Friday, July 10, 2020

6:39 AM

- डा. तोकराज पाण्डे

असल शासन र कुशल प्रशासन : सशासन

राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो। यसलाई असल, कुशल र जनमुखी शासन भनेर पनि चिनिन्छ । शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीलाई समेत सुशासन भनिन्छ। सन् १९८९ मा विश्व बैंकले विकास परियोजना सञ्चालनका लागि यसको अवधारणा अगाडि ल्याएको हो । यो जनमुखी शासन व्यवस्था हो । नेपालको संविधानले पनि दिगो शान्ति, समृद्धि र सुशासनमा जोड दिएको छ।

जनसहभागितामूलक शासन व्यवस्था,

जनउत्तरदायी सरकार सञ्चालन,

शासन प्रक्रियामा पारदर्शिता अवलम्बन

 कानुनमा आधारित शासन व्यवस्था,

जवाफदेही शासन सञ्चालन,

प्रशासनको सरलीकरण र निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता,

समावेशितामा आधारित न्यायपूर्ण समाज निर्माणमा जोड,

 भ्रष्टाचाररहित समाजको परिकल्पना,

दण्डहीनताको अन्त्य र कानुनको परिपालना,

नियम कानुनको पूर्ण परिपालना,

वित्तीयजवाफदेहिता प्रवर्द्धन,

स्वतन्त्र प्रेसको व्यवस्था।

यसरी,

जनमुखी र नागरिक सहभागितामूलक शासन व्यवस्था नै सुशासन हो । यसले विकास, समृद्धि र जनसन्तुष्टिको अपेक्षा बोकेको हुन्छ। सुशासन कायम गर्न राज्य संयन्त्रका सबै अंगलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्नु आजको आवश्यकता हो।

0 comments:

Post a Comment