ट्रले उपयोग गर्ने ।
- सबै प्रकारका सामाजिक विभेद र अनुचित श्रम सम्बन्धको अन्त्य गर्ने ।
- जेष्ठ नागरिक, असहाय विधवा भत्ताको व्यवस्था ।
- सामाजिक सुरक्षा नेपालको सन्दर्भमा भर्खरै छलफलमा आएको विषय हो । लोकतान्त्रिक पद्धतिको स्थापना पश्चात मात्र यसलाई संविधान र योजनाले औपचारिक रूपमा ग्राह्यता दिएको देखिन्छ ।
नेपालका कठिनाइहरूः
-- सामाजिक सुरक्षाप्रतिको सचेतता कम हुनु र प्राथमिकतामा नपर्नु ।
-- मानवीय संवेदनशीलताको कमी । Human value ले महत्व नपाउनु,
-- सामाजिक सुरक्षाका लागि राज्यमा लगानी गर्न नसक्नु । Social Security प्रवद्र्धन गर्ने निजी र गैर सरकारी क्षेत्र अगाडि नआउनु ।
-- परम्परागत विभेदयुक्त सामाजिक परिवेश कायमै रहनु ।
-- संविधान र योजनामा स्थापित विषयलाई कार्यान्वयन गर्ने संस्थागत क्षमता कम हुनु ।

सामाजिक जिम्मेवारी (Social Responsibility)
. अर्थः
समाजले अधिकार खोज्ने मात्र नभई केही पक्षहरूमा जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने हुन्छ । सामाजिक अधिकारहरू स्थापित गर्नु (Establishing social rights) सरकार वा राज्यको दायित्व हो । सरकार र व्यवसायिक क्षेत्र समेतको समाजप्रतिको उत्तरदायित्व (Social accountability) रहन्छ । समाजले राज्य हित प्रवद्र्धनका लागि केही दायित्व (Obligation) पुरा गर्नु पर्दछ भन्ने मान्यता नै सामाजिक जिम्मेवारी हो ।
समाजको भूमिका र सहभागिता विना State ले मात्र दायित्व पुरा गर्न नसक्ने क्षेत्रमा सामाजिक जिम्मेवारी (Social responsibility) रहन्छ । यस्तो जिम्मेवारी निर्वाहले सामाजिक सक्रियता (Social activeness) प्रवद्र्धन गर्छ । सामाजिक उद्यमीकरण (Social entrepreneurship) पनि बढ्दछ ।

. सामाजिक जिम्मेवारीका क्षेत्रहरू
() विकासका जिम्मेवारीहरूः सामाजिक विकासका क्रियाकलापहरूको विषयमा चासो राख्नु, विकास योजना/आयोजनाको तर्जुमामा सहभागी हुनु, सामाजिक ऐक्यवद्धता कायम गर्नु, विकासको विषयमा वहस गर्नु वा वकालत (Advocacy) गर्नु, विकासका लाभहरू वितरणमा सघाउ पुर्याोउनु सामाजिक जिम्मेवारी अन्तर्गत पर्दछन ।

() प्राकृतिक श्रोत संरक्षणको जिम्मेवारीः प्राकृतिक स्रोतहरू जस्तै वन, जंगल, खानी, ढुंगा, वालुवा, माटो, जलाधार, पानीको मुहानको संरक्षण गर्नु, वन्य जन्तुको विनास हुनबाट रोक्नु वा सो कार्यका लागि सहयोग गर्नु सामाजिक जिम्मेवारी अन्तर्गत पर्दछ ।

() वातावरण संरक्षणको जिम्मेवारीः वातावरणीय प्रदूषण रोक्न सहयोग गर्नु, प्रकृतिको संरक्षण, ध्वनि प्रदूषण, औद्योगिक प्रदूषण रोक्न सहयोग गर्नु, दवाव सिर्जना गर्नु, फोहोर मैला व्यवस्थापनमा सक्रियता देखाउनु सामाजिक जिम्मेवारी अन्तर्गत पर्दछ ।

() प्रकोप व्यवस्थापनको जिम्मेवारीः प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुनबाट रोक्न Preventive measures अबलम्बन गर्ने, प्रकोप नियन्त्रणका लागि उचित स्थानमा बसोबास, वृक्षारोपण, नदी तथा खोलामा बाँध बाध्ने कार्यमा सहयोग, प्रकोप पीडितहरूको उद्धार (rescue) तथा राहत वितरण (relief) जस्ता कार्यमा सहभागी हुनु सामाजिक जिम्मेवारी अन्तर्गत पर्दछ ।

() सामाजिक कल्याणको जिम्मेवारी : समाजमा रहेका वृद्ध वृद्धाको सम्मान गर्नु, कमजोर समुदायलाई सहयोग गर्नु, असाहयहरूको लागि आश्रयस्थल बनाउन अग्रसर हुनु विपत्तिमा परेकाहरूलाई सहयोग गर्नु सामाजिक जिम्मेवारी अन्तर्गत पर्दछन् ।

() सामाजिक विकृति नियन्त्रणको जिम्मेवारी : समाजमा हुने विकृति, विसंगति, भेदभाव, हिंसा जस्ता कार्यमा समाजका कोही व्यक्ति संलग्न नहुने तथा यस्ता विकृति विसंगति विरुद्ध आवाज उठाउने, पीडितलाई सहयोग गर्ने र कानून कार्यन्वयनमा सहयोग गर्नुपर्ने सामाजिक जिम्मेवारी रहन्छ ।

0 comments:

Post a Comment